राष्ट्रिय
-
२०७९ जेठ २८, शनिबार
विद्युत्को प्रसारण लाइनमा झुण्डिएका युवकको ८ घण्टापछि उद्धार
नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युत्को प्रसारण लाइनमा झुण्डिएका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । झन्डै ८ घण्टापछि बिकलाई तालिम प्राप्त सेनाको टोलीले उद्धार गरेको हो ।उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका १३ का प्रेम बिक शनिबार बिहान ११ बजेतिर चढेका थिए । बिक तारमा चढेर लामो समय नओर्लिएका कारण देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको थियो । उनी पोलमा...
-
२०७९ जेठ २६, बिहिबार
सहरी विकास मन्त्रालय र बन्चरेडाँडा सरोकार समितिबीच शुक्रबार वार्ता हुने
काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर ब्यवस्थापनमा देखिएको समस्या समाधानका लागि सरकार र बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबीच भोलि (शुक्रबार) वार्ता हुने भएको छ । सहरी विकास मन्त्रालय र सरोकार समितिबीच हुने वार्ताका लागि शुक्रबार बिहान ८ बजे सरोकारवाला सबैलाई बोलाइएको छ । जानकारी अनुसार उक्त वार्तामा संघर्ष समिति, नुवाकोट ककनी गाउँपालिका, धादिङको धुनीबेँसी नगरपालिका...
-
२०७९ जेठ २६, बिहिबार
अब असारदेखि भदौ मसान्तसम्म सडक खने कारबाही
काठमाडौं - वर्षायाममा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार रोक लगाउँदालगाउँदै पनि सडक निर्माणको गरेको पाइएमा कारबाही गर्ने जनाएको हो । ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप...
-
२०७९ जेठ २६, बिहिबार
पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध
काठमाडौं- वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना ६ तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनएको छ । आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारीले दिए । सडक अवरुद्ध भएर सयौँ सवारीसाधन जाममा परेको सवारी चालक...
-
२०७९ जेठ २४, मंगलबार
साउन १ भित्र इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी भएको छैन : यातायात व्यवस्था विभाग
काठमाडौं - यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको स्पष्ट पारेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले विभागले आफ्नो नियमित कार्यतालिका अनुसार सूचना प्रकाशित गरेको बताए । उनले २०७८...
-
२०७९ जेठ २४, मंगलबार
देवनागरी लिपिमा नै इम्बोस्ड नम्बर राख्न माग
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकार यातायात व्यवस्था विभागले जारी गरेको निर्णय तुरुन्तै खारेज गर्दै देवनागरी लिपीमा नै इम्बोस्ड नम्बर राख्न माग गरेको छ । गत शुक्रबार यातायात व्यवस्था विभागले जारी श्रावण १ गते भित्र अनिवार्य रूपमा सबै सवारी साधनहरूमा अनिवार्य रूपमा अङ्ग्रेजी भाषाको रोमन लिपीमा लेखिएको इम्बोस्ड नम्बर प्लेट राखि सक्नु पर्ने र अन्यथा ट्राफिक प्रहरीले कारवाही गर्ने चेतावन...
-
२०७९ जेठ २४, मंगलबार
इम्बोस्ड नम्बर प्लेट जडान अव्यावहारिक, युवा संघको वानेश्वरमा प्रदर्शन
काठमाडौं - सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यवहारिक रवैयाको संज्ञा दिदैँ राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ नेपालले मंगलबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागमा सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्य र सरकारको अव्यवहारिक रवैयाविरुद्ध विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान...
-
२०७९ जेठ २३, सोमबार
नेपाल प्रहरीका पाँच डिआइजी एआइजीमा बढुवा
काठमाडौँ - सरकारले नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ । आज (सोमबार) अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले उत्तम सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको बढुवा समितिलले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो ।
-
२०७९ जेठ २३, सोमबार
आइतबाको बिदा हटाउने मन्त्रिपरिषद्को निर्णय, असार १ देखि लागु हुने
काठमाडौं - सरकारले आइतबार दिँदै आएको बिदा हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा हटाउने निर्णय गरेको हो। यसअघि सरकारले सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। दुई दिन बिदा दिँदा प्रशासनिक अफ्ठ्याराहरु आएको र अस्पतालहरुमा समेत भीडभाड बढेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो। नेपालमा दुई दिने विवाद कार्यान्वयनमा जटिलता आएपछि सरोकारवालहरुले आइतबारको बिदा...
-
२०७९ जेठ २०, शुक्रबार
सार्वजनिक सवारीकाे भाडादर घट्याे
काठमाडौं - यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो । नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो । यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाह सवारीको भाडा २.६ प्रतिशत र...
-
२०७९ जेठ १९, बिहिबार
आजदेखि काेरियन भाषा परीक्षा सुरू
काठमाडौं - कोरियन भाषा परीक्षा आजदेखि सुरु भएको छ। कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आजदेखि सञ्चालन हुन लागेको हो। वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा आजदेखि असार ३ सम्म सञ्चालन हुन लागेको हो। इपिएस शाखाका अनुसार परीक्षा ललितपुरको भैँसेपाटीस्थित सिबिटी भवनमा ३ सिफ्टमा सञ्चालन...
-
२०७९ जेठ १९, बिहिबार
दरबार हत्याकाण्डकाे २१ वर्ष पूरा
काठमाडौं - पूर्वराजा वीरेन्द्र शाहको वंश विनाश अर्थात नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा भएको छ । तत्कालीन राजा वीरेन्द्रको सपरिवारको हत्या २१ वर्ष पहिले आजकै दिन भएको थियो । २०५८ जेठ १९ गते शुक्रबार बेलुकी राजदरबारभित्र पारिवारिक भेटभाटका बेला भएको घटनामा वीरेन्द्रका भाईदेखि ज्वाइँसम्मको हत्या भएको थियो । घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी...


