STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७७ श्रावण २८, बुधबार

    डोटी बस दुर्घटनाका मृतकको सनाखत

    डोटी – पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा आज बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको सनाखत भएको छ । घटनामा ३३ जना घाइते भएका छन् । तिनमा १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा अछाम जिल्ला चौरपाटी गाउँपालिका–७ मार्कु बस्ने ३० वर्षीय टीकाराम विक, मङ्गलसेन नगरपालिका–७ अछाम बस्ने ५५ वर्षीया धनी शाही तथा बान्नीगढजयगढ गाउँपालिका–३ अछाम बस्ने ६०...

  • २०७७ श्रावण २८, बुधबार

    भक्तपुरमा चितुवाको छालासहित सातजना पक्राउ

    भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका सुडालबाट चार र सूर्यविनायकको दार्जलिङ हाइटबाट तीन गरी सात जनालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार चाँगुनारायण–८...

  • २०७७ श्रावण २८, बुधबार

    पत्रकार बानियाँ मृत फेला

    काठमाडौँ – दुई दिनदेखि सम्पर्कविहीन ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ । भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएका अवस्थामा शव फेला परेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । मङ्गलबार बिहानै शव फेला परेको थियो । पानी परिरहेको र जालीमा अड्किएकाले...

  • २०७७ श्रावण २७, मंगलबार

    गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

    डोटी – डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, निजका छोरा ११ वर्षीय पारस, छोरी सात वर्षीया सिरु, अर्की छोरी चार वर्षीया जेनिसा रहेका छन् । त्यसैगरी घाइते हुनेमा ३३ वर्षीय घर...

  • २०७७ श्रावण २७, मंगलबार

    गाेंगबुँ हत्या प्रकरण : पक्राउ परेकी महिलाले हत्या स्विकारिन्

    काठमाडौँ – गोंगबुमा भएको विभत्स हत्या प्रकरण प्रहरीले चितवनबाट पक्राउ गरेका महिलालाई  काठमाडौं ल्याइएको छ । ती महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले चितवनमा सोमबार पक्राउ गरेका थिए । उनलाई म‌ंगलबार बिहान काठमाडौं ल्याइएको हो । रोल्पा स्थायी घर भई दाङ बसाइँसराइँ गरेर हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फरार भएको आरोपमा ती महिलालाई पक्राउ गरिएकाे थियाे । हत्या आरोपित...

  • २०७७ श्रावण २७, मंगलबार

    गोंगबुँमा हत्याकाण्ड पछाडि ‘सेक्सुअल ह्यारेसमेन्ट’ !

    काठमाडौं – गोंगबुँमा भएको विभत्स हत्याकाण्ड पछाडि ‘सेक्सुअल ह्यारेसमेन्ट’ रहेको खुलेको छ । चितवनबाट सोमबार पक्राउ परेकी महिलाले प्रहरी सामु सेक्सुअल ह्यारेसमेन्ट भएकै कारण आवेशमा हत्या गरेको प्रारम्भिक बयान दिएकी छिन् । फेसबुकमा चिनजान बढ्दै गएको र पछि आफ्ना अन्तरङ्ग तस्बिरहरु सामाजिक सञ्जालमा हालिदिने धम्की दिएपछि आवेशमा हत्या गरेकी बयान उनले दिएकी हुन् । निद्राको औषधि खुवाई बेहोश बनाएपछि घनले...

  • २०७७ श्रावण २६, सोमबार

    पुतलीसडकमा आगलागी

    काठमाडौँ – काठमाडौँको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा आज अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टाण्डर्ड एजुकेशन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको जानकारी दिनुभयो । विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।...

  • २०७७ श्रावण २५, आइतबार

    भक्तपुरमा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    भक्तपुर – भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति बा१९च ३३८४ नंको जिप र बा६६प २८१० नंको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । फरार जिप...

  • २०७७ श्रावण २५, आइतबार

    गोंगबुँमा शुटकेशभित्र टाउको विनाको शव भेटियो

    काठमाडौं – काठमाडौंको गोंगबुँमा शुटकेशमा फालिएको अवस्थामा एउटा शव प्रहरीले फेला पारेको छ । अन्दाजी ४०–४५ वर्षका देखिने पुरुषको टाउको विनाको शव शुटकेशमा राखेर गोंगबुँ गणेशस्थानमा फालिएको भेटिएको थियो । प्रहरीले घटनास्थलबाट २०० मिटर पर टाउको फेला पारेको जनाइएको छ । प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुरसहित ठूलो संख्यामा प्रहरी परिचालन गरी अनुसन्धान थालेको छ । अहिले शवलाई पोष्टमार्टमको लागि त्रिवि...

  • २०७७ श्रावण २४, शनिबार

    कार दुर्घटनामा ३ जनाको मृत्यु

    काठमाडाैं – रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नं.को कार रोहिणी गाउँपालिका –४ छिपागडस्थित हुलाकी सडकखण्डमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । कार सडकबाट १० मिटर तल पल्टिँदा घाईते भएका चार जनालाई उपचारको लागी भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मृत्यु...

  • २०७७ श्रावण २३, शुक्रबार

    'बाैद्ध घटनामा एसिड हैन तारपिन तेल छ्यापिएकाे'

    काठमाडौँ – काठमाडौँको बौद्धस्थित चुच्चेपाटीमा गए राति एक व्यक्तिले श्रीमती र छोरीलाई तेजाब हानेको भनेर हल्ला चल्यो । घटना गम्भीर रहेको भन्दै प्रहरी तत्काल घटनास्थल पुग्यो तर घटनाको अनुसन्धान गर्दा त्यहाँ तेजाब नभई रङमा लगाइने तारपिन तेल छ्यापेको पाइएको छ । रङरोगनको काम गर्ने राजन विष्टले घर झगडा हुँदा गए राति श्रीमती र छोरीलाई उक्त तेल छ्यापेका हुन् । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ...

  • २०७७ श्रावण २०, मंगलबार

    पोल्यान्ड पठाइदिन्छु भनी १७ लाख ठग्ने महिला पक्राउ

     काठमाडौँ – नेपाल प्रहरीले पोल्यान्ड पठाइदिन्छु भनी रु १७ लाख ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले चितवनका विभिन्न व्यक्तिसँग पोल्यान्ड पठाइदिने भन्दै ठूलो रकम लिने चितवनकी ४० वर्षीय कमलाकुमारी थापालाई पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले विभिन्न प्रलोभनमा पारेर लक्ष्मी देवकोटासमेतका व्यक्तिसँग ठूलो रकम लिएको उजुरीका आधारमा...

Pages