-
२०७९ फाल्गुण २८, आइतबार
संसारकै अग्लो दाबी गरिएको भिमसेन मुर्ति महिमा अब म्युजिक भिडियोमा
ललितपुर सांस्कृतिक शहर सुनाकोठीमा स्थापना गरिएको संसारकै सबैभन्दा अग्लो दाबी गरिएको भीमसेन मुर्तिलाई लिएर बनाइएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनाकोठिका ९८ वर्षीय जेष्ठ महिला धनमाया महर्जनको समुपस्थितिमा शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले म्युजिक भिडियोको लोकार्पण गरे । कार्यक्रममा बोल्दैै वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्यले...
-
२०७९ फाल्गुण २७, शनिबार
ताम्रकार समाज सञ्चारमाध्यमसंग सहकार्य गर्न तत्पर
नेपाल भनेको भाषा, संस्कृति र सम्पदा तथा जातिय विविधता भएको देश हो भने यसको संरक्षणसंगै स्थानीय सरोकारको विषयलाई सम्बन्धित निकायबाट सम्बोधन गराउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने कुरा ताम्रकार समाजले शुक्रबार आयोजना गरेको नेवाः पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा परिचयात्मक कार्यक्रममा वक्ताहरुले अभिव्यक्त गरेका छन् । समाजका अध्यक्ष विनोद ताम्रकारको सभापतित्वमा...
-
२०७९ फाल्गुण २७, शनिबार
कलाकार संघको अध्यक्षमा मोहन निरौला र रेजिना उप्रेती बीच प्रतिस्पर्धा हुने
उपाध्यक्षमा सात र महासचिवमा पाँच जना भिड्ने नेपाल चलचित्र कलाकार संघको आगामी कार्यकालको लागि चैत्र ४ गते निर्वाचन हुने भएको छ । कलाकार संघको चुनावको लागि शनिवार २७ गते उम्मेदवारीको मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । अाज भएको मनोनयन मा अध्यक्ष पदका लागि पुराना कलाकार मोहन निरौला र नायिका रेजिना उप्रेती ले आआफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुबै जना संघको वर्तमान कार्य समितिका...
-
२०७९ फाल्गुण २६, शुक्रबार
उपराष्ट्रपतिमा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं - निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । साथै राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित...
-
२०७९ फाल्गुण २६, शुक्रबार
प्रचण्डविरुद्धकाे मुद्दामा अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न परेन भन्दै सर्वाेच्चले दाहाललगायतका विपक्षीहरूलाई भने ...
-
२०७९ फाल्गुण २६, शुक्रबार
उपराष्ट्रपतिमा गठबन्धनका तीन दलकाे दाबी
काठमाडौं - उपराष्ट्रपतिमा गठबन्धनमा रहेका तीन दलले दाबी गरेकाे छ । नागरिक उन्मुक्ति पार्टी,जसपा र जनमत पार्टीले दाबी गरेकाे हाे । यी तीनै पार्टीले उम्मेदवारकाे समेट टुंगाे लगाएका छन् । जसअनुसार नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।आज बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको...
-
२०७९ फाल्गुण २६, शुक्रबार
नवनिर्वाचित राष्ट्रपति पौडेल शक्तिपीठकाे दर्शनमा व्यस्त
काठमाडाैं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् । उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन्। यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गरेका थिए। पूजा सकेर उनी आजै सुन्दरीजलस्थित विपी सङ्ग्रहालय पुगेका छन् । त्यहाँ उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विपी...
-
२०७९ फाल्गुण २६, शुक्रबार
राष्ट्रिय समावेशी म्युजिक अवार्ड मा आइतबार विभिन्न व्यक्तित्वहरु सम्मानित हुने
"नेपाली हुनमा गर्व गरौं भाषा र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ विगत ६वर्ष देखि आयोजना हुदै आएको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड २०२३ को समापन कार्यक्रम यहि आइतबार ललितपुरको स्क्वायर होटेलमा सम्पन्न हुने भएकोछ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको प्रमुख आतिथ्यता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री शुशीला श्रीपाली ठकुरीको विशिष्ठ...
-
२०७९ फाल्गुण २५, बिहिबार
पौडेललाई मेरो साथ, सहयोग र समर्थन रहन्छ : नेम्वाङ
काठमाडौं - राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताउका छन्। राष्ट्रपतिको आज भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि रासससँग कुराकानी गर्दै उनले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे। पूर्वसभामुख नेम्वाङले भने, “घोषणा भएको...
-
२०७९ फाल्गुण २५, बिहिबार
को हुन् राष्ट्रपति रामचन्द्र पौडेल ?
काठमाडौं - मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्। पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनका श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा) र एक छोरा (चिन्तन) छन्। मध्यमवर्गीय किसान...
-
२०७९ फाल्गुण २५, बिहिबार
विश्व विख्यात भारतीय बाँसुरीवादक अश्विन श्रीनिवासनको कन्सर्ट नेपालमा
अन्तर्राष्ट्रियस्तरमा परिचित भारतका विश्व विख्यात बांसुरीवादक अश्विन श्रीनिवासनले नेपालमा आफ्नो प्रस्तुति दिने भएका छन् । जयश्री संगीत समाजले यही आइतवार (फागुन २८/मार्च १२) का दिन आयोजना गर्न लागेको “नाद रंग – कलर्स अफ साउन्ड, कन्सर्ट बाँसुरी लाइभ” कार्यक्रममा श्रीनिवासनलाई प्रख्यात तबलावादक ओजस अढियाले तबलामा साथ दिनेछन् । दुई वर्षको उमेरमा भारतीय शास्त्रीय सङ्गीत सिक्न शुरु गरेका आश्विन...
-
२०७९ फाल्गुण २५, बिहिबार
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने जसपाको निर्णय
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) ले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। बिहीबार बसेको बैठकले जसपा संसदीय दलको नेता यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यादव गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। गत फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमति...


