STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ १६, सोमबार

    सभागृह निर्माण शुरु

    दाङको गढवा गाउँपालिकामा बहुउद्देश्यीय सभाहल निर्माणको काम शुरु भएको छ । प्रदेश नं ५ सरकारको बजेटबाट गढवा गाउँपालिका–५ को मगहरचोकमा सभाहल निर्माण हुन लागेको हो । उक्त सभाहलको आइतबार प्रदेश नं ५ का प्रदेशसभा सदस्य इन्द्रजित थारूले शिलान्यास गर्नुभयो । प्रदेश नं ५ सरकारको रु चार करोड ८७ लाख ८९ हजार ५५९ लागतमा सभाहल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताउनुभयो । मगहर चोकमा अत्याधुनिक...

  • २०७६ आषाढ १६, सोमबार

    भूकम्पबाट विस्थापित परिवारलाई लालपुर्जा प्रदान

    भूकम्पबाट विस्थापित भएका यहाँका दुई घर परिवारलाई आइतबार लालपुर्जा प्रदान गरिएको छ । वालिङ नगरपालिका–२ वडाको तिलडाँडाबाट विस्थापित बनेका मित्रलाल दमै र सुनमती दमैको परिवारलाई लालपुर्जा प्रदान गरिएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो । जोखिमयुक्त बस्तीमा रहेका भूकम्पपीडित लाभग्राहीमा परेका र अन्यत्र बसोबासका लागि घर घडेरी नभएकाको घर परिवारलाई बढीमा रु दुई लाख दिन सक्ने प्रावधानअनुसार...

  • २०७६ आषाढ १६, सोमबार

    जम्मु काश्मिरमा सवारी दुर्घटना, ३३ जनाको मृत्यु

    भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै अरु २२ जना घाइते भएका छन् । किश्तवाडका प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले यात्रुबाहक बस खोँचमा झरेर दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो । केशवनबाट आइरहेको यात्रुबाहक बस भिरालो सडकमा अनियन्त्रित भई खोँचमा झरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि रानाले बताउनुभयो । घाइतेहरुलाई उपचारका...

  • २०७६ आषाढ १६, सोमबार

    छोरीको योजनामा आमाको हत्या, चार पक्राउ

    आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा ६१ वर्षीय सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनाअनुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी आइतबार दिउँसो घाँटी रेटेर हत्या गरिएकी भट्टराईको मृतककी छोरी ईश्वरी भट्टराईको योजनाअनुसार भएको बताएको हो । प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय नागरिक अर्जुन कुमार भन्ने भोला...

  • २०७६ आषाढ १६, सोमबार

    बुद्धशान्तिले २५ शय्याको अस्पताल बनाउने

    झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आगामी आर्थिक वर्ष २०७६÷०७७ मा अस्पताल बनाउन रु। ५० लाख विनियोजन गरेको जानकारी दिनुभयो । चालू आवमा आवमा यही शीर्षकमा रु।३० लाख बजेट छुट्याइएको थियो । इलामको पहाडी र झापाको समथर भू–भागलाई जोड्ने सुन्दर र सानो गाउँपालिका बुद्धशान्तिमा हाल...

  • २०७६ आषाढ १६, सोमबार

    पवित्र धार्मिक स्थल अमरनाथ यात्रा शुरु

    भारतको जम्मु काश्मिरमा रहेको हिन्दुहरुको पवित्र अमरनाथको दर्शनका लागि सोमबार बिहान पहिलो धार्मिक तिर्थयात्रीको टोली बल्तालबाट त्यसतर्फ प्रस्थान गरेको छ । वर्षमा एक पटक आयोजना गरिने यो तिर्थयात्रा करिब ४६ दिनको हुनेछ । अमरनाथ यात्राका लागि यस पटक पनि कडा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । जम्मु काश्मिरका गभर्नर सत्यपाल मलिकका सल्लाहकार के के शर्माले विधिपूर्वक पूजाआजा गरी तिर्थयात्रीलाई...

  • २०७६ आषाढ १६, सोमबार

    बन्ध्याकरण गर्नै मान्दैनन् पुरुषहरु

    बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीकी २९ वर्षीया नरदेवी सिर्पाली स्थानीय स्वास्थ्य चौकीमा भेटिनुभयो । सन्तानको रहर पुगेपछि एक वर्ष पहिले हातमा लगाएको इम्प्लान्ट निकाल्न उहाँ खुंखानी स्वास्थ्य चौकी पुग्नुभएको हो । एक छोरा र दुई छोरीकी आमा उहाँले परिवार नियोजनको अस्थायी साधनहरु प्रयोग गर्दै आउनुभएको छ । एक वर्ष पहिलेसम्म डिपो सुई लगाउने गर्नुभएकी उहाँले इम्प्लान्टको प्रयोग गरेको एक वर्ष मात्रै...

  • २०७६ आषाढ १६, सोमबार

    ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालन हुने

    सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्ररूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउन लागेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि एक हप्ता पछि सञ्चालन हुने गरी सो एप सञ्चालनमा ल्याउन लागेको हो । सो एपमा पर्यटक प्रहरी रहेको स्थान, पर्यटकले नेपालमा बस्दा गर्न हुने र गर्न...

  • २०७६ आषाढ १६, सोमबार

    एसइई उत्तीर्ण भन्छन्– प्राविधिक क्षेत्रमा जान विज्ञान पढ्छु

    एसइईको नतिजा सार्वजनिक भएसँगै यतिखेर प्राप्त जिपिएका आधारमा विद्यार्थीले कुन विषय पढ्ने भन्ने धारणा बनाउन थालेका छन् । शैक्षिक यात्रामा फलामे ढोकाका रुपमा लिने गरिएको एसइईमा प्राप्त नतिजाले सामान्यतः जो कोहीको भाग्य र भविष्य निर्धारण गर्ने कुरामा दुई मत छैन । यसैको जगमा टेकेर अभिभावकले पनि आफ्ना बालबच्चाको शैक्षिक उन्नयनका लागि गरिने लगानी तय गर्ने गर्दछन् । सरकारले विगतमा कक्षा १० सम्मलाई...

  • २०७६ आषाढ १६, सोमबार

    करेन्ट लागेर एकको मृत्यु

    महोत्तरी जिल्लाको भङ्गहा नगरपालिकामा बिहेमा दुलहा घुमाउनका लागि ल्याइएको रथमाथि राखेको डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको मनरासिस्वा नगरपालिका–४ बस्ने सिधु पण्डितका छोरा १९ वर्षीय सञ्जय पण्डित रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो । गएराति १ बजे भङ्गहा नगरपालिका– २ बस्ने सन्तोष साहकी छोरीको...

  • २०७६ आषाढ १६, सोमबार

    इन्डियन फिल्म एकेडेमी अर्वाड २०१९ नेपालमै हुने (आईफा)

    नेपाल पर्यटन बोर्ड सरकारी तथा निजी संघ सस्था द्धारा इन्डियन फिल्म एकेडेमी अर्वाड २०१९ गर्ने भएको छ । बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागी नेपालले क्यास (रकम) र काइन्ड (वस्तु) गरि दुइ तरिकाबाट सहयोग गर्ने भएको छ । क्यास अन्र्तगत नेपाले ४४ करोड खर्च गर्नेे छ भने काइन्ड सर्पोट तर्फबाट होटेल व्यवस्थापन, जहाज आवतजावत अर्च तथा स्थानीय यातायात खर्च हुने भनिएको छ...

  • २०७६ आषाढ १६, सोमबार

    काठमाडौँको फोहोर उठ्न थाल्यो

    दुई साताभित्र सिसडोलवासीको समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन भएसँगै काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठ्न थालेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले आइतबार साँझ सिसडोलवासीसँग वार्ता गरेर समाधान निकालेको हो । विभिन्न माग राखेर सिसडोलवासीले एक साता अघिदेखि फोहोर फाल्न अवरोध गरेका थिए । सिसडोलवासीले काठमाडौँको फोहोर फाल्ने गरिएको ४२ रोपनी जग्गा सरकारले वा...

Pages