STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ फाल्गुण २५, बिहिबार

    रामचन्द्र पौडेल बने नेपालकाे तेस्रो राष्ट्रपति

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनबाट एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै ७८ वर्षीय पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।  राष्ट्रपतिमा निर्वाचित पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका नेम्वाङले १५ हजार ५१८  मतभार पाए ।  पौडेलले प्राप्त गरेको मतभार कुल खसेको मतको ५१...

  • २०७९ फाल्गुण २५, बिहिबार

    विश्वकप लिग–टू : नेपालले पीएनजीलाई ५२ रनले हरायो

    काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–टूको जारी शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५२ रनले पराजित गरेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ बल खेल्न बाँकी हुँदा २९७ रन बनाउँदै पीएनजीलाई जितका लािग २९८ रनको लक्ष्य दिएको थियो। तर, पीएनजी २४५ रनमा अल आउट भयो । पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा...

  • २०७९ फाल्गुण २५, बिहिबार

    श्री एयरलाइन्सको जहाजमा आगो, गरियाे आकस्मिक अवतरण

    काठमाडौँ- त्रिभुवन विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेको छ । काठमाडाैँबाट उडेको केही छिनमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गराइको छ । तुरून्तै अवतरण गराइएकाेले जहाजका चालक दल र यात्रुहरू सुरक्षित रहेकाे जनाइएकाे छ । श्री एयरको उडान नं ८२१ को जहाज काठमाडौँबाड उडेको केही छिनमै काठमाडौँ फिर्ता भएको छ । इन्जिनमा आगो लागेको देखिएपछि चालक दलका सदस्यहरुले त्रिभुवन...

  • २०७९ फाल्गुण २५, बिहिबार

    राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु

    काठमाडौं - नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो । सङ्घीय सांसदतर्फ राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले तथा प्रदेशसभातर्फ बागमती प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पहिलो मतदान गरे । मतदाता मतदान स्थलमा पुगिसकेका छन् । अहिले बिहान १०...

  • २०७९ फाल्गुण २५, बिहिबार

    दुर्घटनामा परेर पत्रकार पवनलाल श्रेष्ठको निधन

    काठमाडाैँ - सडक दुर्घटनामा परेर पत्रकार पवनलाल श्रेष्ठको निधन भएको छ । गए राति काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट उनकाे ज्यान गएको हो । उक्त दुर्घटनामा अर्का एक व्यक्तिको समेत मृत्यु भएको छ । गए राति साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा९४प ४४९८ र बा८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...

  • २०७९ फाल्गुण २४, बुधबार

    काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा

    काठमाडौँ - काठमाडौँ उपत्यकामा पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको पाइएको छ । यो क्रम बढेर बुधवार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको यूरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको छ । उक्त तथ्यांकअनुसार वायुको गुणस्तर सूचकाङ्क अस्वस्थकर देखिएको छ । आईक्यूएयरका अनुसार बुधवार अपराह्न १ः३५ बजे काठमाडौँको अमेरिकन एम्बेसी अगाडिको...

  • २०७९ फाल्गुण २४, बुधबार

    राष्ट्रपतिको निर्वाचन : बिहिबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान, मतपत्रमा दुवै उम्मेदवारको तस्बिर

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । भोलि बिहिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा निर्वाचनका लागि मतदान केन्द्र तयार पारिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बिहिबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान कार्यक्रम रहेको छ । संसद भवनको ल्होत्से हलमा २ वटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रमा संघका सांसदहरुले मतदान गर्नेछन्...

  • २०७९ फाल्गुण २४, बुधबार

    राप्रपाले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने

    काठमाडौं - भोलि (बिहीबार) हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको छ । बुधबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो । बैठकपश्चात् पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले राप्रपाले राष्ट्रपति निर्वाचनमा...

  • २०७९ फाल्गुण २४, बुधबार

    महिला चलचित्र पत्रकारहरु सम्मानित

    चलचित्र पत्रकार संघ नेपालको भर्खरै निर्वाचित नयाँ कार्य समितिको आयोजनामा नेपालको चलचित्र पत्रकारिता क्षेत्रमा सकृय तीन युवा पुस्ताका महिला पत्रकारहरुलाई सकृय पत्रकारिता सम्मान र एक जना अग्रज महिला चलचित्र पत्रकारलाई महिला चलचित्र पत्रकारिता सम्मान बाट सम्मानित गरेको छ ।  ११३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर नव निर्वाचित कार्य समितिका महिला उपाध्यक्ष सुरक्षा भट्टराइ को सभापतित्वमा बुधबार...

  • २०७९ फाल्गुण २४, बुधबार

    नारी दिवसको अवसरमा तीन पत्रकारलाई साधना पत्रकार सम्मान

    नेवाः पत्रकार राष्ट्रिय दबूले १ सय १३औं अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा तीन जना महिला पत्रकारलाई साधना महिला पत्रकारिता सम्मान प्रदान गरेकाे छ । सम्मानित पत्रकार त्रय मध्ये थाहा एफएमका सञ्चुकुमारी लामा, नेपाल टेलिभिजनका अञ्जना शिल्पकार र गाेर्खापत्रका फाेटाेपत्रकार कविता थापा रहेका छन् ।  ललितपुरकाे पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा बुधबार सम्पन्न एक समाराेहकाबीच पत्रकार राष्ट्रिय दबूका...

  • २०७९ फाल्गुण २४, बुधबार

    दोश्रो ‘सोसियल मिडिया फिल्म अवार्ड’को टप ५ को मनोनयन सार्वजनिक

    ड्रिम वर्ड अफ फिल्म मेकर्सको आयोजनामा आउदो फाल्गुन २८ गते हुन लागेको सोसियल मिडिया फिल्म अवार्ड दोश्रो संस्करणको उत्कृष्ट पाँचमा पर्न सफल सहभागीहरुको नामावली सार्वजनिक गरिएको हो । चलचित्र विकास बोर्डको हलमा हुने उक्त अवार्ड समारोहमा एक सय बीस वटा वृत्तचित्र तथा लघुचलचित्रहरु सहभागी छन् । सहभागीमध्ये सर्वोत्कृष्ट एक विधासहित अन्य गरी २२ जनालाई अवार्डस् वितरण गरिने भएकोछ ।  विभिन्न सामाजिक सन्जाल...

  • २०७९ फाल्गुण २३, मंगलबार

    महामूर्ख मेयर साह, पटमूर्ख ऋषि धमला !

    काठमाडौं -यस वर्षको महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई प्रदान गरिएको छ । होली पर्वको अवसरमा मिथिला नाटयकला परिषद (मिनाप)ले प्रत्येक वर्ष मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सव अन्तर्गत आज (मङ्गलबार ) महामुर्ख सम्मेलनमा यस वर्षको महामूर्खको उपाधि मेयर साहलाई प्रदान गरिएको हो । मधेस प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले उल्लु स्वरूपको टोपी र परवलको...

Pages