STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७७ श्रावण १९, सोमबार

    सिन्धुपाल्चोक पहिरोमा पुरिएर ८ जना वेपत्ता

    काठमाडाैं – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा गएराति गएकाे पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । गएराति करिब दुई बजेतिर आएको पहिरोमा कभर्ड हल निर्माणमा खटिएका कामदारहरु पुरिएका हुन् । पुरिएकामध्ये एक जनाको प्रहरीले जीवितै उद्धार गरेको छ ।  तीन बजेतिर उद्धारमा खटिएको प्रहरी टोलीले तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य...

  • २०७७ श्रावण १९, सोमबार

    पहिराेमा हराएका आठैजनाकाे शव फेला

    सिन्धुपाल्चोक – मेलम्ची पहिराेमा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिरामा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन् । वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २०...

  • २०७७ श्रावण १९, सोमबार

    कालोपुलमा मोटरसाइकल दुर्घटना, एकजनाकाे मृत्यु

    काठमाडौँ – काठमाडौँ महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • २०७७ श्रावण १७, शनिबार

    पहिराले एकै घरका चार जनाको ज्यान गयो

    गुल्मी – गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो । पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिता रहेको रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी...

  • २०७७ श्रावण १७, शनिबार

    अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक पक्राउ

    काठमाडौँ – प्रहरीको साइवर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल फोटो तथा सन्देश...

  • २०७७ श्रावण १६, शुक्रबार

    निर्मला बलात्कार घटनाका प्रहरीले पाए सफाइ

    काठमाडाैं – कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा यातना र प्रमाण नष्टको आरोप लागेका तत्कालिन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित प्रहरी अधिकारीहरुलाई अदालतले सफाइ दिएको छ । बिहीबार जिल्ला अदालत कञ्चनपुरले तत्कालीन एसपी विष्टसहित आठैजना प्रहरी अधिकारीहरुलाई सफाइ दिएको हो । विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी...

  • २०७७ श्रावण १६, शुक्रबार

    सुन प्रकरणमा प्रयाेग भएकाे गाडी बरामद

    काठमाडौं – कमलादीबाट बरामद सुन प्रकरणमा प्रयाेग भएकाे गाडी प्रहरीले बरामद गरेकाे छ । ललितपुरको ताल्सीखेलबाट सिंगापुर पुलिसका पूर्वकर्मचारी अमरबहादुर राईको नवनिर्मित तीन तले घरको कम्पाउण्डमा साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा प्रकरणमा संलग्न स्कर्पियो गाडी बरामद भएको छ । काठमाडौं प्रहरी परिसर, टेकुको सादा पोशाकको टोलीले बरामद गरेको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो बरामद गरेकाे हो । भाडामा...

  • २०७७ श्रावण १६, शुक्रबार

    स्वयम्भूमा बस दुर्घटना हुँदा एकको मृत्यु

    काठमाडौँ – स्वयम्भूमा एउटा सार्वजनिक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति करिब १२ बजेको समयमा कलंकीबाट नयाँबसपार्क जाँदै गरेको बा ५९८४ नम्बरको बस हलचोक र ठुलोभ‍र्याङ बीचमा अनियन्त्रित भई दुर्घटना भएको हो । मृत्यु हुनेमा बस चालक रहेको प्रहरीले जनाएको छ । उनकाे घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूले जनाएकाे छ ।  मृतकको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ...

  • २०७७ श्रावण १५, बिहिबार

    त्रिशूलीमा खस्यो मालबाहक कन्टेनर

    चितवन : विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो । ट्रकका चालक भने सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार...

  • २०७७ श्रावण १५, बिहिबार

    कमलादीबाट बरामद सुन काण्डमा तीनजना पक्राउ

    काठमाडौं • कमलादीबाट बरामद सुन काण्डमा प्रहरीले तीनजनालाई पक्राउ गरेकाे छ । प्रहरीको चेकजाँच देखेपछि ‘सुन भएको झोला’ फालेर भाग्ने तीन जनालाई पक्राउ गरेकाे आरोपमा दुम्कीबासबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् । मंगलबार महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रन्जन दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा.६च ५५१९ नम्बरको सिल्भर कलरको स्कोर्पियो...

  • २०७७ श्रावण १४, बुधबार

    गम्भीर प्राविधिक त्रुटिले मेलम्ची दुर्घटना : छानबिन समिति

    काठमाडौँ । मेलम्चीमा गम्भीर प्राविधिक त्रुटिका कारण दुर्घटना भएको खानेपानी मन्त्रालयद्वारा गठित छानबिन समितिको निष्कर्ष छ । पर्याप्त प्राविधिक आधार तयार नगरी लापरबाही ढंगले डिजाइन र जडान गरेकाले मेलम्ची सुरुङको ढोका खुलेर दुर्घटना भएकोले पुनरावलोकन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन समितिले मन्त्रालयका सचिव माधव बेल्बासेलाई बुझाएको छ । सुरुङमा पानी पठाउन परीक्षण भइरहँदा गत असार ३० मा...

  • २०७७ श्रावण १३, मंगलबार

    बागलुङको बाढीपहिरोमा परी चारको मृत्यु

    बलेवा : बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उहाँहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहनुभएकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते...

Pages