-
२०७९ फाल्गुण १५, सोमबार
जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने
काठमाडाैं - सरकारले जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्नेभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो । त्यससम्बन्धी विस्तृत विवरण मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजना हुने नियमित पत्रकार सम्मेलन सार्वजनिक गरिने सञ्चार तथा सूचना...
-
२०७९ फाल्गुण १५, सोमबार
अस्पतालजन्य फोहोर बञ्चरेडाँडा पुर्याउनेलाई ५० हजार जरिवाना
काठमाडौं - काठमाडौं महानगरपालिकाले अन्तिम फोहोर विसर्जन स्थल बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पुर्याउनेलाई रु ५० हजार जरिवाना गरेको छ । कामपा–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्ज अस्पतालजन्य फोहर बञ्चरेडाँडा पुर्याएको भन्दै रु ५० हजार जरिवाना गरिएको कामपा वातावरण विभागका प्रमुख रबीनमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार, कानुनले वर्जित गरेका फोहर...
-
२०७९ फाल्गुण १५, सोमबार
एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
काठमाडौं - नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग,...
-
२०७९ फाल्गुण १५, सोमबार
सन्दीपलाई पक्राउ गर्नु नपर्ने र विदेश जाने अनुमति
काठमाडौं - सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो । यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए ।...
-
२०७९ फाल्गुण १५, सोमबार
एमाले सरकारबाट बाहिरिने, मन्त्रीहरुले आजै राजीनामा बुझाउँदै
काठमाडौँ - सरकारबाट बाहिरिने निर्णय गरेसँगै नेकपा (एमाले)बाट मन्त्री बनेका सबैले आजै राजीनामा बुझाउँदै छन् । बालुवाटारस्थित निवासमै गएर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा बुझाउन लागेका हुन् । एमालेबाट उपप्रधानमन्त्रीसहित कुल ८ मन्त्री रहेकाेमा ७ जनाले आजै राजीनामा दिन लागेकाे बताइएकाे छ । मन्त्री हरि उप्रेती भने बिरामी रहेकाले उनकाे राजीनामा पछि बुझाइनेछ । पछिल्लो समय...
-
२०७९ फाल्गुण १५, सोमबार
सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीकाे समर्थन कायमै
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायम राख्ने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निर्णय गरेन । बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने बताए । रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो...
-
२०७९ फाल्गुण १५, सोमबार
सफाई पाएपछि पल शाह रिहा
काठमाडौँ - नाबालिका बलात्कारको मुद्दामा एक वर्षदेखि तनहुँ कारागारबाट छुटेका छन् । आइतबार उच्च अदालत पोखराले उनलाई सफाई दिएपछि आज सोमबार आवश्यक प्रक्रिया मिलाएर कारागारबाट रिहा भएका हुनु । आइतबारै रिहा हुनुपर्नेमा प्रक्रिया मिलाउन समय अपुग भएकाले कारागार कार्यालयले उनलाई आज रिहा गरेको हो । उनी रिहा हुन लागेको खबर थाहा पाएर शुभेच्छुक तथा प्रशंसकहरुको तनहुँ कारागार परिसरमा भीड लागेको थियो । अभिनेता...
-
२०७९ फाल्गुण १५, सोमबार
आजदेेखि फागु सुरु, हनुमानढोकामा चीर ठड्याइयो
काठमाडौँ - आजदेखि विधिवत रुपमा फागु अर्थात् होली पर्व सुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याएर होली सुरु गरिएको हो । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज (सोमबार) तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरु भएको मान्ने गरिन्छ । आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एक–अर्कालाई अबिर दलेर...
-
२०७९ फाल्गुण १५, सोमबार
सम्पदास्थलहरु सरसफाईमा अग्रसर ताम्रकार समाज
ललितपुरको ताम्रकार समाजको अग्रसरतामा महिनामा एकदिन उपत्यकाका विभिन्न सम्पदाहरु तथा धार्मिकस्थलहरुको सरसफाई कार्यक्रम सन्चालन भईरहेको छ । यस अन्तर्गत मंसिर महिनामा पाटनको मच्छिन्द«बहाल परिसर, पुष महिनामा मीननाथ बहाल परिसर, माघ महिनामा महालक्ष्मीस्थान परिसर तथा फागुन महिनामा लगनखेलस्थित बटुकभैरवनाथस्थल तथा अशोक स्तुपा परिशरको सरसफाई सम्पन्न गरीसकेका छन् । प्रत्येक पटकको सरसफाईमा समाजका ५० देखि ६०...
-
२०७९ फाल्गुण १४, आइतबार
सामाजिक सञ्जाल दर्ता गराउनुपर्यो - मेयर बालेन
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताएकी छन्। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबारस्थित मन्त्रालयमा आज उनीसँग गरेको भेटमा सरकारका प्रवक्ता शर्माले भनिन्, “फरकफरक डाटा सेन्टर हुँदा सरकारी तथ्याङ्क असुरक्षित देखिएकाले सरकारले आफ्नै...
-
२०७९ फाल्गुण १४, आइतबार
राष्ट्रपतिका उम्मेदवारविरूद्ध कुनै उजुरी परेन
काठमाडाैं- हिजाे राष्ट्रपतिमा उम्मेदवारी दिएका दुवै जना उम्मेदवारको विरोधमा कुनै पनि उजुरी नपरेकाे निर्वाचन आयाेगले जनाएकाे छ । दिउँसोसम्म कुनै पनि उजुरी नपरेको आयोगले एक सूचना जारी गर्दै जनाएका छ । नयाँ राष्ट्रपतिका लागि पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले शनिबार उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका वरिष्ठ नेता पौडेलले आठ दलको समर्थनमा उम्मेदवारी दिएका छन् भने एमाले...
-
२०७९ फाल्गुण १४, आइतबार
पल शाहले पाए सफाइ, भोलि जेलबाट छुट्ने
काठमाडौं - नाबालिग जबर्जस्तीकरणी आरोपमा थुनामा रहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुगेको भन्दै पललाई सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार सबै अभियोगबाट पलले पूर्ण सफाइ पाएका छन् । साथै, पल भोलि नै रिहा हुने पनि उनको भनाइ छ । नाबालिगमाथि जर्बजस्तीकरणी गरेको भन्दै...


