-
२०८१ कार्तिक ३, शनिबार
माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छ : अध्यक्ष दाहाल
भरतपुर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिका–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको जनसांस्कृतिक कार्यक्रममा उहाँले हिजो एउटै ‘स्कुलिङ’बाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्नेमा...
-
२०८१ कार्तिक ३, शनिबार
न्हूदँ ११४५ समारोह समितिको अध्यक्षमा श्रेष्ठ
काठमाडौँ,यस वर्ष नेपाल संवत्को नयाँ वर्ष मनाउन न्हूदँ ११४५ समारोह समितिमा नेवाः अगुवा तथा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ अध्यक्ष चुनिनु भएको छ । न्हूदँ ११४४ समारोह समितिका अध्यक्ष प्रा डा नरेशमान बज्राचार्यको सभापतित्वमा शुक्रबार बसेको बैठकले नेवाः अभियानकर्मी श्रेष्ठलाई सर्वसम्मतिबाट अध्यक्षमा चुनेको हो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विगत लामो समयदेखि सक्रिय रहिआउनु भएका उहाँ...
-
२०८१ कार्तिक २, शुक्रबार
फेमिलि क्रुको नेपालभाषाको म्युजिक भिडियो सार्वजनिक
नेपालभाषाको कला र मनोरन्जन क्षेत्रमा लामो समयदेखि सकृय रहँदै आउनु भएका चलचित्र लेखक, निर्देशक, रचनाकार शंकर खड्गीको रचना र निर्देशनमा निमाण भएको नेपालभाषा नयाँ गीत " अन्ती सोमां सलिंचाय्....” म्यूजिक भिडियो प्रिमियर शो विहिबार सम्पन्न भएको छ । सुप्रसिद्द संगीतविज्ञ रत्न बेहोशी बज्राचार्य प्रमूख अतिथी रहेको सो कार्यक्रम फेमिलि क्रुले आयोजना गरेको हो ।बिहिवार एक समारोहका बीच विश्रान्ती पार्टी...
-
२०८१ कार्तिक २, शुक्रबार
बुद्धमाई अस्पताललाई एक लाख जरिवाना
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै रु एक लाख जरिवाना गरेको छ । उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ सङ्केतसहितको बाल्टिन फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो । अनुगमनबाट फर्किएपछि...
-
२०८१ कार्तिक २, शुक्रबार
दाङमा सर्प महोत्सव हुँदै
तुलसीपुर , दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिनुभयो । महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे...
-
२०८१ कार्तिक २, शुक्रबार
सुनको मूल्यः प्रतितोला रु दुई हजारले बढ्यो
काठमाडौँ, सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला रु दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६४ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य...
-
२०८१ कार्तिक १, बिहिबार
जहाँ पुगौँला उहीँ चाड मनाउँला...
राम थापा / रासस गण्डकी, यसपालिको विजयादशमीका दिन दिन पर्यटक पथप्रदर्शक दिवस गुरुङ मनाङको विकट गाउँ नार्फु हुनुहुन्थ्यो । देशभर दसैँको उल्लास छाइरहँदा उहाँ भने इटालीका ग्याब्रियल र क्यारालाई साथमा लिएर अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्कनुभएको थियो । मनाङ सदरमुकाम चामे, नार्फु हुँदै, थोरङ भञ्ज्याङ काटेर मुस्ताङको मुक्तिनाथ पुग्ने योजनामा रहेको उक्त टोली अहिले पनि पदयात्राकै क्रममा छ ।...
-
२०८१ कार्तिक १, बिहिबार
तीन दल बैठकः शान्तिप्रक्रियाको काम तत्काल अघि बढाउने
काठमाडौँ, १ कात्तिकः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठकमा शान्ति प्रक्रियाको थप कामलाई अघि बढाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकमा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको, शान्ति प्रक्रियाको भावना र कानुनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिलाई पदाधिकारी बनाउनुपर्ने विषयमा...
-
२०८१ कार्तिक १, बिहिबार
रासस नेपाल भाषा समाचार सेवा’ सुरु भएकामा स्वागत
काठमाडौँ, नेपाल भाषा समुदाय र सम्बद्ध विभिन्न सङ्घसङ्गठनले राष्ट्रिय समाचार समितिबाट ‘नेपाल भाषा समाचार सेवा’ आरम्भ भएकामा खुसी व्यक्त गर्दै स्वागत गरेका छन् । नेवा देय् दबु, नेपाल भाषा एकेडेमी, काठमाडौँ महानगरपालिका, भाषा आयोग, विराट् नेपाल भाषा सम्मेलन, न्हूदँ समारोह समिति, मङ्का खलःका प्रतिनिधि, सञ्चारकर्मी, पूर्वमन्त्री तथा भाषिक आन्दोलनका अगुवाले रासस कार्यालयमा उपस्थित भएर यसको...
-
२०८१ आश्विन ३०, बुधबार
लक्की फिल्मी अवार्ड टिसर्ट सार्वजनिक
चितवन- मोफसल कै चर्चित लक्की मिडिया हाउसको आयोजनामा गत वर्ष लक्की फिल्मी अवार्ड को पहिलो संस्करण सम्पन्न भएको थियो भने यो साल पनि सो संस्थाले लक्की फिल्मी अवार्ड -को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । यसैक्रममा दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड -२०८१ ’ को तयारी तीव्र पारेको छ । यसैक्रममा लक्की मिडिया हाउसले चितवनमा गर्न लागेको फिल्मी अवार्डको एक कार्यक्रमका बीच प्रचार सामाग्री ‘टिसर्ट’...
-
२०८१ आश्विन ३०, बुधबार
देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित
काठमाडौँ, देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गु...
-
२०८१ आश्विन ३०, बुधबार
मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी
महोत्तरी, मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिनेछन् । असोज शुक्लपक्षको साँझ सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीको विचरणमा आउने र ‘को जागैछन् ?’ भनेर हेर्ने हुँदा यस दिनलाई ‘कोजगरा’ (कोजाग्रत) भनिएको पाका मैथिल बताउँछन् ।...


