-
२०८१ श्रावण १, मंगलबार
सिमलताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत
चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ । सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान ९ः३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ । दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ । भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम...
-
२०८१ श्रावण १, मंगलबार
उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको शिष्टाचार भेट
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । उक्त मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार...
-
२०८१ श्रावण १, मंगलबार
नरेनमान महर्जनको “गबलें गबलें र “हारती मां” म्यूजिक भिडियो श्रावण ४ गते कीर्तिपुर सिनेप्लेक्सबाट रिलिज हुने
कीर्तिपुर/कीर्तिपुरका संगीतकर्मी एवं साहित्यकार कवि नरेनमान महर्जनको दुईटा म्यूजिक भिडियो साउन ४ गते कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा सार्वजनिक हुने भएको छ । भक्ति रसद्वारा सजिएको ‘हारती मां’ शीर्षकको भक्ति भजन एवं करुणा रसले सिंगारिएको ‘गबलें गबलें’ बोलको नेपालभाषाको गजल गीतको म्यूजिक सार्वजनिक हुने जानकारी संगीतकर्मी नरेनमान महर्जनले दिनुभएको छ । ने.सं. ११४४ दिल्लाथ्व त्रयोदसी...
-
२०८१ श्रावण १, मंगलबार
बढ्यो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं - नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजलेको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट सोमबार पेट्रोलको मूल्य प्रतिलिटर ४.४८ र डिजेलको मूल्य प्रतिलिटर २.८३ रुपैयाँले बढेर आएको छ । मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर,...
-
२०८१ श्रावण १, मंगलबार
पत्रकार गीता अधिकारीलाई राष्ट्रिय पुरस्कार एवं सम्मान
काठमाडौंमा शनिवार आयोजना भएको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नगद राशीसहित राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अर्पण गर्नुभएको छ । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा उहाँले पुर्याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको...
-
२०८१ आषाढ ३१, सोमबार
सिमलताल पहिरोः बेपत्तामध्ये नवलपुरमा नौवटा शव भेटिए
चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले आज मात्रै जिल्लामा चारवटा शव...
-
२०८१ आषाढ ३१, सोमबार
प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण, २१ सदस्यीय मन्त्रिपरिषद् गठन
काठमाडौँ- एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठनका छन् । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता...
-
२०८१ आषाढ ३१, सोमबार
स्पेन युरो कप २०२४ विजेता
जर्मनीमा जारी युरो कप २०२४ फुटबल प्रतियोगितामा स्पेनले इङ्ल्यान्डलाई २-१ ले हराउँदै विजेता बनेको छ । आइतबार जर्मनीको बर्लीनमा सम्पन्न फाइनलमा स्पेनले इङ्ल्यान्डलाई निर्धारित ९० मिनेटमा २-१ ले हराएको थियोे । मध्यान्तर सकिएको २ मिनेटमै स्पेनका निको विलियम्सको गोलबाट अग्रता लिएका थिए । इंगल्यान्डका कोल पामरले ७३ मिनेटमा बराबरी गोल गरे तापनि स्पेनका मिकेल ओयारजावेलले ८६ अाैं मिनेटमा गोल गरि स्पेनलाई...
-
२०८१ आषाढ ३०, आइतबार
कांग्रेस–एमालेमा भागबन्डामा कसलाई कुन मन्त्रालय ?
काठमाडौँ - नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबन्डा लगभग टुङ्गिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको कुराकानीमा मन्त्रालय भागबन्डा टुङ्ग्याइएको हो । दुवै दलका नेताहरुका अनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेका छन् । जसअनुसार कांग्रेसको भागमा गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,स्वास्थ्य तथा जनसङ्ख्या, सहरी...
-
२०८१ आषाढ ३०, आइतबार
एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि गृहजिल्ला झापावासी हर्षित
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनेपछि गृहजिल्ला झापावासी हर्षित भएका छन् । जिल्लामा विकास निर्माणलगायतका कामले थप गति लिने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै उहाँलाई नेपालको संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित...
-
२०८१ आषाढ ३०, आइतबार
नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी
संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनुभएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने एक राजनीतिज्ञ हुनुुहुन्छ ।प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा...
-
२०८१ आषाढ २८, शुक्रबार
ओली नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर
काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ। शुक्रबार संसद भवनमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूको हस्ताक्षर संकलन गरिएको हो। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि हस्ताक्षर गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आह्वान गरेलगत्तै दाबी पेस गर्ने तयारी रहेको कांग्रेस-एमाले...


