अपराध-दुर्घटना
-
२०७७ आश्विन ६, मंगलबार
सामूहिक बलात्कारका अभियुक्त १२ वर्षपछि पक्राउ
मङ्गलबारे – इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । विसं २०६४ मा झापा साधुहोली जङ्गलमा...
-
२०७७ आश्विन ४, आइतबार
डिजेल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो
काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनी खण्डमा पर्ने त्रिशूलीमा डिजेल बाेकेको ट्याङ्कर खसेको छ । नमस्ते ग्यास उद्योग नजिकको मोडबाट डिजेल बोकेको ना४ख २८२२ नम्बरको मालबहाक ट्याङ्कर आइतबार बिहान त्रिशूलीमा खसेको हो । अमलेखगञ्जबाट काठमाडौं आउदै गरेको ट्याङ्कर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको छ । नदीमा डुबेको ट्याङ्करको माथिल्लो भाग मात्रै देखिएको र ट्याङ्करमा आगलागी भएकोले उद्धारमा...
-
२०७७ भाद्र ३१, बुधबार
बलात्कृत किशोरीले आत्महत्या गरिन्
सप्तरी – सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन् । उनका अनुसार आरोपित चार...
-
२०७७ भाद्र ३०, मंगलबार
नेपालको झण्डा जलाउने गायक जेलमा
काठमाडौं – म्युजिक भिडियोमा नेपालको झण्डा जलाएका गायक जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षको लागि जेल चलाउन गरेको हो । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासलले तामाङलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । नेपाली झण्डा जलाएको आरोपमा यसअघि तीनजनालाई १५ हजार धरौटीमा छोडिएको छ भने ५ जनालाई साधारण तारेखमा छोडिएको हो...
-
२०७७ भाद्र २९, सोमबार
बाग्लुङमा पहिरोमा पाँच घर पुरियो
काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान गएकाे पहिराेमा पाँच घर पुरिएका छन् भने एक जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका हुन् । उनका अनुसार परिवारका अन्य पाँच सदस्य भने सकुशल छन् । पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्याएको...
-
२०७७ भाद्र २९, सोमबार
श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ
काठमाडौँ – प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमायाको विसं २०५७ मा हत्या गरेको आरोप लागेको थियो । घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले...
-
२०७७ भाद्र २८, आइतबार
सिन्धुपाल्चोकमा फेरि भीषण पहिरो, १८ घर पुरिए, १२ बेपत्ता, सभामुख घटनास्थलतर्फ
काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसेमा गत राति गएको पहिरो जाँदा १८ घर पुरिएका छन् । खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु बगाएको हो । पहिरोले भीरखर्क, नागपुच्छे चाङसार र किम्बे गाउँ क्षेत्रमा क्षति पुर्याएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाए अनुसार राति करिब २–३ बजे पहिरो गएको थियो भने यसबारे थप विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा अहिले सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको छ ।...
-
२०७७ भाद्र २८, आइतबार
बागलुङ पहिराेमा बेपत्ता वृद्धाको शव फेला
बागलुङ – अविरल वर्षासँगै आज बिहान आएको पहिरामा परी बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा बेपत्ता भएकी ७० वर्षीया जालपादेवी पौडेलको शव भेटिएको छ । यसअघि पहिरामा परी वडा नं १ कुश्मिशेराको टुनिबोटकी ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको थियोे । मृतक दुवै वृद्धाको शवपरीक्षणको तयारी भइरहेको छ । पहिरामा टुनिबोटका ७० वर्षीय मणिभद्र पाध्याको घाइते अवस्थामा उद्धार गरिएको छ । उहाँका छोरी देवी शर्मा...
-
२०७७ भाद्र २८, आइतबार
सिन्धुपाल्चोक पहिरो अपडेट : पाँचको शव निकालियो, ३१ बेपत्ता
सिन्धुपाल्चोक – बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । दुई जनाको सनाखत हुन बाँकी छ । पहिरामा पुरिएर ३१ जना बेपत्ता भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल...
-
२०७७ भाद्र २७, शनिबार
थिमिका एकै परिवारका ३ जना मृत फेला
काठमाडौँ _ भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको एक घरमा एकै परिवारका ३ जना मृत फेला परेका छन् । मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेको महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए । उनीहरुको कुकुर पनि मृत भेटिएको छ घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र...
-
२०७७ भाद्र २७, शनिबार
थिमि घटना : हत्यापछि आत्महत्या !
काठमाडाैं – मध्यपुर थिमि नगरपालिकाको कुन्डोलमा एकै घरका तीनजनाको शव भेटिएको प्रकरणमा त्यो हत्यापछि आत्महत्या हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ । थिमिका एकै घरका श्रीमान् श्रीमती र छोराको शव प्रहरीले फेला पारेको थियो । प्रहरीको अनुसन्धानले देखाएअनुसार सुतिरहेकै अवस्थामा श्रीमान्ले श्रीमती र छोराको हत्या गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । श्रीमती र छोराको धारिलो हतियारले...
-
२०७७ भाद्र २७, शनिबार
गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योग कारबाहीमा
काठमाडौँ – औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक गरी पाँच उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागले जनाएको हो । काठमाडौँको हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड...


