STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ कार्तिक ८, मंगलबार

    तिहारको पिक डिमान्ड १३०५ मेगावाट बिजुली

    यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १३०५ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतकाे पिक डिमान्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमान्ड १३०५ मेगावाट रेकर्ड गरेको हो । प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युतगृहबाट...

  • २०७९ कार्तिक ८, मंगलबार

    यसपटक चारवटा मतपत्रमा गर्नुपर्छ मतदान

    काठमाडौं - आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचनमा मतपत्र सानो आकारको रहेको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रमा उम्मेदवारी दिएकाको मात्रै निर्वाचन चिह्नको व्यवस्था गरिएको छ ।  निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने...

  • २०७९ कार्तिक ८, मंगलबार

    ऋषि बने बेलायतका प्रथम भारतीय मूलका प्रधानमन्त्री

    एजेन्सी - बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो । लिज ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेका छन् ।...

  • २०७९ कार्तिक ८, मंगलबार

    आज गाईपुजा गरिँदै

    काठमाडौं - कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने...

  • २०७९ कार्तिक ८, मंगलबार

    आज खण्डग्रास सूर्यग्रहण : के गर्न हुँदैन?

    काठमाडौं - आज कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उहाँले सुनाउनुभयो । नेपालबाट नदेखिने भए...

  • २०७९ कार्तिक ७, सोमबार

    आज कुकुर तिहार

    नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके...

  • २०७९ कार्तिक ६, आइतबार

    नक्कली नोटसहित पक्राउ, ललितपुरमा चोरी

    काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी ओरालोबाट एक हजार दरको ११ थान नक्कली नोटसहित गोकर्णेश्वर नगरपालिका–८ बँेसीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जनलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा नक्कली (जालीनोट) कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूका साथबाट उक्त नक्कली नोट बरामद गरी पक्राउ गरेको हो । साथै उनीहरुका साथबाट एक हजार दरको ३६...

  • २०७९ कार्तिक ६, आइतबार

    अभिनेता अधिकारीबारे प्रकाशित भ्रामक खबरको कलाकार संघको खेद प्रकट

    नेपाल चलचित्र कलाकार संघका सदस्य  अभिनेता  रामचन्द्र अधिकारीको सम्बन्धमा सामाजिक सन्जालमा आएको समाचार प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ भनि एक विज्ञप्ति प्रकाशन गरेको छ ।  अभिनेता रामचन्द्र अधिकारी केही दिन अगाडी देखी निमोनियाको कारणवाट मेडी केयर अस्पतालमा उपचार गराइ रहनु भएको कुरा उल्लेख गर्दै संघका का.वा अध्यक्ष सानु कुमार ताम्राकार तथा कार्यकारिणी सदस्यज्युहरुले उहालाइ बारम्बार भेट गरिहनु...

  • २०७९ कार्तिक ६, आइतबार

    अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा ५० भन्दा बढी विद्यालयलाई सहभागी गराइने

    चितवन - मोफसलमा निकै चर्चा कमाउन सफल सन्चार संस्था  लक्की मिडिया हाउस चितवनले अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ ।  ‘मौलिक लोक संस्कृतिको पहिचान, नव प्रतिभाको प्रोत्साहान, स्रष्टालाई सम्मान’ भन्ने मुल नाराका साथ लक्की मिडियाले ‘लक्की अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ । प्रतियोगितामा चितवन सहित अन्य जिल्लाका विद्यालयबाट सहभागिता गराउने...

  • २०७९ कार्तिक ६, आइतबार

    सी जिनपिङ तेस्रोपटक चीनको राष्ट्रपतिमा निर्वाचित

    एजेन्सी - सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भए । सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् । एक दशकदेखि सत्तामा रहेका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । उनी अब माओत्सेतुङको बराबर भएका छन्...

  • २०७९ कार्तिक ६, आइतबार

    वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको निधन

    चितवन- वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत थिइन् । उनी अविवाहित थिइन् ।  उनलाई गत असोज २५ गते अस्पताल भर्ना गरिएकामा पाँच दिनपछि घर लगिएको थियो । पुनः उनको स्वास्थ्य अवस्था जटिल भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो । उपचारका...

Pages