-
२०८१ आषाढ २८, शुक्रबार
ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्न देउवाले बुझाए हस्ताक्षर
काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न हस्ताक्षर बुझाएका छन् । शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको ओलीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेस–एमालेको बैठकले प्रधानमन्त्रीको दाबीका लागि पत्र तयार पारेको हो । कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने...
-
२०८१ आषाढ २८, शुक्रबार
ढल्यो प्रचण्ड नेतृत्वको सरकार
काठमाडौँ - प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै शुक्रबार प्रचण्ड नेतृत्वको सरकार ढलेको हो । असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् । तर, चार पटक विश्वासको मत पाउन सफल प्रधानमन्त्री यो पटक असफल बनेसँगै १८ महिना...
-
२०८१ आषाढ २७, बिहिबार
मनोरञ्जन क्षेत्रमा यौन हिंसा र शोषण
मनोरञ्जनका क्षेत्रमा आबद्ध युवायुवती यौन शोषण, बाध्यात्मक श्रम र हिंसा व्यहोर्न बाध्य भएका प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको मानब बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने १९ जनालाई पक्राउ गरेको छ । काठमाडौँका विभिन्न स्थानमा सञ्चालित डान्सबार, रेष्टुरेन्ट तथा गेष्टहाउसमा वेश्यावृत्तिमा लगाउने आठ पुरुष र ११ महिलालाई पक्राउ...
-
२०८१ आषाढ २७, बिहिबार
सहकारीले बचतकर्ताको रकम फिर्ता दिएपछि मुद्दा मिलापत्र
बचतकर्ताको रकम घोटला प्रकरणमा परेको जिल्लास्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको मुद्दा मिलापत्र भएको छ । सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्ताको रकम फिर्ता दिएपछि बचतकर्ता (जाहेरवाला) र सञ्चालक समिति (प्रतिवादी)बीच बुधबार जिल्ला अदालत कार्यालयमा मिलापत्र भएको हो । सञ्चालक समितिले बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ जनालाई अदालतमा बचत रकम फिर्ता दिएको अदालतका श्रेस्तेदार सीताराम खड्काले...
-
२०८१ आषाढ २७, बिहिबार
भद्रकाली मन्दिरका सत्तल पुनःनिर्माण गरिँदै
राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनःनिर्माण गर्न लागिएको हो । सत्तलको दक्षिणी भागको एउटा भवनबाट पुनःनिर्माण सुरु गर्ने गरी आज काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गर्नुभयो । तीन वर्षमा रु ३४ करोड ७० लाखको लागतमा निर्माण...
-
२०८१ आषाढ २६, बुधबार
विश्वासको मत लिन रणनीति बनाउँदै प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि सत्ता साझेदार दलहरूसँग झलफल गरेका छन्। प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग छलफल गरेका हुन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुअघि आगामी रणनीति तय गर्न उनीहरूसँग छलफल गरेका हुन्। उनीहरूबीच...
-
२०८१ आषाढ २६, बुधबार
सहकारी र पासपोर्ट प्रकरणमा रवि लामिछानेमाथि छानबिन गरिनुपर्छ : मुकुल ढकाल
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालले सभापति रवि लामिछानेमाथि स्वतन्त्र छानबिन गर्न माग गरेका छन्। सर्वोच्च अदालतले समेत सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन हुनुपर्ने आदेश सुनाएको भन्दै महामन्त्री ढकालले पार्टीले पनि स्वतन्त्र छानबिन गर्नुपर्ने बताए। 'सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ भन्ने कुरामा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा...
-
२०८१ आषाढ २६, बुधबार
वैदिक ध्यान एवं महर्षि योगासनको अभ्यास कार्यक्रममा कलाकारहरुको सक्रिय सहभागिता
नेपाल चलचित्र कलाकार संघ तथा नेपाल महर्षि वैदिक फाउण्डेसनको संयुक्त आयोजनामा दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा वैदिक गतिविधि ध्यान एवं महर्षि योगासनको अभ्यास कार्यक्रम भव्य रुपमा आयोजना गरिएको छ । मंगलवार बिहानदेखि आयोजित उक्त कार्यक्रममा करिब ७० जना चलचित्रकर्मीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा फाउण्डेसनको दैनिक रुद्राभिषेक कार्यक्रममा समेत कलाकारहरुको सहभागिता रहेको...
-
२०८१ आषाढ २६, बुधबार
इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण
चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका...
-
२०८१ आषाढ २६, बुधबार
ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प
तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
-
२०८१ आषाढ २६, बुधबार
प्रभु बैँक लि.र होटल हिमालय बिच विशेष छुट सम्झौता
प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालय सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालय को तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखक द्वारा हस्ताक्षर गरियो । सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले...
-
२०८१ आषाढ २५, मंगलबार
काठमाडौं महानगरको नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। मंगलबार बसेको नगर सभाको बैठकले गामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो। नीति तथा कार्यक्रमसँगै महानगरको बजेट पनि सर्वसम्मत पारित भएको छ। वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै नीति तथा कार्यक्रम र बजेट पारित भएको हो।


