-
२०७९ फाल्गुण ८, सोमबार
विशिष्ट सञ्चारकर्मी कृष्णा ताम्राकारलाई लाइफटाइम अवार्ड
संचार र संगीत जगतसंग सम्बन्धित ड्रिम हाई नेपाल नामक संस्थाले आयोजना गरेको दोस्रो संस्करणको एलआईसी नेपाल मिडिया अवार्डबाट विभिन्न विद्यामा कार्यरत १० जना सन्चारकर्मिहरुलाई नगद राशी सहित अवार्ड प्रदान गरिएको छ । अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको अवार्ड यो वर्ष विभिन्न १० विधाका सन्चारकर्मिलाई प्रदान गरिएको हो । कार्यक्रमको उद्घाटन प्रमूख अतिथी वरिष्ठ पत्रकार भैरव रिसालले गरेका थिए । दोस्रो...
-
२०७९ फाल्गुण ७, आइतबार
राष्ट्रपतिकाे उम्मेदवार १३ गते सार्वजनिक गर्छाैं : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै १३ गते उम्मेदवारको टुंगो लगाउने बताए हुन् । त्यस्तै, ओलीले राष्ट्रपति निर्वचनलाई लिएर अहिलेको सत्ता समीकरण नबद्लिने बताएका छन । ओली सहमतिमा...
-
२०७९ फाल्गुण ७, आइतबार
चितवन क्षेत्र नं २ उपनिर्वाचनका लागि दल दर्ता आह्वान
काठमाडौं - आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६...
-
२०७९ फाल्गुण ७, आइतबार
पोखरा बस दुर्घटनामा ५१ जना घाइते
पोखरा - पोखरामा आज दिउँसो यात्रु बाहक बस दुर्घटना हुँदा ५१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा अधिकांश विद्यार्थी रहेका छन् । पोखरा–बेगनास ताल रुटमा चल्ने ग १ ख ६७४७ नम्बरको बस पोखरा बजारतर्फ आउँदै गर्दा पृथ्वीराजमार्गस्थित पोखरा–२७ डाँडाकोनाकमा सडकबाट २० मिटर तल खोल्सामा खसेको थियो । घाइतेहरूको अवस्था सामान्य रहेको अस्पतालहरूले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक...
-
२०७९ फाल्गुण ७, आइतबार
बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रचण्डले आइतबार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताए । ‘संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित...
-
२०७९ फाल्गुण ७, आइतबार
प्रधानमन्त्री भेट्न कांग्रेसका शीर्ष नेताहरु बालुवाटारमा
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा त्यस विषयमा छलफल गर्न आइतबार बेलुका कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री...
-
२०७९ फाल्गुण ७, आइतबार
सजाय माफी पाएसँगै रिहा भए अरुण चौधरी
काठमाडौं - कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुण चौधरी जेलबाट छुटेका छन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएका हुन् । नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए । उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन् ।...
-
२०७९ फाल्गुण ७, आइतबार
एकैपटक पाँच सय ५५ वटा मादल बजाएर विश्व कीर्तिमान
काठमाडाैं - नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वल्र्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि हस्तान्तरण गरे । सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्वका अवसरमा टुँडिखेलमा यही...
-
२०७९ फाल्गुण ६, शनिबार
बाह्र ज्योतिर्लिङ्ग शिव भजन
निर्मला श्रेष्ठ उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस ॐ नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय सोमनाथाय प्रभु सोमनाथाय हर हर भोले नमः शिवाय ।। १ ।। ॐ नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय मल्लिकार्जुनाय प्रभु मल्लिकार्जुनाय हर हर भोले नमः शिवाय ।। २ ।। ॐ नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय कालेश्वराय प्रभु कालेश्वराय हर हर भोले नमः शिवाय ।। ३ ।। ॐ नमः शिवाय ॐ नमः शिवाय हर...
-
२०७९ फाल्गुण ६, शनिबार
ॐ नमः शिवाय भजन
उपप्रा. निर्मला श्रेष्ठ, पाटन संयुक्त क्याम्पस ॐ नमः शिवाय नमः शिवाय शिव शिव भोले नमः शिवाय सोमनाथाय प्रभु सोमनाथाय हर हर भोले सोमनाथाय ।।१।। ॐ नमः शिवाय नमः शिवाय शिव शिव भोले नमः शिवाय मल्लिकार्जुनाय प्रभु मल्ल्किारजुनाय हर हर भोले मल्ल्किारजुनाय ।।२।। ॐ नमः शिवाय नमः शिवाय शिव शिव भोले नमः शिवाय श्री कालेश्वराय प्रभु श्री कालेश्वराय हर हर भोले श्री कालेश्वराय ।।३।। ॐ नमः शिवाय नमः...
-
२०७९ फाल्गुण ५, शुक्रबार
महाशिवरात्रि : २० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान
काठमाडाैं - भाेलि पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा यस वर्ष...
-
२०७९ फाल्गुण ५, शुक्रबार
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो । “राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ यही फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्यताका साथ मनाउने सन्दर्भमा...


