STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ कार्तिक ६, आइतबार

    निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार पुरस्कार

    आगामी ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि १...

  • २०७९ कार्तिक ६, आइतबार

    आज कागतिहार मनाइँदै

    काठमाडौं - यमपञ्चकको पहिलो दिन मनाइने काग तिहार यसपाली भने यमपञ्चक सुरू भएको दोस्रो दिन अर्थात् आज मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार विधिवत् रूपमा हिजो शनिबारबाट नै सुरु भएको हो । यस वर्ष यमदीपदान शनिबारदेखि सुरु भए पनि काग तिहार आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चांग समितिका अनुसार धनवन्तरि जयन्ती एवम् धनतेरस...

  • २०७९ कार्तिक ४, शुक्रबार

    काठमाडौं क्षेत्र नं ८ लाई सांस्कृतिक राजधानी बनाउनेछु : मन्त्री श्रेष्ठ

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको साँस्कृतिक राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा बसन्तपुर दरबार स्क्वायर र स्वयम्भू जोड्ने सम्पदा मार्ग निर्माण, मुलुककै प्राचीन स्थानीय सम्पदाहरुको संरक्षण र पर्यटकीय स्थल...

  • २०७९ कार्तिक ४, शुक्रबार

    यही महिनाभित्र काठमाडौंमा मेलम्ची ल्याउने तयारी

    काठमाडौं - मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । स्थायी समाधान नहुँदासम्म वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत...

  • २०७९ कार्तिक ४, शुक्रबार

    प्लाष्टिकका फूलमाला किनबेच गरे एक लाखसम्म जरिवाना

    काठमाडौँ - तिहार र छठ पर्वमा प्लाष्टिकका फूलमालाको प्रयोग गर्दै हुनुहुन्छ भने सचेत हुनुहोस् । प्लाष्टिकजन्य फूलमालाको प्रयोग वा बिक्रि गरे एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने छ । सरकारले प्लाष्टिजन्य फूल, फूलका गुच्छा, मालालगायतको कारोबार नगर्न आग्रह गरेको छ । नजिकिएको तिहार तथा छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको...

  • २०७९ कार्तिक ४, शुक्रबार

    ४५ दिनमै बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा

    एजेन्सी - बेलायतका प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएका छन् । पदमा नियुक्त भएको ४५ दिनमै उनले राजीनामा दिएका हुन् । बिहीवार सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताए । उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार...

  • २०७९ कार्तिक ४, शुक्रबार

    बालेनकाे तस्बिर दुरूपयाेग गरी मत माग्दै साहका समर्थक

    काठमाडौं - नेकपा एमालेको टिकट त्यागेर रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहका समर्थकहरुले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ को तस्विरको दुरुपयोग गर्दै मत मागिरहेका छन् । निर्वाचन आयोगको कार्यालयमा आफ्नो चुनाव चिन्हको तस्विर दुबै हातले समातेर खिचेको तस्विरमा साहका समर्थकहरुले सम्पादन गर्दै प्रभु साहको तस्बिर र चुनाव चिन्ह राखेर सामाजिक संजालहरुमा...

  • २०७९ कार्तिक ३, बिहिबार

    छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौं - सरकारले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको हो । त्यस्तै एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बुधबार देशभरका बालबालिकालाई औषधि खुवाइएको भए पनि छुटेकालाई आज पनि औषधि खुवाइने भएको हो । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो ।...

  • २०७९ कार्तिक ३, बिहिबार

    पञ्चाङ्ग समितिद्वारा तिहारको साइत सार्वजनिक

    काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गरेकाे...

  • २०७९ कार्तिक ३, बिहिबार

    शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

    काठमाडौं - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका कार्यालय परिसरमा राखिएको छ । जोशीलाई श्रद्धाञ्जली दिन महानगर परिसर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् । प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरू पनि त्यहाँ पुगेका छन् । यस्तै कलाकार मदनकृष्ण...

  • २०७९ आश्विन २९, शनिबार

    ७७ जिल्लामा फैलियो डेङ्गु, ४७ को मृत्यु

    डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेङ्गुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ७६३ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोना सङ्क्रमण...

  • २०७९ आश्विन २७, बिहिबार

    युक्रेनको पक्षमा नेपालको मतदान

    एजेन्सी - संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्नेमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया रहेका छन् । यसैगरी ३५ देश...

Pages