STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ १७, मंगलबार

    माडीवासीलाई रगत निःशुल्क

    माडी नगरपालिकाले त्यहाँका बासिन्दालाई बिरामी पर्दा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने भएको छ । माडी वा अन्य क्षेत्र जहाँ उपचार गरे पनि उनीहरुले रगतमा अनुदान पाउने भएका हुन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले साउन महीनाबाट लागू हुने गरी माडीवासीले नेपालका जुनसुकै स्थानबाट रगत लिनु पर्दा लाग्ने रकम नगरपालिकाले व्यहोर्न लागेको वताउनुभयो । उहाँका अनुसार क्षेत्रीय रक्त रञ्चार केन्द्र...

  • २०७६ आषाढ १७, मंगलबार

    विपद् व्यवस्थापनमा साढे तीन करोड, ११३ गाउँ जोखिममा

    बाँकेका आठवटा स्थानीय तहले विपद् व्यवस्थापनमा रु ३ करोड ५७ लाख ५० हजार रकम विनियोजन गरेका छन् । वर्षायाम शुरु भएसँगै स्थानीय तहहरुले सचेतनासँगै पूर्वतयारीका लागि उक्त रकम विनियोजन गरेका हुन् । बाढीबाट वर्षेनी ठूलो जनधनको क्षति हुने भएकाले स्थानीय तहले बजेट विनियोजन गरी सचेतनामा सक्रियता देखाएका हुन् । विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उल्लेख्य बजेट छुट्याएका स्थानीय तहले नदी तटीय क्षेत्रका...

  • २०७६ आषाढ १७, मंगलबार

    किसान भन्छन्– मानो रोपेर मुरी फलाउने दिन गए

    पर्याप्त मात्रामा सिँचाइ अभाव तथा पानी नपरेका कारण बारा, पर्सा र रौतहटका किसानले हालसम्म धानको बेर्ना राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने समय यसपालि अधुरै रहने चिन्ता व्यक्त गरेका छन् । “अन्नको भण्डारका रुपमा चिनिएका बारा, पर्सा तथा रौतहटका किसानका लागि जीवनरेखा मानिएको गण्डक नहरमा पानी नआउँदा उनीहरुले धानको बेर्नासमेत लगाउन सकिएको छैन”, पर्सा जगरनाथपुरका किसान हरिदेवले भन्नुभयो, “आकाशे पानीको...

  • २०७६ आषाढ १७, मंगलबार

    अधिकार सम्पन्न सुकुम्वासी आयोग गठन हुने ः मन्त्री अर्याल

    सुकुम्वासी तथा अव्यवस्थित जग्गाको समस्या समाधान गर्न सरकारले अधिकार सम्पन्न सुकुम्वासी÷अव्यवस्थित जग्गा समस्या समाधान आयोग गठन गर्ने तयारी गरेको छ । उक्त आयोग विगतको जस्तो समस्या अध्ययन गर्ने र सरकारलाई प्रतिवेदन बुझाउने मात्र नभई जग्गाधनीलाई ठाउँमै पुगेर पूर्जा वितरण गर्ने अधिकार प्राप्त हुने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्याकुमारी अर्यालले बताउनुभयो । पश्चिम नवलपरासीको...

  • २०७६ आषाढ १६, सोमबार

    चिया नबिकेपछि सडकमै पोखे किसानले हरियोपत्ती

    उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५०० किलोग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया पोखेका छन् । किसानले आइतबार साँझ नगरपालिका अगाडि, नयाँ चोक, र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका छन् । यसअघि किसान र उद्योगीले...

  • २०७६ आषाढ १६, सोमबार

    संरक्षण केन्द्रका ४६ गाई मरे

    तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रका ४६ गाई मरेका छन् । बाघको आक्रमण, स्वास्थ्य जाँच र पोषण अभावमा केन्द्रमा रहेका ४६ गाई मरेका हुन् । संरक्षण केन्द्रमा तीन महीनाको अवधिमा ४६ गाई मरेको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसअवधिमा बाघको आक्रमणबाट मात्र २० वटा गाई मरेका छन् । श्रेष्ठका अनुसार दैनिकरुपमा गाई थपिने तर...

  • २०७६ आषाढ १६, सोमबार

    आँखा शिविर सम्पन्न

    जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको आयोजना र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल, सुर्खेतको प्राविधिक सहयोगमा हुम्ला जिल्लाभरि आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ताजाकोटमा कूल चेकजाँच ८४८, शल्यक्रिया ७५ जना र चश्मा १५० जना, श्रीनगरमा कूल चेकजाँच ६४०, शल्यक्रिया ५१ जना र चश्मा १०० जना, सोरुकोट मुगुमा कूल चेकजाँच ५४०, शल्यक्रिया ४१ र चश्मा १५० जना, सर्केगाड हुम्लामा कूल चेकजाँच ४४०,...

  • २०७६ आषाढ १६, सोमबार

    दुर्घटनामा एकको मृत्यु, एक घाइते

    नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल र ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरी रहेका छन् । घाइते हुनेमा सिन्धुली वुलन्जुका ३५ वर्षीय मुरारीप्रसाद बराल रहेका छन् । घाइते बरालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बरालको अवस्था गम्भीर रहेको छ ।...

  • २०७६ आषाढ १६, सोमबार

    एकल महिला आयआर्जन कार्यक्रम सञ्चालन

    नमोबुद्ध नगरपालिकास्थित एकल महिलालाई आयआर्जनका लागि तरकारी तथा फलफूल खेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । नगरका एकल महिला स्वावलम्बन भई घरको आर्थिक अवस्था सबल बनाउने उद्देश्यले आयआर्जन तालीममार्फत स्वावलम्बन बनाइने योजना बनाइएको हो । एकल महिलालाई तरकारी तथा फलफूलमा आत्मनिर्भर गराई छोराछोरीको शिक्षा एवं परिवारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिका कार्यालयको सहयोगमा तालीमको आयोजना गरिएको...

  • २०७६ आषाढ १६, सोमबार

    कृषकलाई हाते ट्र्याक्टर वितरण

    नुवाकोटको विदुर नगरपालिकाले कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । असारे धान दिवसको अवसरमा विदुरमा एक कार्यक्रमको आयोजना गरी विदुर नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रभित्रका कृषक समूह, फार्म र सहकारीलाई २२ वटा हाते ट्र्याक्टर वितरण गरेको विदुर नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ । कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक कृषक एक...

  • २०७६ आषाढ १६, सोमबार

    बजारमा म्याद गुज्रेका र अखाद्य वस्तुको बिक्री

    बजारमा अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ खुलारुपमा बिक्री हुँदै आएको छ । जिल्ला बजार अनुगमन समिति नेतृत्वको संयुक्त टोलीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दोलालघाटमा गरेको बजार अनुगमनको क्रममा यस्तो भेटिएको हो । बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी नेतृत्वको टोलीले गरेको अनुगमनमा पसल सञ्चालकले म्याद गुज्रेका विभिन्न खाद्य सामग्री बिक्री...

  • २०७६ आषाढ १६, सोमबार

    दुर्घटनामा पाँच घाइते तीनको अवस्था गम्भीर

    रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका–६ को पाखागाउँमा गए राति १२ बजे दुर्घटना हुँदा पाँच जना घाइते भएका छन भने तीनको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेका पुथा उत्तरगङ्गा गाउँपालिका–५ हुकामका १८ वर्षीया कोपिला बुढा, सोही ठाउँकी १७ महीनाकी सुहाना मगर, आठबिसकोट नगरपालिका १० रुकुम पश्चिम का २३ वर्षीय सुरेन्द्र वलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी...

Pages