-
२०७९ आश्विन ९, आइतबार
१० बुँदे सहमतिपछि डा.केसीले तोडे अनशन
काठमाडौं - विभिन्न सात बुँदे मागसहित अनसनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सरकार र विगत १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको हो । १० बुँदे सहमतिसँगै डा. केसीले अनशन तोडेका छन् । शनिबार डा. केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । डा. केसीका मागमध्ये धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने...
-
२०७९ आश्विन ९, आइतबार
संस्थापन पक्षले एकलौटी गरेको भन्दै शेखर पक्षको आपत्ति
काठमाडौं - पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । शनिबार काठमाडौंमा खवरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले सो निर्णय नच्याएपछि पार्टी भित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । सभाका बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको...
-
२०७९ आश्विन ८, शनिबार
डेंगु रोगीको संख्या २२ हजार ९८८ पुग्यो, २९ को मृत्यु
काठमाडौं - मुलुकभर डेंगु रोगका कारण ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ । डेंगुका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको छ । साथै हालसम्म नेपालभर २२ हजार ९८८ जनालाई डेंगु रोगी देखिएको मन्त्रालयने जनाएको छ । हालसम्म सबै भन्दा बढी बागमती प्रदेशमा डेंगुका विरामी देखिएका छन् । हालसम्म...
-
२०७९ आश्विन ८, शनिबार
अबदेखि चारपांग्रे सवारी साधनलाई न्यूरोडमा प्रवेश निषेध
काठमाडौं – काठमाडौंको अत्यधिक भिड हुने न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ। असोज ८ गते देखि फुलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक...
-
२०७९ आश्विन ७, शुक्रबार
राष्ट्रपतिविरुद्ध परेको रिटमाथि आजै सुनुवाइ
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपतिविरुद्ध बिहीबारसम्ममा झण्डै एक दर्जन रिट परेका थिए । उक्त रिटमाथि रिटमाथि आजै सुनुवाइ हुने सर्वोच्च स्रोतले जनाएको छ । ‘नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध बिहीबार कानुन...
-
२०७९ आश्विन ७, शुक्रबार
अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन महानगरकाे निर्देशन
काठमाडौं - अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई पनि चेतावनी दिएको छ । केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको छ । ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा...
-
२०७९ आश्विन ६, बिहिबार
नेशनल प्रेस क्लब नेपालको वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वहरु सम्मानित
अग्रज पत्रकार रामकृष्ण कर्माचायको नेतृत्वमा रहेको नेशनल प्रेस क्लब नेपालको ३८ औं वार्षिकोत्सव तथा विश्व शान्ति दिवस २०२२ भव्यरुपमा सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा सम्पन्न भएको कार्यक्रममा विश्वशान्तिको कामना गर्दै विभिन्न संघसंस्थामा आबद्ध ५१ जना महिलाहरुको समुहले हातमा संयुक्त रुपमा दिप प्रज्वलन गरेका थिए । नेशनल प्रस क्लबका अध्यक्ष रामकृष्ण कर्माचार्यको सभापतित्वमा सम्पन्न...
-
२०७९ आश्विन ६, बिहिबार
राष्ट्रपतिबाट प्रेस काउन्सिल पुरस्कार प्रदान
विधागत पत्रकारिता पुरस्कार विजयरत्नलाई प्रेस काउन्सिल नेपालले आफ्नो ५३ अौं वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा लामो योगदान रहेका व्यक्तित्वहरु लाई विभिन्न पुरस्कारका साथै सम्मान प्रदान गरिएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट विहिबार राष्ट्रपति निवासमा आयोजित समारोहमा पुरस्कार प्रदान गर्नु भएको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको सभापतित्वमा सम्पन्न सो...
-
२०७९ आश्विन ६, बिहिबार
भीमफेदी बस दुर्घटनामा ७ जनाको मृत्यु
काठमाडौं - मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन् ।...
-
२०७९ आश्विन ६, बिहिबार
राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता
काठमाडौं - संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता भएको छ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गरेको भन्दै त्यसविरुद्ध पाँचवटा रिट दर्ता भएको बताइएको छ । अधिवक्ता सुनिलरञ्जन सिंहसहितले दर्ता गराएका रिटको पेसी शुक्रबार एकैपटकका लागि पेसीमा...
-
२०७९ आश्विन ६, बिहिबार
आईजीपी खनाल एमाले प्रवेश
काठमाडौं - नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्दै पूर्वआईजीपी खनालले अध्यक्ष केपी शर्मा ओलीजत्तिको नेपालमा अर्को कुनै राजनेता नभएको बताए । उनले प्रहरी जागिर खाँदादेखि आईजीपी हुँदासम्म...
-
२०७९ आश्विन ६, बिहिबार
काठमाडौँबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने
काठमाडाैँ - दसैँ, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौँ उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन् । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस वर्ष बढी बाहिरिने जनाइएको छ । गत वर्षमा झण्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर सङ्ख्यामा बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष...


