STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ १७, मंगलबार

    घरधनीबाट किशोरीको शारीरिक शोषण

    झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएको भनी कानूनी कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी छन् । पीडित किशोरीको परिवार खड्का थरका स्थानीयवासीको पुरानो घरमा भाडामा बस्दै आएको थियो । घरधनी खड्काले नै शारीरिक शोषण गरेको भनी दोषी किटान गरेर धुलाबारी इलाका प्रहरी कार्यालयमा गत असार २ गते पीडितले...

  • २०७६ आषाढ १७, मंगलबार

    एसिसी पूर्वी क्षेत्रीय क्रिकेट ः सिङ्गापुर विजयी

    मलेसियामा आजदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सिङ्गापुर विजयी भएको छ । सिङ्गापुरले चीनलाई आठ विकेटले पराजित गरेको हो । उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको चीनले २३ ओभरमा सबै विकेट गुमाउँदै २८ रन मात्र बनायो । सिङ्गापुरले २९ रनको विजयी लक्ष्य ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । सिङ्गापुरका लागि साई हर्ष बेनुगोपालले अविजित १५ रन र विनित...

  • २०७६ आषाढ १७, मंगलबार

    कम्बोडियाली प्रधानमन्त्री हुन सेन जेनेभा प्रस्थान

    कम्बोडियाली प्रधानमन्त्री हुन सेन मङ्गलबार स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठनको वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्यसैगरी जेनेभामा आयोजना हुन लागेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको एक सत्रमा पनि प्रधानमन्त्री हुन सेन सहभागी हुनुहुने कार्यक्रम रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कम्बोडियाली प्रधानमन्त्रीको कार्यालयका एकजना मन्त्री...

  • २०७६ आषाढ १७, मंगलबार

    ज्यान हत्केलामा राखेर भिर मौरीको शिकार

    गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको भ¥याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवक छन् । पहाडको टुप्पोबाट भिरतर्फ झर्दै गरेका ती पुरुष गुर्जाकै मह शिकारी अमृत छन्त्याल हुन् । पहाडकै फेदी हुँदै बगिरहेको नदीको किनारमा...

  • २०७६ आषाढ १७, मंगलबार

    मुख्यमन्त्री पौडेल चीनको लाम्झाउ प्रस्थान

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको छ । चीनको लाम्झाउ शहरमा यही असार १९ देखि २३ गतेसम्म आयोजना हुने ‘पच्चीसौँ चाइना लाम्झाउ इन्भेष्टमेन्ट ट्रेड फेयर’को उद्घाटन समारोहमा उहाँ सहभागी हुनुहुुने मुख्यमन्त्री तथा मन्त्रिपरिष्द्को कार्यालयले जनाएको छ । मुख्यमन्त्री पौडेलका साथमा उहाँकी...

  • २०७६ आषाढ १७, मंगलबार

    कुलेखानी तेस्रोबाट एक महीनापछि उत्पादन हुने

    कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करीब एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाले जनाएको छ । भैंसेस्थित कुलेखानी दोस्रोबाट निस्किएको पानीलाई करीब चार किलोमिटर सुरुङ मार्गबाट...

  • २०७६ आषाढ १७, मंगलबार

    ई–चुरोटले मस्तिष्कका तन्तुलाई नष्ट गर्छ

    वासिङ्टन, १७ असार रासस(एएनआई – परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट विद्युतीय चुरोट ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्छ । आई–साइन्स जर्नलमा प्रकाशित अध्ययनमा बयस्क मुसामा गरिएको परीक्षणमा यस्तो नतिजा देखिएको उल्लेख छ । मस्तिष्कका तन्तुमा विद्युतीय तरल पदार्थ, एरोसोल...

  • २०७६ आषाढ १७, मंगलबार

    मिडिया विधेयक संशोधन गर्न माग

    सरकारले ल्याउन लागेको मिडिया विधेयक संशोधन गर्न रुपन्देहीका सम्पादकहरुले माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाको आयोजना र ‘चाँदनी नेपाल’को सहयोगमा बुटवलमा आज आयोजित ‘मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक’ विषयमा गरिएको छलफलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले मिडिया विधेयकका कतिपय प्रावधानले मिडियाको स्वतन्त्रतामा आँच पुग्ने भएकाले तत्काल सच्चाउन आग्रह गर्नुभयो । नेपाल...

  • २०७६ आषाढ १७, मंगलबार

    मुआब्जा विवादले रेल विस्तार योजना अन्योलमा

    जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा बर्दिवास—जनकपुर—जयनगर रेलमार्गको निर्माण अनिश्चित बन्दै गएको छ । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा महोत्तरीको भङ्गहा नगरपालिकाको पुरानो बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किलोमिटर दूरीको रेलमार्ग निर्माणको कार्य अनिश्चित बन्दै गएको हो । जयनगरबाट जनकपुरको कुर्थासम्म ३४ किलोमिटर दूरीमा रेलका पटरी ओछ्याइ सकिएर अब रेल सञ्चालनको तयारीमा छ । त्यसैगरी धनुषाको...

  • २०७६ आषाढ १७, मंगलबार

    एकीकृत सम्पत्ति करको सट्टा सम्पत्ति र भूमि कर लिइने

    धनगढी उपमहानगरपालिका कार्यालयले आर्थिक वर्ष २०६२÷०६३ देखि लगाउदै आएको एकीकृत सम्पत्ति करको सट्टा अब सम्पत्ति कर र भूमि कर मालपोत लिने भएको छ । नगर सभामा पेश गरिएको ‘आर्थिक ऐन २०७६’ मा यो व्यवस्था गरिएको हो । आर्थिक ऐन २०७६ पारित भएपछि आगामी साउन महीनादेखि धनगढी उपमहानगर क्षेत्रमा सम्पत्ति कर र भूमि कर मालपोत कार्यान्वयनमा आउने उपमहानगरपालिका कार्यालयका वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझाले...

  • २०७६ आषाढ १७, मंगलबार

    अफ्रिकी परियोजनाका लागि तीन अर्ब २० करोड डलर ऋण स्वीकृत

    चिनियाँ विकास बैंक सीडीबी ले अफ्रिकाका ४० वटा वित्तीय संस्थाहरुलाई तीन अर्ब २० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन सहमत भएको छ । सीडीबीसँग चीन–अफ्रिका अन्तर बैंक संघ ९काइबा०सँग आबद्ध १० वटा सदस्य बैंक रहेका छन् । यी बैंक मार्फत अफ्रिकामा पूर्वाधार, साना तथा मझौला उद्यम र अन्य क्षेत्रका १६ वटा परियोजनाका लागि एक अर्ब ८० करोड डलरका कार्यक्रम स्वीकृत गरिएको छ । सीडीबीको अग्रसरतामा सन् २०१८ को...

  • २०७६ आषाढ १७, मंगलबार

    ‘एकीकृत रुपमा विज्ञापन व्यवस्थित गर्न विधेयक’

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बढ्दो बजार, उपभोक्ताको हितजस्ता विषय नियमन गर्न विज्ञापनसम्बन्धी एकीकृत रुपमा व्यवस्था भएको विधेयक ल्याइएको बताउनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले ‘क्लिन फिड’ का साथै ‘होर्डिङ बोर्ड’ का माध्यमबाट हुने अवाञ्छित प्रचारलाई विधेयकमार्फत...

Pages