-
२०७९ कार्तिक १२, शनिबार
कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौँ - सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर चार गते हुने ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नामकरण गरेर घोषणापत्र सार्वजनिक गरिएको हो । शनिबार पार्टी मुख्य कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधीकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा...
-
२०७९ कार्तिक १२, शनिबार
गगन थापासँग आयाेगले माग्याे स्पष्टीकरण
काठमाडाैं- निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाईकासाथ अनुगमन गर्दै आएकाे आयाेगले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग पुनः स्पष्टीकरण साेधेकाे छ । प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगद्वारा मिति २०७९ कात्तिक ८ गते डेंगीविरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा अझै पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको...
-
२०७९ कार्तिक १२, शनिबार
महोत्तरी घटना छानविनका लागि समिति गठन
काठमाडौं - महोत्तरीमा यही कात्तिक १० गते भएको घटनाको छानविनका लागि गृह मन्त्रालयले एक समिति गठन गरेको छ । जिल्लाको भङ्गाहा नगरपालिका–८ मा छठको अवसरमा आयोजित कलश यात्राका क्रममा भएको विवादमा असामान्य स्थिति सिर्जना भइ घटेको घटनाको सन्दर्भमा छानविन गर्न मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी जनाएको छ । गृहमन्त्रीस्तरीय...
-
२०७९ कार्तिक १२, शनिबार
आज कांग्रेसकाे घाेषणापत्र सार्वजनिक हुने
काठमाडौं - नेपाली कांग्रेसले आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेसले सङ्कल्प पत्र सार्वजनिक गर्ने भएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
-
२०७९ कार्तिक ११, शुक्रबार
सकियाे तिहार, छठकाे रौनक सुरू
काठमाडौँ - यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका थिए । यस्तै, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । भाइटीकासँगै झिलिमिली पर्व तिहार सकिएको छ । यसपालिको...
-
२०७९ कार्तिक ११, शुक्रबार
याे साता हल्का हिमपात र वर्षाकाे सम्भावना
काठमाडाैँ - आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । विभागका अनुसार अधिकांश...
-
२०७९ कार्तिक ११, शुक्रबार
महोत्तरीमा अनिश्चितकालीन कर्फ्यू
महोत्तरी - महोत्तरीको भँगाहा नगरपालिकामा अनिश्चितकालीन कफ्र्यू जारी भएको छ । विहीबार भंगहा नगरपालिका–८ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले कफ्र्यू आदेश जारी गर्दै साम्प्रदायिक सद्भाव खलल पुग्ने गरी बिहीबार भँगाहामा दुई पक्षबीच झडप भएको...
-
२०७९ कार्तिक ९, बुधबार
चालीस साहित्यिक संस्थाको सम्झनामा शताब्दि पुरुष
वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीलाई सम्झंदै चालीस वटा भन्दा बढी साहित्यिक संस्थाले सोमबार राजधानीमा शोकसभा आयोजना गरेको छ। उक्त सभामा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङ्ग र विशेष अतिथि कवि भीम उदास रहनु भएको थियो । सो कार्यक्रममा नेपाल श्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वाङ्गमय शताब्दी पुरुष जोशीसँगका विभिन्न...
-
२०७९ कार्तिक ९, बुधबार
राष्ट्रपतिबाट नेपाल संवत् ११४३ को शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने मौलिक राष्ट्रिय संवत् भएको उल्लेख गर्दै यस संवत्को पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने...
-
२०७९ कार्तिक ९, बुधबार
आज नेपाल संवत् ११४३ को नववर्ष र म्हपुजा मनाइँदै
नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी...
-
२०७९ कार्तिक ८, मंगलबार
प्रधानमन्त्री देउवाले दिए बेलायती प्रधानमन्त्रीलाई बधाइ
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उहाँसँग काम गर्न आफू तत्पर रहेको...


