-
२०७९ श्रावण १३, शुक्रबार
आजबाट गुंला पर्व सुरू
काठमाडौं - काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुंला पर्व’ आजदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले धुमधामका साथ यो पर्व मनाउने गर्छन् । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरूका आफन्तले एक महिनासम्म आफ्नो घरनजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ । नेपालभाषाकाे प्राचीन हस्तलिखित ग्रन्थहरूमा रहेकाे गुणीला...
-
२०७९ श्रावण १३, शुक्रबार
एसइईको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्नसकिने
काठमाडौं - परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को परीक्षामा प्राप्ताङ्क (ग्रेड) मा चित्त नबुझे पुनर्योग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । २०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा त्यसका लागि निवेदन दिनसक्ने परीक्षा...
-
२०७९ श्रावण १२, बिहिबार
टुकुचा किनारका घर/टहरा हटाउन काठमाडौं महानगरपालिकाको सूचना
काठमाडौं- काठमाडौं महानगरपालिकाले टुकुचा खोला किनार क्षेत्रका नक्सा स्वीकृत नभई बनाइएका घर/टहरा हटाउन सूचना जारी गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हलसम्म टुकुचाखोलाको किनार क्षेत्रको अतिक्रमित संरचना हटाउन महानगरले सूचना जारी गरेको हो । घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैं हटाउने चेतावनी...
-
२०७९ श्रावण १२, बिहिबार
काठमाडौं पुगेका अमेरिकी सहायक विदेशमन्त्री लूलाई कालो झण्डा
काठमाडौ - संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लू बिहीबार अपराह्न काठमाडाैं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालस्थित अमेरिकी राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए। काठमाडौं पुगेका उनलाई विप्लव नेतृत्वको नेकपाले कालो झण्डा देखाएको छ। दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका लुको टोलीलाई विप्लब कार्यकर्ताहरुले गौशालामा कालो झन्डा देखाएका थिए।...
-
२०७९ श्रावण १२, बिहिबार
बाबुराम भट्टराईको नयाँ दल ‘नेपाल समाजवादी पार्टी’ दर्ता, चुनाव चिह्न आँखा
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका भट्टराईसहितको समूहले आफ्नो दलको नाम नेपाल समाजवादी पार्टी राखेको छ । बिहीबार निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीका अध्यक्ष दीपक लामिछानेले दर्ता गरेको पार्टीको नाम परिवर्तन गर्ने प्रस्तावलाई आयोगले स्वीकृति प्रदान गरेकाे हाे । गत फागुन ५ गते भट्टराईनिकट लामिछानेले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग विवाद चर्किँदै गएपछि निर्वाचन आयोगमा...
-
२०७९ श्रावण १२, बिहिबार
एकैदिन ७१० जनामा कोरोना पुष्टि, थप दुईको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ५४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २४ जना र २ हजार ४८४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८६ जनामा कोरोना...
-
२०७९ श्रावण १२, बिहिबार
राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित
काठमाडौं - राष्ट्रियसभाको आजको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विधेयक पारित गरियोस् भनी सभामा पेश गर्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो । त्यसअघि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि सभामा छलफल भएको थियो । सदनमा सांसदबाट उठेको प्रश्नको गृहमन्त्री खाणले जवाफ दिनुभएको थियो । उक्त विधेयकमाथिको संशोधन प्रस्ताव राख्ने...
-
२०७९ श्रावण १२, बिहिबार
बञ्चरेडाँडाका स्थानीयको चेतावनी- ‘डम्पिङसाइट सधैंका लागि बन्द गर्छौं’
काठमाडौं - बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेबाट सधैँका लागि डम्पिङ साइट बन्द गर्ने चेतावनी दिएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले यस्तो चेतावनी दिएको हो । फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरु अलग गर्नेलगायत यसअघि महानगरपालिका र सरकारले...
-
२०७९ श्रावण १२, बिहिबार
बञ्चरेडाँडाका स्थानीयले फेरि राेके काठमाडौंको फोहोर
काठमाडौं - बञ्चरेडाँडाका स्थानीयवासीले काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी फेरि अवरोध गरेको छ । आज बिहानैदेखि काठमाडौंदेखि फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा स्थानीयले रोकेका हुन् । फोहोर बोकेर गएका ५० भन्दा बढी गाडी रोकेको काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले जानकारी दिए । एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर आजदेखि पुनःव्यवस्थापन हुने महानगरले...
-
२०७९ श्रावण १२, बिहिबार
यस वर्षको एसईईमा तल्लो ग्रेड ल्याउनेको संख्या बढी
काठमाडौं- यस वर्षको एसइई परीक्षामा माथिल्लो ग्रेड ल्याउनेको भन्दा तल्लो ग्रेड ल्याउनेको संख्या बढी देखिएको छ। यसैगरी यस वर्षको एसइईमा २२ हजार बढी विद्यार्थी परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार २०७५ सालको परीक्षाफलमा भन्दा २०७८ सालको परीक्षाफलमा माथिल्लो ग्रेडको तुलनामा तल्लो ग्रेड ल्याउनेको संख्या बढी देखिन्छ।...
-
२०७९ श्रावण १२, बिहिबार
आज देशैभर भारी बर्षाको सम्भावना
काठमाडौँ - देशका धेरै भू-भागमा आज बिहीबार पनि बर्षा हुने मौसमविदले जनाएका छन् । देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले जनजीवन प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । आज बिहान वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश-१, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना...
-
२०७९ श्रावण १२, बिहिबार
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडौं - एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु दुई दिने भ्रमणमा आज नेपाल आउँदैछन् । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसिसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)...


