-
२०७९ फाल्गुण २१, आइतबार
प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्ने आदेश शान्ति सम्झौता विपरीत : माओवादी
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेश विस्तृत शान्ति सम्झौता विपरीत भएको नेकपा माओवादी केन्द्रले ठहर गरेको छ । महासचिव देव गुरुङले एक विज्ञप्ति जारी गर्दै दश वर्षे जनयुद्धको क्रममा भएका घटनाहरूको सम्बन्धमा विस्तृत शान्ति सम्झौताले निर्देशित गरे बमोजिम सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग गठित भई उक्त आयोगहरूले सङ्क्रमणकालीन...
-
२०७९ फाल्गुण २१, आइतबार
द्वन्द्वकालका मुद्दा अनन्तकालसम्म अल्झाइराख्न मिल्दैन : सर्वाेच्च
काठमाडौं - सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उक्त ठहर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्न आदेश गरेको हो । आदेशमा शान्ति सम्झौता, नेपालको संविधान, यस...
-
२०७९ फाल्गुण २१, आइतबार
माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी : भट्टराई
काठमाडाैं - नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन् । प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर कारबाही गर्न माग गर्दै सर्वोच्चमा दायर रिटप्रति उनले टिप्पणी गरेका हुन् । आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको एक...
-
२०७९ फाल्गुण २१, आइतबार
"मिस लिटील नेवा:" काे १४ओं संस्करण काे "ट्यालेण्ट शाे राउण्ड” सम्पन्न
नेप्लिज फेसन हाेमद्वारा आयाेजना गर्दै आएकाे "मिस लिटील नेवा:" काे १४ओं संस्करण काे "ट्यालेण्ट शाे राउण्ड” शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान , कमलादीकाे मिनी हलमा सम्पन्न भएकाे छ। नेवार कला, भाषा, संस्कार तथा सस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले आयाेजित उक्त कार्यक्रममा प्रमुख अतिथी महिला उद्याेमी तथा साहित्यकार अन्जना ताम्राकारले पानशमा दिप प्रज्वलन गरी कार्यक्रमकाे उद्घाटन गर्नु भएकाे थियाे।...
-
२०७९ फाल्गुण २१, आइतबार
लोकप्रिय गायक बद्री पंगेनीको सामाजिक विषयमा बनेको गीतको अत्याधिक दर्शक
पैसा सापटी दिएपछि बोलचाल हरायो पैसा सापटी दिएपछि साथी हरायो लोकप्रिय लोकगायक बद्री पंगेनीले सामाजिक विषयमा तयार पारेको यो गीत सार्वजनिक भएको तीन दिनमा सात लाख बढीले हेरिसकेका छन्। आफन्त, नातेदार र साथीभाईले अनेकन बहानामा पैसा सपाट लिने र तिर्ने बेलामा सयौं बहाना बनाएर लापत्ता हुने विषयमा गायिका रचना रिमालका साथ बद्रि पंगेनीले गाएको यो गीतलाई रिलीज भएलगत्तै दर्शक स्रोताले मन पराएका छन्। आफन्त र...
-
२०७९ फाल्गुण १९, शुक्रबार
स्ववियु निर्वाचन प्रक्रिया आजदेखि
काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आज (शुक्रबार)देखि सुरु हुँदै छ। प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ। उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ। यसअघि त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डा। शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन...
-
२०७९ फाल्गुण १९, शुक्रबार
दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले वृद्धि
काठमाडौं - सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य एकैपटक प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको हो। दूधको मूल्य वृद्धिसँगै अब प्रतिलिटर दूधको मूल्य ६५ पुगेको छ । अहिले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा रहेको छ। हरेक दुई वर्षको मूल्य समायोजन गर्नुपर्ने नियम बनाइए पनि सरकारले एकै वर्षमा दुई पटक दूधको मूल्य वृद्धि गरेको छ ।
-
२०७९ फाल्गुण १९, शुक्रबार
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध रिट दर्ता गर्न सर्वाेच्चकाे आदेश
काठमाडाैं - सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले सर्वोच्च अदालत प्रशासनलाई प्रचण्डको अभिव्यक्तिविरुद्ध पेस भएको रिट दर्ता गर्न आदेश दिएको हो । दाहालले २०७६ माघ १ गते खुलामञ्चमा आयाेजित कार्यक्रममा द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये...
-
२०७९ फाल्गुण १९, शुक्रबार
डिल्लीबजार कारागार पुगेर एमाले नेताहरुले रेशम चौधरीसँग मागे भोट
काठमाडौं - नेकपा एमालेका नेताहरु डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । चौधरीलाई भेट्न एमाले सचिव योगेश भट्टराई, नेताहरु कृष्णगोपाल श्रेष्ठ, भगवती चौधरी, ठाकुर गैरे लगायतका नेताहरु गएका थिए । भेटमा आफूहरुले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत माग्न आग्रह गरेको एमाले...
-
२०७९ फाल्गुण १९, शुक्रबार
फुटबल स्टार मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार
अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरेर आक्रमणकारीले छाडेको लिखित सन्देशमा मेस्सीलाई आक्रमणको धम्की दिइएको हो । ब्यूनस आयर्सबाट...
-
२०७९ फाल्गुण १९, शुक्रबार
प्रदेश १ को नाम ‘कोशी’
प्रदेश नं १ को प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ कायम गरेको छ । बुधबार अबेर सम्पन्न सभाको दोस्रो बैठकले प्रदेशको नाम बहुमतले पारित गरेको हो । नेपालको संविधानको धारा २९५ को उपधारा(२) बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस भएको थियो । मत विभाजनका...
-
२०७९ फाल्गुण १८, बिहिबार
आईसीसी यू-१९ : नेपाल विश्वकपमा
काठमाडौँ - नेपाली यू–१९ क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । बिहीबार भएको खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो । नेपालले जितको लागि दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अल आउट भयो । नेपालका बलर दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपाललाई जित दिलाएका हुन् । युएईका इथान डी सोल्झाले सर्वाधिक ५० रन बनाए । त्यस्तै...


