राष्ट्रिय
-
२०७९ जेठ १५, आइतबार
तारा एयरको जहाज सम्पर्कविहीन, सेनाको हेलिकप्टर खाेज्दै
काठमाडौं - पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्नका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो । पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ । यसअघि जहाज...
-
२०७९ जेठ १५, आइतबार
गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष कार्यकम
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी १५औँ गणतन्त्र दिवसका अवसरमा आज आइतबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सरिक भइन् । गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक...
-
२०७९ जेठ १५, आइतबार
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना...
-
२०७९ जेठ १५, आइतबार
आज गणतन्त्र दिवस
काठमाडौँ - आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय...
-
२०७९ जेठ १२, बिहिबार
फोनिजद्वारा नेपाल सरकारको कदमको भत्सर्ना
नेपाल सरकारले कृष्णप्रसाद भट्टराईको नाम जोडिएर सञ्चालन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को गम्भीर ध्यानाकर्षण भएको कुरा प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आमसञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्ने सरकारको नीति स्वागतयोग्य रहेता पनि गलत...
-
२०७९ जेठ ११, बुधबार
भरतपुरवासीलाई खानेपानी निःशुल्क, छोरी बिमा कार्यक्रम
भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु एक लाख बराबरको छोरी बिमा कार्यक्रमको निर्णय गरिएको छ । पहिलोपटक प्रमुख हुँदा उहाँले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरङ्ग सेवा टिकट निःशुल्कको निर्णय गर्नुभएको थियो । दाहालले यो निर्णयले...
-
२०७९ जेठ ७, शनिबार
सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरी नियन्त्रणमा
काठमाडौं - कैलालीमा सार्वजनिक बिदाका दिन चालाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ । “कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विषेशले बिदाको दिनमा चलाइएको पाइयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले भने, “यसरी चलाइएका गाडी केही समय...
-
२०७९ जेठ ६, शुक्रबार
बढी मतपत्र भेटिएपछि रंगेलीमा झडप
मोरङको रंगेली नगरपालिकामा प्रहरी र नेपाली काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको छ । मतगणनाका क्रममा एउटा वडामा बढी मतपत्र भेटिएपछि नेपाली काङ्ग्रेसले मतगणना रोकेर प्रदर्शन गरेको थियो । प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । अवस्थालाई नियन्त्रणमा लिन तीन सेल हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । उनका अनुसार...
-
२०७९ जेठ ५, बिहिबार
सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाए जफत हुने
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । ‘अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुन्छ, नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइन्न,’ पौडेलले भने, ‘पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए...
-
२०७९ जेठ ५, बिहिबार
तीन दिनसम्म गणतन्त्र दिवस मनाइने
काठमाडौं - सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो। समितिले जेठ १४ गते साँझ सङ्घ...
-
२०७९ जेठ ३, मंगलबार
सार्वजनिक यातायातको भाडा बढ्याे
काठमाडौं - यातायात व्यवस्था विभागले भाेलिबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै सो जानकारी दिएको हो। विभागले सार्वजनिक यातायातको भाडा ३.५ देखि ५.१ प्रतिशतको दरले वृद्धि गरेको जनाएको छ। जसमा यात्रु वहाक सवारी साधनको भाडामा ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ४.६ र तराईका बाटोमा सञ्चालन हुने माल बहाक सवारीको भाडामा ५.१ वृद्धि गरेको छ...
-
२०७९ जेठ २, सोमबार
भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा
काठमाडौँ - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । यहाँ स्थित अन्तर्राष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गरे । भारतका...


