-
२०७९ श्रावण ९, सोमबार
कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार
काठमाडौं - प्रतिनिधिसभाको बैठकले ‘कारागार विधेयक, २०७८’ लाई पारित गरेको छ । लामो समयपछि प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको हो । प्रतिनिधिसभाका सदस्यलाई सो विधेयक २०७६ मङ्सिर २९ गते वितरण गरिएको थियो । यस्तै, सोही सालको माघ २९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो भने चैत १९ गते सामान्य छलफल भएको थियो । विसं २०७६ चैत २९ गतेदेखि समितिमा दफाबार छलफल भएको थियो । प्रतिनिधिसभा दुई पटक विघटन भएपछि...
-
२०७९ श्रावण ८, आइतबार
एकैदिन ३४७ जनामा कोरोना पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३हजार ८८८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ३६० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ३ जना र १ हजार ५२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४४ जनामा कोरोना...
-
२०७९ श्रावण ८, आइतबार
सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारकाे तयारी
काठमाडौं - सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएकाे छ । आईतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरूत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो। पर्यटनमन्त्री श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गरेको ‘रिकोभरी प्लान’ ल्याउने निर्णय अनुसार आईतबार मन्त्रालयले पर्यटन पुनरूत्थान कार्ययोजना सावजनिक गरेको हो। कार्यक्रममा पर्यटनमन्त्री जीवनराम...
-
२०७९ श्रावण ८, आइतबार
अब देवनागरी लिपिमै इम्बोस्ड नम्बरप्लेट आउने
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इम्बोस्ड नम्बरप्लेट देवनागरीमै राख्ने तयारी थालेको छ । नेपाली मौलिकता झल्काउन नम्बरप्लेट नेपालीमै लेख्ने तयारी गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले बताए । नम्बरप्लेट देवानागरी वा अंग्रेजी र देवानागरी दुवै लिपि राख्ने कानुनी व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । यसका लागि ठेकेदार कम्पनी डेकाटोर टाइगरलाई पनि चिट्ठी...
-
२०७९ श्रावण ८, आइतबार
कल सेन्टरमा छापा, डेढ सय युवायुवती पक्राउ
काठमाडौं - आइतबार प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित जानकीनगरको ब्लु स्काइ कल सेन्टरमा छापा मारेको छ । घर भाडा नै लिएर कार्यालय खोली सर्वसाधारणलाई म्यासेज पठाउने, अश्लील सन्देश पठाउने गरेको खुलेपछि सञ्चालकसहित डेढ सय कामदार युवा युवतीलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका क्रममा प्रहरीले एक भारतीय र दुई नेपालीले घर भाडामै लिएर धन्दा चलाउदै आएको जनाएको छ । कामदार नै खडा...
-
२०७९ श्रावण ८, आइतबार
एउटै रुखमा ३ किशोरी झुण्डिएको अवस्थामा भेटिए
काठमाडौं- झापाको कचनकवल गाउँपालिकास्थित एक रुखमा ३ जना किशोरी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । कचनकवल वडा नं ५ पाठामारी बेल्लेगाउँ स्थित सुनकोशी चिया बगानको झिङ खोलाको किनारमा रहेको एउटै बयरको रुखमा तीन किशोरी सामूहिक झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरुले आत्महत्या गरेको देखिएको प्रहरीकाे भनाइ छ । जिप्रकाका डीएसपी वसन्त...
-
२०७९ श्रावण ८, आइतबार
सल्लाघारीमा रुख ढल्दा ३ जनाको मृत्यु,१२ जना घाइते
भक्तपुर - भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरको दुघपाटी तर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको बसमा सवार २ जना र बा.६१ प ३९७८ नम्बरको स्कुटरमा सवार १ जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका १२ जनाको उपचार भइरहेको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासी घर भएका २३ वर्षीय विशेष...
-
२०७९ श्रावण ८, आइतबार
एसईईकाे रिजल्ट यसै साता
काठमाडौं - यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पर्सि साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्न आवश्यक काम भइरहेको जानकारी दिए । उनले प्राविधिकरूपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको बताए । अध्यक्ष डा. शर्माले भने, 'विगतमा नतिजा सार्वजनिक भएपछि...
-
२०७९ श्रावण ८, आइतबार
मंकीपक्स संक्रमण : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । विश्वव्यापी स्वास्थ्य आपत्काललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो सतर्कता (अलर्ट) मानिन्छ । मंकीपक्सको संक्रमणमा देखिएको तीव्रतापछि डब्ल्यूएचओले यो अलर्ट जारी गरेको हो । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ७५ देशबाट १६ हजारभन्दा बढी मंकीपक्सका ‘केस’हरू रिपोर्ट भइसकेको...
-
२०७९ श्रावण ७, शनिबार
नागरिकता विधेयकको विरोधमा राँके जुलुस
काठमाडौं - राप्रपा नेपाल सम्बद्ध जनवर्गीय सङ्गठनहरूले संसदबाट पास गरिएको नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउँने भन्दै राँके जुलुस प्रदर्शन गरेका छन् । शनिबार साँझ पार्टी सम्बद्ध युवक, विद्यार्थी र युवा मोर्चाका नेता कार्यकर्ताले नागरिकता विधेयकका बुँदाहरु विवादास्पद, अनुचित र राष्ट्र हित विपरीत भएको भन्दै राँके जुलुस प्रदर्शन गरेका हुन्...
-
२०७९ श्रावण ७, शनिबार
गठबन्धनको नाममा कांग्रेस बलजफ्ती : नारायणकाजी श्रेष्ठ
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा नेपाली कांग्रेसले निरन्तर बलजफ्ती गरेको आरोप लगाएका छन् । शनिबार सोसल मिडिया फेसबूकमार्फत् नेता श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तर बलजफ्ती गरेको आरोप लगाएका हुन् । साथै आफूहरुलाई सँधै कांग्रेसको बलजफ्ती स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् । नेता श्रेष्ठले भनेका छन्, ‘नेपाली कांग्रेसले गठबन्धनको नाममा...
-
२०७९ श्रावण ७, शनिबार
वामपन्थीहरूबीच एकताको प्रयास भइरहेको छ : प्रचण्ड
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरूबीच एकताको प्रयास भइरहेको बताएका छन्। पार्टीको कार्यक्रमका लागि सर्लाही जाने क्रममा आज जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। गठबन्धनभित्र रहेको सबै वामपन्थी पृष्ठभूमि भएका समूहसँग छलफल चलिरहेको र छिट्टै सकारात्मक परिणाम आउने उनको भनाइ छ।...


