STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ १६, सोमबार

    विषादी प्रयोगले माछा लोप हुँदै

    तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो । घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा उहाँ खाली हात फर्किनुपरेन । दिनमा १० किलोसम्म माछा मारेर बिक्री गर्नुभएका उहाँलाई आजभोलि दिनमा एक÷दुई किलो माछा मार्न पनि मुस्किल छ । साँगेखोलामा माछा मार्न जाल हानिरहेका बेला भेटिनुभएका थापाले आजभोलि खोलामा माछा पाउनै गाह्रो भएको गुनासो गर्नुभयो । थापाले...

  • २०७६ आषाढ १६, सोमबार

    असार २१ वाट निकुञ्जभित्र जिप नचल्ने

    चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जिप नचल्ने भएको छ । पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जिप वर्षात् शुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो । उहाँले बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको हो भन्नुभयो । निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सात वटा जिप...

  • २०७६ आषाढ १६, सोमबार

    पपुवा न्यु गिनीमा ज्वालामुखी विस्फोटका कारण विस्थापित

    पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मरेपले गत हप्ता भएका दुई ओटा ज्वालामुखी विस्फोटमा परेका पीडित परिवारको सहयोगका लागि आह्वान गर्नुभएको छ । माउन्ट उलावुननजिकै भएको यस ज्वालामुखी विस्फोटबाट प्रभावित इलाकाको भ्रमण पश्चात प्रधानमन्त्री जेम्सले सो सहयोगको आवश्कता परेको बताउनु भएको छ । वेस्ट न्यु ब्रिटेन प्रान्तको माउन्ट उलावुनमा गत बुधबार ज्वालामुखी विस्फोट भएपछि त्यस आसपासका १० हजार भन्दा बढी...

  • २०७६ आषाढ १६, सोमबार

    न्यूजील्यान्डमा हलुका प्लास्टिक ब्याग प्रतिबन्धित

    न्यूजील्यान्ड सरकारले एकपटक मात्र प्रयोग गर्न मिल्ने प्लास्टिक ब्याग प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित प्लास्टिक ब्यागको प्रयोग गरेको पाइए कडा सजाय दिइने सरकारले जारी गरेको आदेशमा उल्लेख छ । प्लास्टिकको प्रदूषण विश्वव्यापी चासोको विषय बनेको छ । प्लास्टिकमा अल्झिएर वा प्लास्टिक खाएर बर्सेनि लाखौं चरा र एक लाख भन्दा बढी सामुद्रिक जीव मारिने वा घाइते हुने गरेको अध्ययनहरुले देखाएका छन् ।...

  • २०७६ आषाढ १६, सोमबार

    विमान दुर्घटनामा दशको मृत्यु

    अमेरिकाको टेक्सास राज्यको डल्लासनजिकै आइतबार बिहान सबेरै एक सानो विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । डल्लासको मुख्य शहरबाट २५ किलोमिटर उत्तरमा रहेको विमानस्थलमा सो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार आइतबार बिहान ९ः१० मा भएको यस दुर्घटनामा विमानमा सवार रहेका सबै व्यक्तिको मृत्यु भएको बताइएको छ । अधिकारीहरुले मारिएका व्यक्तिहरुको परिचयलगायत...

  • २०७६ आषाढ १६, सोमबार

    चलचित्र बिकास बोर्डद्वारा चलचित्रकर्मीहरु सम्मानित

    चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सबको अवसर पारेर आज असार १६ गते बोर्डको प्रेक्षालय हलमा १४ चलचित्रकर्मीहरुलाई “चलचित्रकर्मी विशिष्ट योगदान सम्मान–२०७६” सम्मानित गरेको छ भने चार चलचित्र भवनलाई विशिष्ट योगदान सम्मान, विशेष चलचित्रमा छनोट भएका तीन चलचित्र, डिजिटाइजेशन तथा रेस्टोरेशन प्राविधिक समिति र बोर्डका कर्मचारीलाई समेतलाई सम्मानित गरैर्को छ । नेपाली चलचित्र क्षेत्रमा २० देखि ५० को...

  • २०७६ आषाढ १६, सोमबार

    विप्लव समूह र प्रहरी बिच गोली हानाहान

    संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्लाम प्रहरी र विप्लव समूहका कार्यकर्ता हरु बिच दोहोरो गोली हानाहान भएको छ । गस्तीमा रहेका प्रहरी र विप्लव बिच सोमबार विहान भिडन्त भएको जानकारी प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले बताउनु भएको छ । विप्लव समूहको गतिविधि बढेको जानकारी पाए पछि प्रहरी गस्ती हिडेको थियो । त्यहाँ करिब २९ जनाको समूहमा विप्लव कार्यकर्ता रहेको र प्रहरी लाई नै फायरिङ...

  • २०७६ आषाढ १६, सोमबार

    अहिलेकै अवस्थामा निगमलाई पैसा दिन सकिन्न प्रम

    आर्थिकरूपमा कमजोर बनेको निगमको अवस्थालाई उकास्न सरकारलगायत सबै क्षेत्रको सक्रियता हनुपर्छ भन्दै प्रधानमन्त्री ओलीले निगमको आर्थिक सबलीकरणका लागि सरकारले पूर्ण सहयोग गर्ने तर अहिलेकै अवस्थामा पैसा दिन नमिल्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “व्यवस्थापनले सञ्चालनको ठोस योजना ल्याउनुपर्छ, अहिलेकै अवस्थामा चलाउन सकिन्न भने रणनीतिक साझेदार पनि खोजौँ, यथास्थितिमै पैसा दिन सकिन्न, व्यवस्थापन...

  • २०७६ आषाढ १६, सोमबार

    एसिसी इस्टर्न रिजन क्रिकेट मङ्गलबारदेखि

    मलेशियामा मङ्गलबारदेखि शुरु हुने एसिसी १९ वर्षमुनि यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाली युवा टोलीले चीनसँग प्रतिस्पर्धा गर्ने भएको छ । विभिन्न सात राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपालले उपाधि जित्ने लक्ष्यसाथ बुधबार मलेशियाको किनरारा ओभल क्रिकेट मैदानमा चीनसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यसअघि सन् २०१७ मा मलेशियामा नै भएको यस प्रतियोगिताको अघिल्लो...

  • २०७६ आषाढ १६, सोमबार

    ऐतिहासिक महत्वका ढुङ्गेधारा ओझेलमा

    के तपाईंलाई काठमाडौँको सुनधारामा एकनाशले निरन्तर पानी झरिरहेको थाहा छ त्यो पनि एउटा धारामा मात्र होइन, सुनधाराका सबै धारामा त्यतिकै फोर्सबाट पानी झरिरहेको हुन्छ । नेपाल भाषामा लुँहिटी भनिने यो धारामा २४सैँ घण्टा निरन्तर पानी झरिरहने भएकाले काठमाडौँवासी २०३० को दशकसम्म दुवै हातको अञ्जुली थापेर पानी पिउने, नुहाउने तथा लुगा धुने गरिन्थ्यो । हाल आएर यो कुरा उहिलेको कथा जस्तो भइसक्यो । लुँहिटी मात्र...

  • २०७६ आषाढ १६, सोमबार

    काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु

    आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् । टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । शुरुमा आतङ्ककारीले विस्फोटक पदार्थ बोकेको एक...

  • २०७६ आषाढ १६, सोमबार

    चिया किसानद्वारा सूर्योदय नगरपालिका घेराउ

    नगरपालिकासँग आपत्ति जनाउँदै चिया किसानहरुले इलामको सूर्योदय नगरपालिका घेराउ गरेका छन् । उद्योगीहरुले अहिलेको ‘सिजन’मा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएको र नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद गर्न नसक्ने भन्दै चिया फिर्ता गरेपछि किसानहरु आन्दोलनमा उत्रिएर नगरपालिका घेराउ गरेका हुन् । उनीहरुले आज दिउँसोबाट नाराबाजी सहित नगरपालिका घेराउ गरेका हुन् । किसान र उद्योगीको सहमतिमा चिया खरीदबिक्री...

Pages