अपराध-दुर्घटना
-
२०७७ भाद्र ४, बिहिबार
स्रोत नखुलेको लाखौं रुपैँयासहित भारतीय महिला पक्राउ
रौतहट – स्रोत नखुलेको लाखौं रुपैँयासहित दुई भारतीय महिला पक्राउ परेका छिन् । विशेष सूचनाको आधारमा गौर नगरपालिका वडा नं. ३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस काट्न भनि आएका ती महिलाको साथबाट स्रोत नखुलेको रु छ लाख ४० हजार बुधबार बरामद भएको रौतहट प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । रकमसहित पक्राउ पर्नेमा भारतको विहार राज्य, सितामढी बैरगनिया ग्राम पञ्चायत वडा नं १ सिन्दुरीयाका समान उमेरका...
-
२०७७ भाद्र ४, बिहिबार
२थान पेस्ताेल र १० राउण्ड गाेलीसहित २ जना पक्राउ
काठमाडौं – काठमाडाैंकाे माछापाेखरीबाट प्रहरीले २थान पेस्ताेल र १० राउण्ड गाेलीसहित २ जनालाई पक्राउ गरेकाे छ । लुटपाट गर्ने उद्देश्यले उनीहरु अटोमेटिम पेस्तोल लिएर हिड्दै गर्दा पक्राउ परेका हुन् । प्रकरणमा संलग्न एकजना माछापोखरीबाट समातिएका छन् भने अर्का व्यक्ति नुवाकोटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरु अमरसिहं तामाङ र विकेश पण्डित भएकाे महानगरीय अपराध महाशाखाले जनाएको छ । तामाङ डाँका सम्बन्धी...
-
२०७७ भाद्र ३, बुधबार
कैलाशखोलाले बगाएका १७ जनामध्ये, ६ को शव भेटियो
अछाम : अछामको रामारोशन गाउँपालिकाका कैलाशखोलाले बगाएका १७ जना मध्ये ६ जनाको शव भेटिएको छ भेटिएको छ । गए रातिको अबिरल वर्षासँगै आएको बाढीले रामारोशन गाउँपालिका-५ सैनिबजारबाट बगाएका १७ जना मध्ये ६ जनाको शव कैलाशका विभिन्न स्थानमा भेटिएको हो। ४ जनाको बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीयले जानकारी दिए। यस्तै २ जनाको मंगलसेन नगरपालिका-३ मा पर्ने लमतणा र सेरीमा...
-
२०७७ भाद्र २, मंगलबार
गर्भवतीको हत्या आरोपमा पति र सासू पक्राउ
लहान – गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उहाँका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो । करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उहाँका पति...
-
२०७७ भाद्र २, मंगलबार
प्रहरीलाई धारिलो हतियार प्रहार गर्ने तीन पक्राउ
मकवानपुर – प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । उनीहरुलाई हेटौँडा–६ चौघडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरेको...
-
२०७७ भाद्र १, सोमबार
४८ लाख ठग्ने विदेशी नागरिक पक्राउ
काठमाडौँ – प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८ लाख ५४ हजार ४२० ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर...
-
२०७७ श्रावण ३२, आइतबार
सिन्धुपाल्चोक पहिरोमा १८ जनाको शव भेटियो, ज्यान गुमाएका परिवारले एक लाख पाउने
सिन्धुपाल्चोक – जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय...
-
२०७७ श्रावण ३०, शुक्रबार
कालिकोट पहिरोमा ६ जनाको मृत्यु
कालिकोट – कालिकोटको महावै गाउँपालिका–३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । बिहीबार राति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा बिष्टका २ छोरी, दुई छोरा र बिष्टका दाजु डिलबहादुर बिष्टका २ छोरीको मृत्यु भएको जनाईएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ । घटनाका...
-
२०७७ श्रावण ३०, शुक्रबार
अपडेट : सिन्धुपाल्चाेक पहिराेमा १३ जना सम्पर्कविहीन, १३ घर पुरिए, ३० घर जाेखिममा
काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका – २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पहिरोमा परी पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । पाँच परिवारका १३ जना सम्पर्कविहीन रहेकाे जनाइएकाे छ । पहिरोको कारण ३० घर जोखिममा परेको बताइएको छ । घटनास्थलबाट ७ किलोमिटर टाढा झिर्कुबाट नेपााली सेनाको टोली उद्धारका लागी घटनास्थल तर्फ जाँदै छ । कात्तिके र जलविरेबाट प्रहरी पनि घटनास्थल तर्फ...
-
२०७७ श्रावण ३०, शुक्रबार
अपडेट : सिन्धुपाल्चाेक पहिराेमा ३८ बेपत्ता, ३५ घरमा क्षति
सिन्धुपाल्चोक – जुगल गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौँमा उपचार जारी छ । घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिराले पुरिएकाहरुको खोजी शुरु भएको छ ।...
-
२०७७ श्रावण २८, बुधबार
डोटी बस दुर्घटनाका मृतकको सनाखत
डोटी – पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा आज बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको सनाखत भएको छ । घटनामा ३३ जना घाइते भएका छन् । तिनमा १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा अछाम जिल्ला चौरपाटी गाउँपालिका–७ मार्कु बस्ने ३० वर्षीय टीकाराम विक, मङ्गलसेन नगरपालिका–७ अछाम बस्ने ५५ वर्षीया धनी शाही तथा बान्नीगढजयगढ गाउँपालिका–३ अछाम बस्ने ६०...
-
२०७७ श्रावण २८, बुधबार
भक्तपुरमा चितुवाको छालासहित सातजना पक्राउ
भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका सुडालबाट चार र सूर्यविनायकको दार्जलिङ हाइटबाट तीन गरी सात जनालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार चाँगुनारायण–८...


