STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७७ श्रावण १३, मंगलबार

    ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    चितवन, : पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार उपचारका क्रममा अन्दाजी ३१ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना४ख ४१५५ नंको ट्रकले विपरीत दिशातर्फ गइरहेको ना४७प ६१८९ नंको स्कुटरलाई ठक्कर दिएको...

  • २०७७ श्रावण १३, मंगलबार

    कमलादीबाट १५ किलो सुन बरामद

    काठमाडाैं - काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ । सुन कसरी भित्रियो भन्ने विषयमा प्रहरी विस्तृत अनुसन्धानपछि मात्र जानकारी...

  • २०७७ श्रावण १३, मंगलबार

    अपडेट : १५ किलो धातुमध्ये आधा किलोमात्र सुन, बाँकी चाँदी

    काठमाडौं - कमलादीबाट बरामद गरेको १५ किलो सुन भनिएकाेमा आधा किलोमात्र सुन र बाँकी साढे १४ किलो चाँदी भएको प्रहरीले बताएको छ । मंगलबार विहान प्रहरीले काठमाडौंको कमलपोखरीमा प्रहरीले चेकजाँच छलेर भागेको बा ६ च ५५१९ नम्बरको गाडी पिछा गर्दा फालेको झोलामा १५ किलो पहेँलो धातु भेटिएको थियो । ती धातुलाई नेपाल रत्न तथा आभूषण संघमा परीक्षण गर्दा आधा किलो मात्र सुन र बाँकी साढे १४ किलो चाँदी भएको पुष्टि भएको...

  • २०७७ श्रावण ११, आइतबार

    तेजाब प्रहारबाट घाइते युवतीको उपचारमा सरकारले सहयोग गर्ने

    काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको छ । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । “तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ”, पीडितसित कुरा गर्दै उनले भने “घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।” सो अवसरमा...

  • २०७७ श्रावण ९, शुक्रबार

    सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने २ जना पक्राउ

    काठमाडाैं - काठमाडौँको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौँको डल्लु बस्ने मोहमद आलम र सोही स्थान बस्ने मुन्ना मोहमद हुन् । मुन्ना भारतीय नागरिक हुन् । उनीहरुलाई...

  • २०७७ श्रावण ८, बिहिबार

    स्रोत नखुलेको २० लाख नगदसहित एक पक्राउ

    लहान : सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रु २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ । सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिनुभयो । भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर...

  • २०७७ श्रावण ८, बिहिबार

    श्रीमती हत्यामा सजायँ पाएका पूर्वडीआइजी थुनामुक्त

    काठमाडौं : पूर्वडीआइजी रञ्जन कोइराला बिहीबार थुनामुक्त भएका छन्। डिल्लीबजार कारागारमा रहेका कोइराला बिहीबार दिउँसो थुनामुक्त भएका हुन्। श्रीमती गीता ढकालको हत्या आरोपमा २०६८ माघ ८ गते चितवनको नारायणगढबाट काठमाडौं फर्किर्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो। श्रीमती हत्याको मुद्दामा काठमाडौं जिल्ला अदालत र पाटन पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। सोही मुद्दामाथि सुनुवाइ...

  • २०७७ श्रावण ८, बिहिबार

    पोखरीमा डुबेर तीन बालकको मृत्यु, गाउँ नै शोकमा

    बनियानी : झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका दुई छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । बुधबार दिउँसो घरबाट खेल्न निस्किएका अंकुश अबेरसम्म घर नआएपछि...

  • २०७७ श्रावण ६, मंगलबार

    धनगढीमा प्रेसरकुकर बम • उपप्रमुखकाे गाडी आगजनी

    कैलाली : अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक बाटोमा, भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक मुख्य बाटोमा र एलएनचोक नजिकै रहेको गल्लीमा राखिएका बम सेनाको टोलीले निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । प्रेसर कुकर बाहिरबाट...

  • २०७७ श्रावण ५, सोमबार

    गल्काेपाखाबाट बालिकाकाे कानकाे मुन्द्रा लुटियाे

    काठमाडौं - काठमाडौं महानगरपालिका-२६ गल्कोपाखाबाट दिनदहाडै बालिकाकाे कानकाे मुन्द्रा लुटिएकाे छ । कास्की घर भई काठमाडौं महानगरपालिका-२६ कपुरधारा बस्ने २ जना बालिकाले कानमा लगाएको करिब १ तोला बराबरको सुनको मुन्द्रा शनिबार दिउँसो लुटपाट भएको हाे । अपरिचित अन्दाजी ३५ वर्षीया महिलाले ललाई फकाई गल्लीमा लगि बालिकाहरुकाे मुन्द्रा लुटेर फरार भएको बताइएको छ । लुटपाटमा संलग्न फरार महिलाको खोजी गर्नुका साथै...

  • २०७७ श्रावण ५, सोमबार

    अपहरणपश्चात् हत्याको आरोपमा दुईजना पक्राउ

    लहान : सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो । केही दिनअघि मात्रै लागुऔषध मुद्दामा अदालतबाट धरौटी तिरेर रिहा भएका रामको शव गत बुधबार सिरहाको मिर्चैया नगरपालिकास्थित बतहा खोला...

  • २०७७ श्रावण ५, सोमबार

    बाल विवाहमा संलग्न चार पक्राउ

    वालिङ : बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया...

Pages