STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ आश्विन २७, बिहिबार

    कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्कासित

    काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएर फिर्ता नलिनेहरुलाई एकमुष्ट कारवाही गरेको छ । बागी उम्मेदवार र उम्मेदवारको प्रस्तावक र समर्थक बसेकाहरुलाई पार्टी विधानको धारा ३४ (४) (क) बमोजिम पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेकाे हाे। गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्व उम्मेदवार दिएका, प्रस्तावक बसेका र समर्थक रहेकाहरुलाई कारवाही गरिएको...

  • २०७९ आश्विन २७, बिहिबार

    आफू निर्वाचित पालिकाभित्र जनप्रतिनिधिले चुनाव प्रचार गर्न नपाइने

    काठमाडौं - स्थानीय तहमा निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने भएका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा ती पदाधिकारीले आफू निर्वाचित भएको स्थानीय तहबाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी...

  • २०७९ आश्विन २६, बुधबार

    सन्तोष पन्तको ‘हिजोआजका कुरा’ शुक्रबार देखि प्रदर्शन हुने

    दुई दशक अगाडी निकै लोकप्रिय रहेको टेलिसिरियल ‘हिजोआजका कुरा’ चलचित्रको रुपमा प्रर्दशन हुने भएको छ। वरिष्ठ हास्यकलाकार सन्तोष पन्तको मुख्य भूमिका रहेको यो चलचित्रमा पुरानै कलाकारहरु रमा थपलिया, सबिन शाक्य, मंजु श्रेष्ठलगाएत नयाँ थप अनुहारका चर्चित कलाकारहरु रीचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारी जस्ता चर्चित नायिकाहरुका साथमा जयनन्द लामा, लक्ष्मी भुषाल, निरन्जन अर्याल, रमेश अधिकारी, कमला रेग्मी...

  • २०७९ आश्विन २६, बुधबार

    अग्रज कलाकर्मि पवन जोशीको "अय्‌ला:गुलू”को म्युजिक भिडियो आउने

    जेनेक्स मिडिया नेपालको प्रस्तुति एवम् संसार क्रियशन्स नेपालको सहकार्यमा नेपालभाषाको नयाँ गीतको म्युजिक भिडियो "अय्‌ला:गुलू" यहि २०७९ आश्वीन २९ गते शनिबारका दिन औपचारिक रुपमा विश्वव्यापी सार्वजनिक हुने भएको छ !  वरिष्ठ कलाकार, लेखक तथा निर्देशक पवन जोशीको रचना रहेको गीतमा संसार ग्रुपका सदस्य समेत रहेका नवोदित गायक एक राज महर्जनको एकल स्वर रहेको छ । म्युजिक भिडियोमा नेपालभाषा चलचित्र क्षेत्रमा...

  • २०७९ आश्विन २६, बुधबार

    दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध

    काठमाडौं - मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन् । निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ । दोर्जे पनि स्वतन्त्र उम्मेदवार थिए । नेकपा...

  • २०७९ आश्विन २६, बुधबार

    आजै उम्मेदवारलाई चुनाव चिह्न दिइने

    काठमाडौं - निर्वाचन आयोगले आउँदो मंसिर ४ मा हुने आम निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज (बुधबार) दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो म्उमेदवारी फिर्ता लिन पाउने छन् । आयोगले आजै उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दैछ ।...

  • २०७९ आश्विन २५, मंगलबार

    रेशम चौधरीको उम्मेदवारी खारेज

    काठमाडौं - नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। बर्दिया क्षेत्र नं २ बाट वारेसनामामार्फत् उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। फौजदारी अभियोग लागेका चौधरी काठमाडौंस्थित डिल्ली बजार जेलमा रहेका छन्। अघिल्लो निर्वाचनमा चौधरीले कैलाली क्षेत्र नं १ बाट विजयी भएका थिए। सो क्षेत्रमा उनकी पत्नी रञ्जिता श्रेष्ठ...

  • २०७९ आश्विन २५, मंगलबार

    सूर्य चिह्नबाट चुनाव लड्दै कमल थापा

    काठमाडौं - राप्रपा नेपाल अध्यक्ष कमल थापा एमालेकै सूर्य चिह्नबाट चुनाव लड्दैछन् । यसका लागि उनी टिकट लिएर शनिबार साँझ हेटौंडा पुगेका थिए । थापाआइतबार दिउँसो १ बजे सुटुक्क उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।  उनले भाइ गणेश थापा, श्रीमती प्रलिता थापा र नेता राजाराम बर्तौलालाई लिएर मनोनयन दर्ता गरे। कार्यकर्ता नलिई उनी गाडीमा गएका थिए। राष्ट्रिय राजनीतिमा छाइरहने...

  • २०७९ आश्विन २५, मंगलबार

    प्रधानमन्त्री देउवाले दिए आफूविरुद्ध परेको उजुरीको जवाफ

    काठमाडौं - प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ दिएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पत्नी डा. आरजु राणा देउवामार्फत मंगलबार उजुरीको जवाफ पठाएका हुन् ।निर्वाचन आयोगले आज २ बजेसम्म जवाफ दर्ता गराउने समय तय गरेको थियो ।  देउवाका विपक्षी नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्णबहादुर मल्लले सोमबार जन्म मिति फरक भएको...

  • २०७९ आश्विन २५, मंगलबार

    कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्तादेखि

    काठमाडौं- यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८० सालको वैशाख दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९/०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै परीक्षा २०८० को वैशाख दोस्रो हप्ताबाट र नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने जनाएको छ । कक्षा १२ को ग्रेड बृद्धि (पुरक) परीक्षा भने कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५...

  • २०७९ आश्विन २५, मंगलबार

    सोह्रखुट्टेमा दुई जनामाथि खुकुरी प्रहार

    काठमाडौं - काठमाडौंको सोह्रखुट्टेमा दुई जना बाउन्सरमाथि खुकुरी प्रहार भएको छ । काठमाडौं प्रहरी परिसरका अनुसार दरबारमार्गस्थित प्लाटिनम क्लबका दुई जना बाउन्सरमाथि सोह्रखुट्टेमा खुकुरी प्रहार भएको हो । मंगलबार विहान ४ बजे सोह्रखुट्टेमा मोटरसाइकल रोकेर ७/८ जनाले ड्युटी सकाएर घर फर्कदै गरेका छिरिङ लामा र नितेश राईलाई आक्रमण गरेका हुन् । उनीहरुमाथि खुकुरी प्रहार भएको सूचना पाएपछि प्रहरी घटनास्थलमा...

  • २०७९ आश्विन २५, मंगलबार

    बागी उम्मेदवारहरुलाई २० घण्टे अल्टिमेटम

    काठमाडौं - सत्तारुढ पाँच दलीय गठबन्धनले आफ्नै पार्टीका व्यक्तिहरुले आफ्नै गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन २० घन्टे अल्टिमेटमको समय दिएको छ । गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले मंगलबार...

Pages