STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ फाल्गुण ५, शुक्रबार

    स्कटल्यान्डमाथि नेपालको सानदार जित

    काठमाडौं - आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो । स्कटल्याण्डले दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८५ रनको योगदान दिए ।...

  • २०७९ फाल्गुण ५, शुक्रबार

    जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौँ - राष्ट्रिय जनमोेर्चा पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेताहरू पुगेर ज्ञापन पत्र बुझाएका हुन्। पछिल्ला राजनीतिक विषयवस्तु र समसामयिक घटनाक्रमका बारेमा प्रधनमन्त्रीको ध्यानाकर्षण गराउनेगरी ज्ञापनपत्र बुझाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अध्यक्ष...

  • २०७९ फाल्गुण ५, शुक्रबार

    ओली-प्रचण्डले भने–‘हामी मिलेरै अगाडि बढ्छौँ’

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा आज दिउँसो भएको वार्तामा वर्तमान राजनीतिक सन्दर्भमा छलफल भएको थियो । भेटपछि फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले आफूहरू एकै ठाउँमा रहेको र राष्ट्रपतिका बारेमा एक–दुई दिनभित्रै सहमति गर्ने कोसिस भइरहेको बताए। उनले भने, “गठबन्धन...

  • २०७९ फाल्गुण ५, शुक्रबार

    राष्ट्रपतिबाट स्थानीय तह निर्वाचनकाे जरिवाना रकम मिनाहा

    काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवानाको रकम माफी मिनाहा भएको छ । उनले मन्त्रिपरिषद्को यही फागुन ४ गतेको बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम सो जरिवानाको रकम माफी मिनाहा गरेकाे राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी...

  • २०७९ फाल्गुण ५, शुक्रबार

    भारतीय सेनाका चार पूर्वप्रमुख काठमाडाैँमा

    काठमाडाैँ - भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडाैँ आइपुगेका छन् । उनीहरू नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन काठमाडाैँ आएका हुन् । काठमाडौँ आउनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग रहेका छन् । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउने बताइएको छ ।...

  • २०७९ फाल्गुण ५, शुक्रबार

    पोखरा विमान दुर्घटनामा पाइलटकै गल्ती

    काठमाडौं - माघ १ मा पोखरामा दुर्घटनामा परेको यती एअरलाइन्सको जहाजबारे अनुसन्धान गर्न गठित आयोगले फागुन ३ मा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । तर यो प्रतिवेदनले तोकेर दुर्घटनाको कारण चाहिँ उल्लेख गरेको छैन । यद्यपि प्रतिवेदनमा उल्लेख भएका विवरणले चालक दलका सदस्यहरुको त्रुटिका कारण विमान दुर्घटनामा परेको संकेतचाहिँ गरेको छ । प्रतिवेदनले जहाजका दुवै इञ्जिन शक्तिहीन अर्थात् फेदर अवस्थामा...

  • २०७९ फाल्गुण ४, बिहिबार

    निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाही नगर्न सर्वाेच्चको अन्तरिम आदेश

      काठमाडौं - सर्वोच्च अदालतले निर्वाचन आयोगलाई निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयोगविरुद्ध दायरको गरेको रिटमा बिहीबार सर्वाेच्चले तत्काल सबै उम्मेदवारलाई निर्वाचन खर्च नबुझाएको भन्दै कारबाही नगर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘निर्वाचन आयोगको मिति गत भदौ ३१ को जरिवाना तिराउने निर्णयबाट स्थानीय तहका...

  • २०७९ फाल्गुण ४, बिहिबार

    स्ववियु निर्वाचन : चैत ५ गते बिहान ८ बजेदेखि मतदान

    काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरे । कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको...

  • २०७९ फाल्गुण ४, बिहिबार

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष अ‍ोलीबीच बालुवाटारमा भेटवार्ता

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । दुई नेताबीच वार्ता जारी छ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा यी दुई नेताले भेटघाट बाक्लो बनाएका छन् । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्ति ल्याउनुपर्ने बताउँदै आएको छ । एमाले भने पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने...

  • २०७९ फाल्गुण ४, बिहिबार

    ग्यास सिलिण्डर विस्फोटबाट सांसद चन्द्र भण्डारीकी आमाको निधन

    काठमाडाैं - बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ...

  • २०७९ फाल्गुण ४, बिहिबार

    गोंगबुमा आगजनी र लुटपाट गर्ने १० जना पक्राउ

    काठमाडाैं - काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा प्रहरीको गाडी, अस्थायी बिट र ट्राफिक आइल्याण्ड आगजनीमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।  पक्राउ पर्नेहरूमा उदयपुरका बिक्रम राई,  नुवाकोटका रामहरी भण्डारी, लमजुङका विवके श्रेष्ठ, काभ्रेका राजेश तामाङ, प्युठानका दिपेन्द्र पुनमगर र काभ्रेका आशिष खड्का छन्।  जिल्ला प्रहरी परिसर टेकु काठमाडौंका प्रवक्ता सीताराम रिजालका अनुसार सीसीटीभी फुटेज...

  • २०७९ फाल्गुण ४, बिहिबार

    गोंगबु घटनाबारे छानबिन गर्न डीआईजी खाँको नेतृत्वमा सदस्यीय समिति गठन

    काठमाडाैं - यातायात मजदुरको आन्दोलनमा नाममा ल्होत्स मलमा भएको घट्नाको बास्तविकता बुझ्नको लागि छानबिन समिति गठन गरिएकाे छ ।डीआईजी मसउद आलम खाँ काे संयाेजकत्वमा गठन भएकाे सो समितिले उक्त घट्नाको बारेमा क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्नेे जनाएको छ । समितिमा डिआइजी खाँसहित पाँच सदस्य छन् । समितिमा एसएसपी हिमालय श्रेष्ठ, एसपी सिताराम रिजाल, एसपी सानुराम भट्टराई र डीएसपी खुमलाल...

Pages