STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ श्रावण ११, बुधबार

    माग पूरा नभए तेस्रो चरणको आन्दोलन गर्ने राप्रपाकाे चेतावनी

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार काठमाडौंमा बढ्दो महंगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो । आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका...

  • २०७९ श्रावण ११, बुधबार

    राजा त्रिभूवन र महेन्द्रले प्रयोग गरेका ३ वटा सवारीसाधन संग्रहालयमा

    काठमाडौं - नारायणहिटी दरबार संग्रहालयमा राजाहरुले प्रयोग गरेका थप तीन वटा सवारीसाधन सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ । बुधबार स्व. राजा त्रिभूवन वीरविक्रम शाह र महेन्द्र वीरविक्रम शाहले प्रयोग गर्नुभएका थप तीन वटा सवारीसाधन प्रदर्शनमा राखिएको हो । पुराना सवारीसाधनको भौतिक मर्मत् र रङरोगन गरेर सर्वसाधणका लागि प्रदर्शनीमा ल्याइएको छ । प्रदर्शनीमा राखिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

  • २०७९ श्रावण ११, बुधबार

    एसइईकाे नतिजा सार्वजनिक, ९ हजार बढीकाे ४ जिपिए

    काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हाे। नतिजा अनुसार नौ हजार ६३३ जनाले ४ जिपिए ल्याएका छन् । परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४...

  • २०७९ श्रावण ११, बुधबार

    गथांमुगः पर्व मनाइयो

    काठमाडाैं - प्रत्येक वर्ष श्रावणकृष्ण चतुदर्शीका दिन मनाइने गथांमुगः अर्थात् घण्टाकर्ण मंगलबार राजधानीको भित्री सहरमा मनाइएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गथांमुगः अथवा घण्टाकर्ण पर्व संस्कृति पर्वअनुसार विशेष गरी राजधानीको भित्री भागका नेवार समुदायले मनाएका हुन् । राजधानीको भित्री सहरका साथै नेवार समुदायको बाहुल्यता रहेको सहर बजारमा पनि यो पर्व मनाइएको छ । परापूर्वकालदेखि मनाइँदै आएको...

  • २०७९ श्रावण ११, बुधबार

    एसईईको नतिजा आज, यसरी हेर्नसकिन्छ नतिजा

    काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्दैछ । गत वैशाखमा सञ्चालन भएको परीक्षाको नतिजा आज सार्वजनिक हुन लागेको हो ।  कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।  दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५...

  • २०७९ श्रावण ११, बुधबार

    आज चट्याङसहित वर्षाकाे सम्भावना

    काठमाडौं - आज दिउँसो  देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती  पनि देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उक्त भू-भागहरुमा  पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे...

  • २०७९ श्रावण १०, मंगलबार

    नग्न तस्वीरका कारण रणवीर सिंहविरुद्ध उजुरी

    एजेन्सी - बलिउड अभिनेता रणवीर सिंहविरुद्ध मुम्बईमा उजुरी परेको छ । बलिउड अभिनेता रणवीर सिंहले सामाजिक सञ्जालमा आफ्नो नग्न तस्वीरहरूमार्फत् ‘महिलाहरूको भावनामा चोट पुर्‌याएको’ आरोपमा मुम्बई पुलिसमा एफआईआर दर्ता गर्नको लागि उजुरी परेको हो । मुम्बई पुलिस अधिकारीका अनुसार सोमबार मुम्बई पुलिसमा निवेदन दायर गरिएको छ । जानकारी अनुसार उजुरीकर्ता जनता पार्टीका नेता तथा अधिवक्ता अखिलेश चौबे हुन् । उनी एक...

  • २०७९ श्रावण १०, मंगलबार

    चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

    काठमाडौं- सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका हुन्। केसी स्थानीय निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी बोर्डको अध्यक्ष हात पार्न कांग्रेस शीर्ष नेताहरूसँग लविङ गर्दै आएका थिए । अवसरकाे खाेजि गर्दै...

  • २०७९ श्रावण १०, मंगलबार

    टिकटक बनाउन कुपिन्डे दहमा पसेका युवा बेपत्ता

    काठमाडौं -  सल्यानको कुपिन्डे दहमा टिकटक बनाउन भनी गएका युवा डुबेर बेत्तपा भएका छन्। जिल्लाको वनगाड कुपिन्डे नगरपालिका–८ बाबियाचौरस्थित कुपिन्डे दहमा मंगलबार दिउँसो टिकटक बनाउन गएका ३७ वर्षीय वेदबहादुर बस्नेत डुबेर बेपत्ता भएका हुन् । टिकटक बनाउन दहमा पसेका उनको अहिले प्रहरीले खोजी कार्य गरिरहेको छ। वैदेशिक रोजगारीबाट फर्किएका बस्नेत साथी मूलबहादुर तामाङलाई कुपिन्डे दह घुमाउन गएका थिए । साथीसँगै...

  • २०७९ श्रावण १०, मंगलबार

    एकै दिन ६३८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार २१५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय जना...

  • २०७९ श्रावण १०, मंगलबार

    राष्ट्रियसभाको बैठकबाट नागरिकता विधेयकमा विचार प्रस्ताव स्वीकृत

    काठमाडौँ– राष्ट्रियसभाको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सोमबार बसेको बैठकमा उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि राष्ट्रियसभाका अध्यक्ष...

  • २०७९ श्रावण १०, मंगलबार

    लोपोन्मुख परम्परा जोगाउन “सायाः नखः” हुने घोषणा

    हास्यव्यङ्ग र कटाक्षको पर्व का रुपमा लिइने  सापारु (गाईजात्रा) को अवसर पारी लोकप्रिय कलाकारहरुको प्रस्तुतिका साथमा झीगु सः तथा सुकुन्दा फिल्मसको संयुक्त आयोजनामा " सायाः नखः” आयोजना हुने भएको छ । भाद्र ४ गते शनिबार ललितपुर भोलढोकास्थित ज्यापु प्रज्ञाभवनमा दिनको २ शो कार्यक्रम आयोजना हुने आयोजकले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ । झीगु सःका संरक्षक एवं वरिष्ठ सिने पत्रकार विजयरत्न...

Pages