अपराध-दुर्घटना
-
२०७७ कार्तिक २८, शुक्रबार
बैतडी बस दुर्घटनामा नाैकाे मृत्यु, चार जनाको सनाखत
बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौमध्ये तीन जनाको सनाखत भएको छ । बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका...
-
२०७७ कार्तिक २७, बिहिबार
कंलकीमा दुई ट्रक ठाेक्किँदा ३ जनाकाे मृत्यु
काठमाडौं – काठमाडौंको कलंकीमा कुखुरा बाेक्ने ट्रकले राेकिराखेकाे ट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । कलंकीस्थित सडकखण्डमा मकालु पेट्रोल पम्पअगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नं को ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने ट्रकले ठक्कर दिदा साेही कुखुरा बाेक्ने गाडीमा सवार तीन जनाकाे मृत्यु भएकाे हाे । दुर्घटनामा एक जना घाइते भएका छन् । महानगरीय...
-
२०७७ कार्तिक २२, शनिबार
चोभारमा मर्निङ वाक हिँडेका व्यक्ति मृत अवस्थामा फेला
काठमाडाैं – चोभारमा मर्निङ वाकमा हिँडेका एकजना व्यक्ति आज शनिबार विहान मृत भेटिएका छन्। धोबीघाट सनराईज अपार्टमेन्ट नजिक उनलाई मृत अवस्थामा फेला पारिएकाे हाे । स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए।आराम गर्दागर्दै निज बाटोमा ढलेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। शवको अवस्थिति हेर्दा गनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने ललितपुर प्रहरीले जनाएको छ। मृतकको...
-
२०७७ कार्तिक २०, बिहिबार
कालीगण्डकी करीडोर पहिरोमा ५ जनाकाे मृत्यु
काठमाडाैँ - कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरामा पुरिएर पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार बुधबार साँझ पहिरामा पुरिएका थिए । सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएका पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए । मृत्यु...
-
२०७७ कार्तिक १८, मंगलबार
धादिङको स्कार्पियो दुर्घटनामा पाँच घाइते
धादिङ– धादिङमा स्कार्पियो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सदरमुकाम धादिङवेशींबाट काठमाडौंतर्फ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कार्पियो जीप आज बिहान दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् । दुर्घटनामा परी मुक्तिनाथ विकास बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र कुमार श्रेष्ठ, धादिङ शाखा प्रबन्धक बिनोद खतिवडासहित पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा डीएसपी...
-
२०७७ कार्तिक १८, मंगलबार
बलात्कार आराेपमा प्रहरीविरूद्ध मुद्दा
डोटी - डोटीको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडित बालिकाको उजुरीका आधारमा निज प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता गरिएको हो...
-
२०७७ कार्तिक १६, आइतबार
श्रीमती हत्या आरोपमा पक्राउ
कुटपिट गरी आफ्नै श्रीमती २९ वर्षीया निरु कासिछ्वाको हत्या गरेको अभियोगमा प्रहरीले सूर्यविनायक निवासी ३४ वर्षीय रोशन नागालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले हत्याको जाहेरी आएपछि नागालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको जानकारी दिनुभयो । १२ वर्ष अघि प्रेम विवाह गरेको निरुलाई रोशनले पटकपटक कुटपिट गर्ने गरेको र पछिल्लो समय पनि कुटपिटबाटै...
-
२०७७ कार्तिक १६, आइतबार
गाेंगःबुँबाट १० किलो गाँजा समातियो
काठमाडौं – प्रहरीले काठमाडाैंकाे गाेंगःबुँ क्षेत्रबाट १० किलाे लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा भिमसेन थापा गाउँपालिका–६ का २२ वर्षीय राहुल लम्साल, धादिङ गल्छी गाउँपािलका–१ का २५ वर्षीय इश्वर मगर र पाँचथर हिल्याङ गाउँपालिका–६ का १९ वर्षीय गणे मैनाली रहेका छन् । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय...
-
२०७७ कार्तिक १६, आइतबार
बनेपाकाे जङ्गलमा पुरुषको शव फेला
बनेपा - काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जङ्गलमा फेला परेको अन्दाजी वर्ष ३०/३५ का पुरुषको शवको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनुभयो । शवलाई अहिले धुलिखेल अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले...
-
२०७७ कार्तिक १५, शनिबार
खेत जोत्ने ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एकको मृत्यु
भक्तपुर – खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा शनिबार एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८, दार्जिलिङ हाईटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा सोही स्थानका ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खेत जोत्ने हाते ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउँदा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना...
-
२०७७ कार्तिक १४, शुक्रबार
गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा
सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ । गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै पशुपतिनाथका पालोवाला भण्डारीसमेत रहेका केदारमानले यही कात्तिक २ गते सामाजिक...
-
२०७७ कार्तिक १३, बिहिबार
२९ लाखसहित १० जुवाडे पक्राउ
राँझा– जिल्ला प्रहरी कार्यालय बाँकेले गएराति नेपालगञ्जमा जुवाको खालमा छापा मारी रु २९ लाखसहित १० जनालाई पक्राउ गरेकोे छ । नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्क निवासी कृष्णप्रसाद वलीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले छापा मार्दा रु २९ लाख ४८ हजार ७०० नगदसहित १० जनालाई नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । उहाँका...


