अपराध-दुर्घटना
-
२०७७ भाद्र २७, शनिबार
रहस्य बन्दै सिङ्गो परिवार हत्या प्रकरण
भक्तपुर – मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको हत्या प्रकरण रहस्यमय...
-
२०७७ भाद्र २४, बुधबार
१७ वर्षीया बालिका बलात्कारकाे आरोपमा तीनजना पक्राउ
बैतडी – जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ । आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुुभयो । किशोरीलाई ललाइफकाई...
-
२०७७ भाद्र २३, मंगलबार
भक्तपुरकाे सल्लाघारीबाट लागुऔषधसहित दुई पक्राउ
भक्तपुर – महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट ठूलो परिमाणमा लागुऔषध काठमाडौँ भित्र्याउँदै गरेको प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले ना३ख ९८९ नम्बरको ट्रकमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका...
-
२०७७ भाद्र २०, शनिबार
ललितपुरकाे लेलेमा महिलाकाे शव भेटियाे
काठमाडाैं – ललितपुरकाे लेलेकाे जंगलमा एक महिलाकाे शव शनिबार बिहान भेटिएकाे छ । शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएकाे छ । महिलाकाे शरीरमा अन्य चोटपटक नदेखिएको जनाइएकाे छ । मृतक महिला ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसी भएकाे खुलेकाे छ । उनकाे हत्या गरी शव फालिएकाे हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ । प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको...
-
२०७७ भाद्र १८, बिहिबार
हुम्लाको आगलागीमा १५ घर नष्ट
सिमकोट – हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ । एक घरबाट शुरु भएको आगलागीबाट अहिले १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताउनुभयो । बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ । नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्न नसकिएको बताइएको छ । पानीको हाहाकार भएकाले निभाउन सकिएको छैन । आगलागी...
-
२०७७ भाद्र १८, बिहिबार
बागलुङ पहिरोका बेपत्तामध्ये १३ को परिचय खुल्याे
बागलुङ – बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए । उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया...
-
२०७७ भाद्र १५, सोमबार
ललाइफकाई यौन शोषण गर्ने एकजना पक्राउ
पोखरा– प्रहरीले पोखरा महानगरपालिका वडा नं १० रामबजारका नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ५५ वर्षीय रेशबहादुर गुरुङलाई पक्राउ गरेको छ । विगत चार/पाँच महिनादेखि बालिकालाई ललाइफकाइ यौन शोषण गर्दै आइरहेको भन्ने उजुरीका आधारमा गुरुङललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ८...
-
२०७७ भाद्र १४, आइतबार
एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु
स्याङ्जा – वालिङ नगरपालिका–५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान करिब ५ बजे दुर्घटना हुँदा घाइते भएका चारमध्ये दुई जनाको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि सुवेदीले जानकारी दिनुभयो । मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनी रहेको प्रहरीले जनाएको छ । वालिङ...
-
२०७७ भाद्र १४, आइतबार
सुनकोशीमा पहिरोले चार घर पुरियो
सिन्धुपाल्चोक – आज बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ । पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ । घरमा रहेको अन्नपात पुरेको छ भने हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीय रेशम बोहोराले जानकारी दिनुभयो । केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले...
-
२०७७ भाद्र १२, शुक्रबार
विद्यालयभित्रै प्रधानाध्यापकले तास खेलेपछि
चितवन – कोरोना संक्रमणको जोखिमका बेला चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बिहीबार दिउँसो १ बजेतिर प्रहरीले विद्यालयबाट उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक...
-
२०७७ भाद्र १०, बुधबार
गोरु काटेको विषयमा विवाद बढेपछि झापामा गाेली चल्याे
झापा । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका-३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको हो । स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ । गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएको झापा गाउँपालिकाका प्रमुख जयनारायण साहले बताएका छन् । सशस्त्र प्रहरी...
-
२०७७ भाद्र ४, बिहिबार
गोली हानी पुजारीको हत्या
रौतहट – रौटहटमा बुधबार राति गोली हानेर एक जना पुजारीको हत्या गरिएको छ। रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियामा रहेको हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । मन्दिर अगाडि खाना खाने तयारी गरिरहेको बेला करिब ९ बजेको अवस्थामा अज्ञात समूहका व्यक्तिहरुले कन्चटमा गोली हानेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।पुजारी साहको गोली...


