STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ कार्तिक १४, सोमबार

    माओवादीको प्रतिबद्धतापत्र सार्वजनिक : प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्था

      काठमाडौं - नेकपा माओवादी केन्द्रले चुनावकेन्द्रित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि र प्रदेश सभा चुनावको प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धतापत्रमा संसद्बाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी अबदेखि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जान प्रस्तावदेखि स्थिरता, शान्ति र समृद्धिका...

  • २०७९ कार्तिक १४, सोमबार

    राप्रपाकाे घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीदेखि अभिभावकीय राजसंस्थासम्म

    काठमाडौं - राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ । सोमबार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गर्दै राप्रपाले जनताबाट प्रत्यक्ष निर्वाचति कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको हो । राप्रपाले अभिभावकीय संस्थाका रूपमा राजसंस्था रहनुपर्ने पनि बताएको छ । उसले संसद पूर्ण समानुपातिक हुनुपर्ने र प्रदेश खारेज...

  • २०७९ कार्तिक १४, सोमबार

    राष्ट्रपतिबाट छठको पूजा सम्पन्न

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई आइतबार छठी माताको पूजा आराधना गरिन् । काठमाडौँ महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजा स्थलमा पुगी उनले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरिन् । त्यसअघि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधाना एवं अर्घ्यदान...

  • २०७९ कार्तिक १४, सोमबार

    आज एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गर्दै

    काठमाडौं - सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले आज (सोमबार) निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै छ । समाजवादीका महासचिव डा. वेदुराम भुषालले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का सन्दर्भमा पार्टीको नीतिगत प्रतिबद्धतासहित घोषणापत्र सार्वजनिक हुने जानकारी दिए । समाजवादीले काठमाडौंको मीनभवनस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुनेछ । एकीकृत...

  • २०७९ कार्तिक १४, सोमबार

    गुजरातमा पुल भाँचिदा ३५ को मृत्यु

      एजेन्सी - भारतको गुजरातस्थित मोरबीमा पुल भाँचिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबीको केबुल पुल भत्किँदा सयौं मानिसहरू नदीमा खसेर डुबेका छन् । उक्त दुर्घटनामा कयौं मानिसहरु घाइते भएका भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रारम्भिक प्रतिवेदन अनुसार केबुल पुल पाँच दिनअघि मात्र मर्मतसम्भार गरेर पुनः सञ्चालनमा आएको थियो । पुल भत्किँदा नदीमा डुबेकाहरुको उद्धार कार्य जारी छ । पुल...

  • २०७९ कार्तिक १३, आइतबार

    प्रचण्डलाई गोरखा पुग्दा ‘रिल्याक्स’ महसुस

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निश्चित सपना बोकेर गोरखाबाट चुनाव लडन आएको बताएका छन् । शनिबार बिहान घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए तर गोरखाका जनताको जनजीवनमा परिवर्तन नभएको बताए । गोरखा हरेक दृष्टिकोणले महत्वपूर्ण जिल्ला भएको उनले बताए । दाहालले भने, ‘सायद अहिलेसम्मका निर्वाचनमध्ये यसपटक मेरो लागि सबैभन्दा सहज...

  • २०७९ कार्तिक १३, आइतबार

    मनकामना जाँदै गरेकाे बस दुर्घटना, पाँचकाे मृत्यु

    काठमाडौं - पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन् । सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी...

  • २०७९ कार्तिक १३, आइतबार

    छठपर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी मनाइँदै

    काठमाडौं - छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा...

  • २०७९ कार्तिक १२, शनिबार

    छठका लागि जनकपुरमा मात्रै तीन करोडको भारतीय केरा

    काठमाडौं- छठ पर्वका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले माग धान्न सक्दैन । छठ पर्वमा सिङ्गै केराको घरी नै अघ्र्य रूपमा भगवान्लाई चढाउने परम्परा छ । त्यसैले यस पर्वमा केराको माग उच्च हुन्छ । स्वदेशी उत्पादन कम हुँदा हरेक वर्ष भारतको भर पर्नुपर्ने अवस्था रहेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विषेश्वर यादवले बताए । छठका...

  • २०७९ कार्तिक १२, शनिबार

    दार्चुला घटना : भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार

    खलंगा । सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ । दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले स्थानीय...

  • २०७९ कार्तिक १२, शनिबार

    ललितपुर–३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

    ललितपुर - ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै डा. कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । डा. कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन् । आयोगले अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरेपछि उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा...

  • २०७९ कार्तिक १२, शनिबार

    बन्जी जम्प गरेर नेवाः फिल्म "गालय् वन”को प्रोमोशन

    एउटा नयाँ सोच संगै चलचित्रको प्रोमोशन गर्ने क्रममा  नेवाः फिल्म "गालय् वन”का निर्देशक संयुक्त स्थापितले धौलागिरी अंचल पर्वत जिल्लाको कुस्मा पर्वतमा रहेको दक्षिण एशियाकै सबै भन्दा लामो बन्जी जम्प गरेका छन् भने अहिले नेवाः फिल्मवृत्तमा यो बन्जी जम्प चर्चाको विषय बनिरहको छ । नेपालभाषाको चलचित्रको यात्रामा ऐतिहाँसिक विषयबस्तुलाई आधार बनाई चलचित्र बनाउने   चलन "राजमति” , "सिलु” हुदै "जामन गुभाजु” सम्म...

Pages