STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ आश्विन २५, मंगलबार

    कर्णाली बाढीपहिराेबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो

      काठमाडौं - कर्णाली प्रदेशभर बाढीपहिराेमा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको हो । सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार मुगुमा आठ, कालिकोट र हुम्लामा चाररचार, जाजरकोटमा तीनको मृत्यु...

  • २०७९ आश्विन २५, मंगलबार

    कर्णालीकाे बाढीले १४ सय घर डुबानमा

    काठमाडौं - पछिल्लो साता लगातार भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका १ हजार ४०० घर डुबानमा परेर अधिकांश बासिन्दा विस्थापित भएका छन् । विस्थापित र अति पीडितको सुबिधाका लागि सात ठाउँमा खानाको मेस चलाएर खाना खुवाइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो । बाढी पीडित क्षेत्रमा यसवर्ष पनि धानबाली...

  • २०७९ आश्विन २५, मंगलबार

    जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्रीको तयारी

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै गठबन्धन छाडेर जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । जसको कारण प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई सरकारबाट हटाउने तयारी गरेका हुन् । जसपाका मन्त्रीहरुबारे छलफल गर्न प्रधानमन्त्री देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाएका छन् ।...

  • २०७९ आश्विन २५, मंगलबार

    आज प्रत्यक्षतर्फका उम्मेदवारहरुको नामावली प्रकाशन

    काठमाडाैँ - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम तोकिएको छ । निर्वाचन आयोगले तय गरेको...

  • २०७९ आश्विन २५, मंगलबार

    उम्मेदवारले सामाजिक सञ्जालको विज्ञापन खर्च पनि बुझाउनुपर्ने

    काठमाडौं - निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न...

  • २०७९ आश्विन २५, मंगलबार

    मलेसियामा संसद विघटन, मध्यावधि निर्वाचन घोाषणा

      क्वालालमपुर । मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी...

  • २०७९ आश्विन २५, मंगलबार

    अर्थशास्त्रको नोबेल पुरस्कार तीनजना अमेरिकीलाई

      एजेन्सी - सन् २००८ को वित्तीय सङ्कटसँग जुध्न महत्वपूर्ण भूमिका निर्वाह गरेका फेडरल रिजर्भका पूर्व प्रमुख बेन बर्नान्कीसहित तीन अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ । डग्लस डायमन्ड र फिलिप डिबभिगसँगै बर्नान्कीलाई ‘विशेष गरी वित्तीय संकटको समयमा अर्थतन्त्रमा बैंकहरूको भूमिकाका साथै वित्तीय बजारलाई कसरी नियमन गर्ने भन्ने आम बुझाइमा उल्लेखनीय सुधार गरेकोमा’...

  • २०७९ आश्विन २५, मंगलबार

    समानुपातिकको बन्दसूचीमा २९ गतेसम्म दाबी विरोध गर्न सकिने

    काठमाडौं - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ । विभिन्न राजनीतिक दलले संशोधन गरी पेस गरेको सूचीमा समावेश उम्मेदवारको योग्यता र अयोग्यताका सम्बन्धमा दाबी विरोधको निवेदन दिन आइतबारदेखि समय दिइएको हो । उम्मेदवारबारे प्राप्त दाबी विरोधको...

  • २०७९ आश्विन २५, मंगलबार

    देउवाको उम्मेदवारीविरूद्ध उजुरी

      काठमाडौं - मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक फरक भएको भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । डडेलधुराबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका देउवाको नागरिकताको जन्ममिति ३१ जेठ २००३ र मतदाता नामावलीमा जन्म मिति ३१ जेठ २००२ उल्लेख भएको भन्दै उम्मेदवारी खारेज गर्न आयोगमा...

  • २०७९ आश्विन २४, सोमबार

    मुगुको पहिराेले ५ जनाको मृत्यु

    काठमाडौंं - मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं ११ को सालिम भन्ने स्थानमा मानबहादुर कुमाईको घर पहिराेले पुरिँदा ५ जनाको मृत्यु भएकाे छ । भने ११ जना बेपत्ता भएका छन् । बेपत्ताकाे खाेजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। सुरक्षा टोली घटनास्थलमा पुग्न पनि ठाँउ ठाँउमा पहिरो गरेकाले अफ्टेरो परिरहेको र केही...

  • २०७९ आश्विन २४, सोमबार

    सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

    काठमाडाैँ - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा आइतबारभन्दा सुधार भए पनि अवस्था खतरामुक्त नरहेको किस्ट मेडिकल कलेज ललितपुरले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उहाँलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । जसका कारण आज भने केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले राससलाई जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि उहाँलाई अस्पताल भर्ना गरिएको...

  • २०७९ आश्विन २४, सोमबार

    जाहेरवाला नाबालिग नभएको सन्दीपको दावी

    काठमाडौं - नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने जाहेरवाला नाबालिग नरहेको उनका कानुन व्यवसायीले दावी गरेका छन् । ती जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको र नाबालिग नरहेको पाइएको सन्दीपका कानुन व्यवसायीको दावी छ । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेको इजलास समक्ष राख्नु भएको छ ।’ अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई...

Pages