STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७७ श्रावण ४, आइतबार

    ट्र्याक्टर दुर्घटना हुँदा सातको मृत्यु

    झिमरुक,  प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो । उहाँका...

  • २०७७ श्रावण २, शुक्रबार

    कास्कीको पहिरोमा ३ जनाको मृत्यु

    पोखरा । गएरातिदेखि अविरल परेको वर्षाका कारण कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । स्थानीय प्रेम विकको घरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । मृतक तीनै जना प्रेम विकका नातिनातिनी हुन् । उनले घरका...

  • २०७७ श्रावण १, बिहिबार

    तीनकुनेमा मोटरसाइकल दुर्घटना

    काठमाडौं : बिहीबार दिउँसो काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वारका अनुसार बा ३५ प ६४३० र बा ६० प १७ ८८ का बाइक ठक्कर खाँदा दुईजना गम्भीर घाइते भएका हुन् । घाइतेको परिचय खुलिसकेको छैन । घाइतेलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर भएको उनले जानकारी दिए । 

  • २०७७ श्रावण १, बिहिबार

    हत्या आरोपमा सात पक्राउ

    सप्तरी : जिल्लाको शम्भुनाथ नगरपालिकामा एक युवकको हत्या भएको छ । शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको आरोपमा प्रहरीले बुधबार सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ । प्रहरीले पक्राउ परेकाको नाम सार्वजनिक गरेको छैन । हत्या आरोपमा प्रहरीले विभिन्न तीनवटा कोणबाट अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक बाबुराम कार्कीले...

  • २०७७ आषाढ ३१, बुधबार

    विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने थुनामा

    पर्वत : पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–८ बस्ने २१ वर्षीय टेकबहादुर श्रेष्ठ र बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का रहेका छन्...

  • २०७७ आषाढ ३१, बुधबार

    बलात्कारको आरोपमा सशस्त्रका एसएसपी पक्राउ

    पोखरा : सशस्त्र प्रहरीका एसएसपी बलात्कारको आरोपमा बुधबार पक्राउ परेका छन् । सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी बलात्कार आरोपमा पक्राउ परेको कास्की प्रहरीले जनाएको छ। पोखराको लामापाटनस्थित आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई फोनमार्फत जानकारी गराएपछि नेपाल प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पीडित...

  • २०७७ आषाढ ३०, मंगलबार

    सितापाइलाका दम्पतिका हत्यारा १४ वर्षपछि पक्राउ

    काठमाडौँ : आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर साहलाई घटनाको १४ वर्षपछि आइतबार बाँकेस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरेको हो । विसं २०६३ पुस २० गते सितापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक मोरङ डाँगीहाटका ४५ वर्षीय नातीकाजी सुवेदी र...

  • २०७७ आषाढ २९, सोमबार

    पैसा असुल्ने पत्रकार साह पक्राउ

    कलैया - प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् । प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकमसमेत लिइसकेको रेर्कड फेला परेपछि सोही रेर्कडको आधारमा पत्रकार साहलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई...

  • २०७७ आषाढ २६, शुक्रबार

    भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरीको नियन्त्रणमा

    काठमाडौँ : चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकामा प्रयोजन विपरीत चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधन नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक वामदेव गौतमले रातो नम्बर प्लेटको सवारीसाधनले प्रयोजन विपरीत यात्रुसँग भाडा लिएर यात्रु ओसारपसार गरेकाले कारवाही गरिएको जानकारी...

  • २०७७ आषाढ २६, शुक्रबार

    लकडाउन अवधिमा ५८ प्रतिशत हिंसा घरभित्रबाटै

    काठमाडौँ : कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा तुलनात्मक रुपमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा करिब एक हजार ७०० को हाराहारीमा महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखकिरण गरिएकामा बन्दाबन्दीको पछिल्लो तीन महिनामा मात्रै ८४३ महिला हिंसाका घटना भएको एक तथ्याङ्कले देखाएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले पछिल्लो तीन...

  • २०७७ आषाढ २३, मंगलबार

    भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत पुर्पक्षका लागि कारागार चलान

    भद्रपुर : भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनलाई झापा कारागारमा राखिएको छ । झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले विसं २०७२ मङ्सिर १० गते भारतीय नागरिक मुस्तफा...

  • २०७७ आषाढ २३, मंगलबार

    भक्तपुरमा इनारबाट निस्किएकाे ग्यासबाट जलेर एकजना घाइते

    भक्तपुर : चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते हुनुभएको छ । भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उहाँको अनुहारसहित केही भाग जलेको हो । उहाँको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उदयपुर स्थायी घर भएकी उहाँले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी...

Pages