-
२०७९ फाल्गुण १४, आइतबार
राष्ट्रपति निर्वाचनका लागि कार्यदल गठन
काठमाडौं - आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलीय गठबन्धनको बैठकले राष्ट्रपति निर्वाचनका लागि कार्यदल गठन गरेको छ । गठन भएको कार्यदलमा प्रत्येक दलबाट एक/एक जना सदस्य रहेका छन् भने कार्यदलले राष्ट्रपति निर्वाचन कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्नुपर्ने छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल गठन गरिएको छ । कार्यदलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका...
-
२०७९ फाल्गुण १४, आइतबार
नृत्य सांस्कृतिक कला केन्द्रले मनाए रजत जयन्ती
नृत्य सांस्कृतिक कला केन्द्रले २५ औ बर्ष प्रवेस गरेको उप्लक्ष्यमा विषिष्ट व्यक्तित्वलाइ समान गरेको छ । शनिबार आयोजित कार्येक्रममा पूव उप-प्रधानमन्त्री प्रकाश मान शिंहले नेपालको प्रहिलो नृत्य गुरु भैरव बहादुर थापा , नेपाली चलचित्र जगत कि पहिलो हास्य अभिनेत्री बसुन्धरा भुसाल लगाएत नृत्य क्षेत्रमा लामो समय देखि विभिन्न पक्षबात योगदान दिने व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्नु भयो । उक्त अवसरमा...
-
२०७९ फाल्गुण १४, आइतबार
काठमाडाैं उपत्यकामा वर्षा
काठमाडौं - काठमाडाैं उपत्यकामा कालो बादलसहित पानी पर्न थाल्दा दिउँसै अँध्यारो भएको छ। विहान माैसम घमाइलाे भए पनि दिउँसाे एक्कासी माैसममा बदली भएकाे हाे ।पाेखरामा भने दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भएको हो। लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिलेकाे छ । तर असिना पानीले गर्दा तोरी, गहुँ, फापर र तरकारीबालीलाई क्षति पुर्याएको छ। असिनाले पोखरा-३० गगनगौडा, पोखरा- ३२...
-
२०७९ फाल्गुण १४, आइतबार
लाइसेन्समा पास हुने २० प्रतिशतसम्म बढे
काठमाडाैँ - चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ । बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन् । नियम लागू भए पनि दुई पाङ्ग्रे...
-
२०७९ फाल्गुण १४, आइतबार
फ्रान्स ओलम्पिकको छनोट खेल नेपालमा हुने
काठमाडाैँ - फ्रान्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ । एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनाम सहभागी हुनेछन् । छनोटको पहिलो चरणका खेलहरु...
-
२०७९ फाल्गुण १४, आइतबार
प्रधानमन्त्री फागुन १९ गते कतार जाँदै
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जाने भएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जानुहुने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको पररराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा उनी संयुक्त...
-
२०७९ फाल्गुण १४, आइतबार
धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता विषयमा बृहत अन्तर्क्रिया सम्पन्न
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूको समन्वय तथा प्रेस काउन्सिल नेपालको आयोजनामा ‘धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता’ विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिलको हलमा शुक्रबार सम्पन्न कार्यक्रममा बोल्दै सहभागीहरुले मातृभाषा पत्रकारिता विकासका लागि प्रेस काउन्सिल, नेपाल आदिबासी पत्रकार महासंघ फोनिज का साथै मातृभाषी पत्रकारहरुको...
-
२०७९ फाल्गुण १३, शनिबार
नेवाः पत्रकार दबू र आदिबासी जनजाति चलचित्र महासंघ सहकार्य गर्न प्रतिबद्ध
नेवाः चलचित्रहरुका छाता संगठन नेवाः फिल्म सोसाइटीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेवाः पत्रकार राष्ट्रिय दबु केन्द्रिय समितिका नव निर्वाचित कार्य समिति र आदिबासी जनजाति मातृभाषी चलचित्रकर्मीहरु को महासंघ आदिबासी जनजाति चलचित्र महासंघका नव निर्वाचित कार्य समिति का पदाथिकारी हरु लाई शुभकामना एवं बधाई दिएका छन् । सो कार्यक्रममा जनजाति चलचित्रकर्मीहरुले राज्यले मातृभाषी चलचित्र क्षेत्रको...
-
२०७९ फाल्गुण १२, शुक्रबार
सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति
काठमाडौं - सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदनलाई समेत साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ । क्रिकेटर लामिछानेविरुद्ध नाबालिग बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । त्यो मुद्दामा जिल्ला अदालतले सन्दीपले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले...
-
२०७९ फाल्गुण १२, शुक्रबार
तेह्रथुम आगलागीमा १४ घर जलेर नष्ट
काठमाडौं- तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए । नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ । अहिले आगो नियन्त्रणबाहिर रहेको छ । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगो निभाउन फिदिम नगरपालिकाको दमकल घटनास्थल...
-
२०७९ फाल्गुण १२, शुक्रबार
धोका र अस्थिरताको राजनीति : एमाले
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान गठबन्धनलाई भत्काएर नयाँ गठबन्धन खडा गरेका छन् । वर्तमान गठबन्धनभित्र एमालेसहित राप्रपा, रास्वपालगायत दल आबद्ध थिए । तर, शुक्रबार साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई अघि सार्ने र जिताउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड आफैँले भनेका छन्–‘आजैदेखि नयाँ...
-
२०७९ फाल्गुण १२, शुक्रबार
आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं - शुक्रबार साँझ बालुवाटारमा आठ दलबीच राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसबाट बनाउने सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजैबाट नयाँ राजनीतिक यात्राको सुरुवात भएको बताएका छन् । राष्ट्रपतिमा सबैको सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले सहमतिसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका हुन् । राष्ट्रपतिमा आठ दलबीच सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै...


