-
२०७९ आश्विन १२, बुधबार
म्युजिक भिडियो निर्देशक समाजले प्रदान गरे निर्देशकहरुलाई सम्मान
नेपालमा अहिले म्युजिक भिडियो निर्माण कार्य दिनानुदिन बढ्दै गइरहेको छ भने म्युजिक भिडियोमा कार्यरत कर्मिहरुको छाता संगठन नेपाल म्युजिक भिडियो निर्देशक समाजले मंगलबार आयोजना गरेको विजया दशमी-२०७९ शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा म्युजिक भिडियो क्षेत्रका तीन जना निर्देशकहरुलाई सम्मान प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित समारोहमा समाजका संरक्षक तथा सल्लाहकारहरु र साधारण...
-
२०७९ आश्विन १२, बुधबार
डेंगीबाट २७ हजार बढी संक्रमित, ३६ जनाको मृत्यु
काठमाडौं - लामखुट्टेको टोकाइबाट सर्ने डेंगीबाट साउनयता ३६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार बुधबारसम्म देशभर ३६ जनाको मृत्यु भइसकेको छ भने २७ जहार ५६९ जना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार देशका ७७ मध्ये ७६ जिल्लामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जना संक्रमित भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा २३६ जना संक्रमित भएका छन्...
-
२०७९ आश्विन १२, बुधबार
टिकटमा ठगी गर्ने ३३ जना पक्राउ
काठमाडौं - काठमाडौं उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ । यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिमाथि निगरानी राख्नका लागि सादा पोसाकमा ट्राफिक...
-
२०७९ आश्विन १२, बुधबार
रवीन्द्र मिश्र बने राप्रपाको वरिष्ठ उपाध्यक्ष
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्वी र विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूहबीच एकता भएको छ । बुधबार राष्ट्रियसभागृहमा आयोजित एकता कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको समूहबीच एकता घोषणा भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । एकीकरण भएसँगै मिश्र राप्रपाकाे वरिष्ठ उपाध्यक्ष बनेका छन् । राप्रपा अध्यक्ष...
-
२०७९ आश्विन ११, मंगलबार
बंगलादेशविरुद्ध अञ्जन विष्टकाे ह्याट्रिक
काठमाडौं - बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा अञ्जनले तीन गोल गरेका हुन् । अञ्जनले खेलको १८औं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले दोस्रो गोल २७औं मिनेटमा गरे । यस्तै खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेड गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे । फाइल तस्बिर
-
२०७९ आश्विन ११, मंगलबार
मिश्र समूह राप्रपामा समाहित हुने
काठमाडौं - विवेकशील साझा पार्टी छोडेका रवीन्द्र मिश्र समूह राप्रपामा समाहित हुने भएको छ । मिश्रलाई पार्टीमा भित्र्याउन राप्रपाले बुधबार एकताको घोषणासभा आयोजना गरेको छ । राप्रपाका एकजना प्रवक्ता मोहन श्रेष्ठले घोषणासभा बुधबार काठमाडौंमा हुने जानकारी दिए । श्रेष्ठले यो जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन् । यसअघि विवेकशील साझा पार्टीमा रहेका मिश्र ‘विचार माथि देश’ दस्तावेजका कारण विवादित भएका...
-
२०७९ आश्विन ११, मंगलबार
समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत : कांग्रेस
काठमाडौं- नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत रुपमा तयार भएको जनाएकाे छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी समानुपातिक उम्मेदवार सर्वसम्मत चयन भएको र एकलौटी रुपमा उम्मेदवार छनोट नभएकाे प्रष्ट पारे। ’कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापालगायत नेताहरूलाई लक्षित गर्दै महतले भने‚ 'निर्णय गर्ने नेताहरू केही बोल्नु भएको...
-
२०७९ आश्विन ११, मंगलबार
भाेलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
काठमाडौं - निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता–२०७९’ लागू गर्ने निर्णय गरेको छ । आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आचारसंहिताको पालना र कार्यान्वयन गर्न आयोगले सबैको सहयोगको अपेक्षा गरेको पनि जनाएको छ । आयोगका अनुसार निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी,...
-
२०७९ आश्विन ११, मंगलबार
उम्मेद्वार तथा दलहरूकाे खर्च सीमा ताेकिने
काठमाडाैँ - निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र दलहरुले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य गरेको छ । उक्त खर्चको हद तोक्ने सम्बन्धमा आज आयोगले राजनीतिक दलसँग परामर्श लिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विसं २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तोकिएको खर्चको...
-
२०७९ आश्विन ११, मंगलबार
राष्ट्रिय नवदुर्गा सम्मान : नौ अभिनेत्री सम्मानित
काठमाडौं - ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा नौ अभिनेत्री सम्मानित भएका छन् । काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्म्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नौ अभिनेत्रीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् । चलचित्र क्षेत्रमा योगदान पुर्याएबापत अभिनेत्रीहरू भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियङ्का...
-
२०७९ आश्विन ११, मंगलबार
विद्यार्थीलाई अस्पतालमा ५० प्रतिशत छुट दिन सरकार सहमत
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन अनेरास्ववियूले विद्यार्थीहरुलाई सरकारी अस्पतालको ओपीडी सेवामा ५० प्रतिशत छुट दिन सरकारसँग सहमति गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अनेरास्ववियूबीच उक्त सहमति भएको पत्रकारी सम्मेलनमार्फत जानकारी दिइएको छ । स्वास्थ मन्त्रालयको असोज ९ गतेको मन्त्रीस्तरीय निर्णयले सरकारी अस्पतालहरुको ओपिडी सेवामा विद्यार्थीलाई छुट दिन निर्देशन दिइएको छ...
-
२०७९ आश्विन ११, मंगलबार
नयाँ बसपार्कमा घर जाने यात्रुको चहलपहल बढ्दै
काठमाडौं - हिन्दुहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको चहलपहल बढेको छ । गत वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कम यात्रुहरू घर गए पनि यसवर्ष भने दसैँ सुरु भएसँगै नयाँ बसपार्क क्षेत्रमा घर जाने यात्रुको चहलपहल बढेको हो । देशको विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, अध्यापन, व्यापार, व्यवसाय र रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जान...


