STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ फाल्गुण १२, शुक्रबार

    राष्ट्रपति कांग्रेसलाई दिने आठ दलबीच सहमति

    काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको छ । शुक्रबार साँझ बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको हो । कांग्रेसलाई राष्ट्रपति दिने बैठकले सहमति जनाए पनि कांग्रेसबाट को राष्ट्रपतिको उम्मेदवार बन्छ भन्ने विषयमा भोलि बिहान बैठक बसेर तय गरिनेछ । कांग्रेसबाट शेरबहादुर देउवा,...

  • २०७९ फाल्गुण १२, शुक्रबार

    ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज हुने घोषणा

    पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका कुनैपनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राईज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । सन् २०१९ मा पहिलोपटक आयोजित प्रतियोगितामा देशैभरबाट उत्साहजनकरुपमा १३२ वृत्तचित्र सहभागी थिए ।...

  • २०७९ फाल्गुण १२, शुक्रबार

    पराजित यादवको संसद छिर्ने

    काठमाडौं - गएको चुनावमा जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतसँग प्रतिनिधिसभामा पराजित भएपछि संसदीय यात्राबाट विमुख जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव राष्ट्रपतिको विषयमा भएको विवादलाई छिचोल्दै संसद छिर्ने दाउमा जुटेका छन् । एमाले–माओवादीको सत्ता सहकार्यपछि उपेन्द्र उपेक्षामा परे । त्यसैले पनि उनी सरकारमा सहभागी नै भएनन् । तर, पछिल्ला राजनीतिक घटनाक्रमले वर्तमान सत्ता गठबन्धन...

  • २०७९ फाल्गुण ११, बिहिबार

    पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु

    काठमाडौं - देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ । यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिन सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले भने, “आइएफआर प्रणाली लागू भएसँगै अब...

  • २०७९ फाल्गुण ११, बिहिबार

    राष्ट्रपति पद मेराे प्राथमिकतामा छैन : माधवकुमार नेपाल

    काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा नरहेको बताएका छन्। पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले राष्ट्रपतिको गरिमा उच्च राख्नुपर्ने भएकाले पात्र छनोटका विषयमा नेपाली कांग्रेसलगायत दलका सहमतिमा अन्तिम निर्णय लिन छलफल गरिरहेको बताए। शक्तिको बाँडफाँटमा पार्टीको भूमिका...

  • २०७९ फाल्गुण ११, बिहिबार

    अब शनिबारबाहेक सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्ने

    काठमाडौं- मन्त्रिपरिषदको बैठकले शनिबारबाहेक सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले छलफलपश्चात् उक्त निर्णय गरेको हो । बैठकमा सार्वजनिक बिदा धेरै भएको र सार्वजनिक बिदाका विषयमा अनेकन् आलोचना भइरहेकालाई त्यसलाई मध्यनजर गर्दै शनिबारबाहेकका बिदाका दिन पनि महत्त्वपूर्ण सरकारी कार्यालय खोल्ने विषयमा छलफल भएको थियो । यससँगै...

  • २०७९ फाल्गुण ११, बिहिबार

    विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीकाे घोषणा

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति रु दुई लाखका दरले पुरस्कार दिने घोषणा गरेका छन्। विजेता खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन्। खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, “सर्वप्रथम इतिहास रच्नुभएकामा तपाईंहरूलाई बधाई छ । तपाईंहरूले नयाँ रेकर्ड...

  • २०७९ फाल्गुण ११, बिहिबार

    प्रधानमन्त्री दाहाल र माधव नेपालबीच भेटवार्ता

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता जारी छ । दुई नेताहरूबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ । राष्ट्रपतिमा नेकपा एमालेले अध्यक्ष नेपालको नाम अघि सारेको चर्चासँगै राजनीति गर्माएको छ । यता, बुधबार साँझ बालुवाटारमा भएको...

  • २०७९ फाल्गुण १०, बुधबार

    बाजुरा भूकम्पबाट दुई घरमा क्षति

    काठमाडौं- बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो गएको ५ दशमलव २ म्याग्नेच्युटको भूकम्पबाट विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुगेको छ । भूकम्पबाट हिमाली गाउँपालिका १, ३ र ५ मा रहेका दुई वटा स्वास्थ्यचौकी र एक विद्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले जानकारी दिए। भूकम्पले उक्त गाउँपालिकामा रहेका बिच्छ्या स्वास्थ्यचौकी र रुगीन स्वास्थ्य चौकी भवनमा...

  • २०७९ फाल्गुण १०, बुधबार

    जोमसोममा दुर्घटनाग्रस्त जहाजमा चालक दलको त्रुटि भेटियो

    काठमाडौं । मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औँल्याएको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेश गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुुटि देखिएको हो । विसं २०७९ जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर ९ एन–एइटीरडीएचसी ६–३०० जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२...

  • २०७९ फाल्गुण १०, बुधबार

    भक्तपुरमा भेटियो बर्डफ्लु, ११ हजार कुखुरा र चल्ला नष्ट

    भक्तपुर । भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि आज कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ । रातोपाटीस्थत तीन फार्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार सो स्थानमा सञ्चालनमा रहेका चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि,...

  • २०७९ फाल्गुण १०, बुधबार

    भीमसेन मन्दिर पुनःनिर्माण समितिद्वारा पत्रकार महर्जन सम्मानित

    ललितपुर पाटन मंगलबजार स्थित भीमसेन मन्दिरको पुनःनिर्माण सम्पन्न भएको अवसरमा आयोजित एक समारोहमा पुनःनिर्माण सरोकार समितिले सो पवित्र कार्यमा सहयोग पुर्याउनु हुन् महानुभावहरुको योगदानको कदर गर्दै सम्मान गरिएको छ । सरोकार समितिको साधारण सभाको अवसर पारेर आयोजना गरिएको सो समारोहमा पत्रकार सुनील महर्जनलाई सम्मान गरिएको छ। पाटन दरबार क्षेत्रमा अवस्थित सो मन्दिर उपभोक्ता मोडेलबाट पुनःनिर्माण गर्न विसं...

Pages