STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ आषाढ २५, मंगलबार

    राजीनामा दिन जम्कट्टेललाई एमालेको आग्रह

    नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरेको छ।  सोमबार प्रदेश सरकारबाट बाहिरिएको एमालेले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएर सहमतिको सरकार निर्माणमा साथ दिन अनुरोध गरेको हो। मंगलबार एमाले संसदीय दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले विज्ञप्ति जारी गर्दै काम चलाऊ...

  • २०८१ आषाढ २५, मंगलबार

    अरनिको राजमार्ग एकतर्फी सञ्चालन

    असार स् पहिरोका कारण १४ घण्टादेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । सोमबार राति ९ बजे राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका ८ स्थित ५० किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । सडक माथिबाट पहिरो खसिरहेकाले रातभर पन्छाउन असहज भएकामा बिहान ७ बजेदेखि दुईवटा मेसिनले आंशिक पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजमार्ग...

  • २०८१ आषाढ २५, मंगलबार

    केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन

    राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले आज निर्माणाधीन  पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो । समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिनुभयो ।...

  • २०८१ आषाढ २५, मंगलबार

    रास्वपाले महामन्त्रीबाट ढकाललाई हटायो

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ । पार्टी केन्द्रीय समितिको आजको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पदबाट उहाँलाई हटाएको हो । उहाँलाई सर्वसम्मतिबाट पदमुक्त गरिएका कार्यवाहक प्रवक्ता मनिष झाले राससलाई बताउनुभयो । उहाँको साधारण सदस्यता मात्र कायम गरिएको छ । पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री...

  • २०८१ आषाढ २५, मंगलबार

    किशोरकुमार–कुमार सानु फ्लेवरिष्ट कीर्तिपुरका गायक सुविन श्रेष्ठ कहाँ छन् ?

    सुविन श्रेष्ठद्वारा संगीतबद्ध “दुनियाँलाई दूर राखौंला” म्यूजिक भिडियो यहाँ क्लीक गरी हेर्नुहोला कीर्तिपुर/हालका चर्चित युवा संगीतकर्मी कालिप्रसाद बाँस्कोटाको संगीत र मानसराजको शब्दमा सजिएको तथा कीर्तिपुरका सुविन श्रेष्ठको मिठो स्वर समागम भएको “सुनचाँदी हिरासंग दाँजेर मायालाई…” गीतको म्यूजिक भिडियो विगतको एक समयमा चर्चित भएको थियो । कीर्तिपुर ९ वडा तगःवपि नयाँबजार निवासी गायक सुविन श्रेष्ठको...

  • २०८१ आषाढ २४, सोमबार

    ३ मापदण्ड पुगे एमालेको मन्त्री ओलीले छान्ने

    काठमाडौँ - कांग्रेस, एमालेसहितको समीकरण अन्तर्गत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणको तयारीसँगै एमालेबाट मन्त्री बन्नेहरूको न्यूनतम तीन वटा आधारसहितको मापदण्ड बनाउने भएको छ । त्यसका लागि एमालेले मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकमा व्यापक छलफल गर्ने एमाले नेताहरूले बताएका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मंगलबार दिउँसो बस्ने सचिवालय बैठकमा मुख्यगरी तीन...

  • २०८१ आषाढ २४, सोमबार

    संसद‍्मा साङ्गीतिक झटारो

    काठमाडौँ- नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ । उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ । एमालेले आफ्ना मन्त्रीहरूको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

  • २०८१ आषाढ २४, सोमबार

    त्रिवि उपकुलपतिलाई भेट्न क्यूआर कोड

    काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत अग्रिम समय लिनु पर्ने भएको छ । त्रिविले सूचना नै जारी गरेर अब उपकुलपति बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत समय लिनु पर्ने जनाएको छ । त्रिविले निकालेको सूचनामा भनिएको छ, ‘विभिन्न शैक्षिक, प्रशासनिक एवम् अनुसन्धान लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति प्रा.डा केशरजंग बराललाई प्रत्यक्ष भेटनुपर्ने...

  • २०८१ आषाढ २४, सोमबार

    ऐतिहासिक धारा पुनःनिर्माण

      ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा (जरुँहिटी) उत्खनन गरेको छ । यसक्रममा महानगरले सो स्थानमा उद्यान निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएको धारालाई पुन निर्माण गरेर सञ्चालनमा समेत ल्याएको छ । महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत रुपमा सो धारा पुनःनिर्माण गरिएको हो । उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिनुभयो...

  • २०८१ आषाढ २४, सोमबार

    बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता

    अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको राससलाई जानकारी दिनुभयो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त अवधिमा बाढीपहिराका नौ सय ६६ घटना घटेका छन् । त्यसमा...

  • २०८१ आषाढ २४, सोमबार

    समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकको पाँचबुँदे सुझाव

      नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताउनुभएको बैठकपछि समितिका सभापति सूर्यबहादुर थापाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । गभर्नर अधिकारीले तीन...

  • २०८१ आषाढ २४, सोमबार

    घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता

      कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो । राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको...

Pages