-
२०७९ फाल्गुण १०, बुधबार
अभिनेत्री नम्रता श्रेष्ठ पनि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफ को सल्लाहकार मनोनित
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठलाई मनोनयन गरेको कुरा आयाेजक संस्थाका अध्यक्ष के पि पाठकले जानकारी दिएका छन् । डेढ दशकदेखि नेपाली चलचित्रमा अनवरत रुपमा सकृय अभिनेत्री श्रेष्ठको चलचित्र छनौट क्षमता र अभिनय कला प्रशंसनीय रहेको कुरा अध्यक्ष पाठकले बताए । आउँदो चैत २ देखि ६ गते (मार्च १६–...
-
२०७९ फाल्गुण १०, बुधबार
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवासमा आज दुई जनाको बीचमा छलफल सुरु भएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए । दलहरुको बीच राष्ट्रपतिको विषयमा आन्तरिक छलफल भइरहेको बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अोलीबीच आज भइरहेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । अध्यक्ष अोलीले...
-
२०७९ फाल्गुण १०, बुधबार
राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक
काठमाडौं - निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् । सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माका अनुसार प्रकाशित मतदाता नामावलीको...
-
२०७९ फाल्गुण ९, मंगलबार
डा. रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान
काठमाडौं - तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्। बहराइनमा आज आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्र्ड प्रदान गर्नुभएको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिए। उनका अनुसार बहराइनका राजा अल खालिफाले डा रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्डसहित सम्मानपत्र...
-
२०७९ फाल्गुण ९, मंगलबार
दुर्गा प्रसाईंको सहयोगीले गरे आत्मदाहको प्रयास
काठमाडौं - मंगलबार अपराह्न झापाको बिर्तामोडमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। बिर्तामोडको मुक्तिचोकमा शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गर्न खोज्ने ३४ वर्षीय विजय चौधरी बिर्तामोड–७ निवासी हुन् । उनी दुर्गा प्रसाईंको बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे। साथै, उनी दुर्गा प्रसाईंको सहयोगीका रूपमा पनि रहेका थिए। तर, हस्पिटलबाट जागिर छाडेको उनी केही महिनादेखि बेरोजगार थिए । मंगलबार...
-
२०७९ फाल्गुण ९, मंगलबार
शेर्पा समुदायले मनायो ग्याल्पो ल्होसार
काठमाडौँ - प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (मंगलबार) मनाएको छ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल...
-
२०७९ फाल्गुण ९, मंगलबार
नेपालको कीर्तिमानी जित
काठमाडौं - घरेलु मैदानमा आयोजना भएको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित निकालेको छ । टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित निकालेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १ बलमा अविजित ९५ रनको अर्धशतकीय ईनिङ खेले । उनले ७ चौका र ४ छक्का प्रहार गरे । उनले...
-
२०७९ फाल्गुण ९, मंगलबार
राष्ट्रपति बन्नेबारे केही सोचिसकेको छैन : माधव नेपाल
भालुवाङ । नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रुपमा लिने बताएका छन्। दाङको भालुवाङमा पत्रकारसँग आज कुराकानी गर्दै उनले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको समेत दाबी गरे। “अहिले बजारमा हल्ला धेरै छन् । चर्चा परिचर्चा धेरै छन् । यस सन्दर्भमा कुनै टुङ्गो लागेको छैन”, उनले भने, “चाहना राख्ने कुरा बेग्लै कुरा हो ।...
-
२०७९ फाल्गुण ९, मंगलबार
पोखरामा टर्यो अर्को दुर्घटना, बुद्ध एयरमा गिद्ध ठोक्कियो
काठमाडौँ - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बुद्ध एयरको विमानमा चरा गिद्ध ठोक्किएको छ । हिजो आइतबार विमान अवतरण गर्न लागेको बेलामा गिद्ध ठोक्किएको तर विमान भने दुर्घटना हुनबाट जोगिएको बताइएको छ । विमानमा गिद्ध ठोक्किएर खसेको एउटा भिडियो सामाजिक सञ्जालमा देखिएको छ । ‘इस्सु ब्रो’ नामको फेसबुकमा सो भिडियो अपलोड भएको थियो । उनले उक्त भिडियो आइतबारको रहेको र संयोगवश गिद्ध ठोक्किएको घटना क्याच भएको...
-
२०७९ फाल्गुण ८, सोमबार
आर्थिक व्यवस्थापकीय कमजोरी देखिएपछि प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान
काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ । एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिए । उनले भने, “गुण एयरलाइन्सको आर्थिक व्यवस्थापकीय कमजोरी देखिएकोले कार्यरत कर्मचारीको मनोबल उच्च राख्न नसक्ने...
-
२०७९ फाल्गुण ८, सोमबार
राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई
काठमाडौं - सोमबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । पदाधिकारीको बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे निर्णय गर्ने अन्तिम अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई दिएको बताएका हुन् । उनले...



