-
२०८१ आषाढ २३, आइतबार
विपद् जोखिम बढ्यो, एक महिनामा ६२ को मृत्यु
मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक...
-
२०८१ आषाढ २३, आइतबार
प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबीच तर्कवितर्क
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच सरकारमा सहभागी ठुलो दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिनुपर्ने वा संविधानको व्यवस्थाअअनुसार तीस दिनभित्र विश्वासको मत लिनुपर्ने भन्नेमा तर्कवितर्क भएको छ । बैठकमा विपक्षी बेञ्चमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरुले वर्तमान सरकार अल्पमतमा...
-
२०८१ आषाढ २२, शनिबार
सञ्जिता तामाङ मिस ब्युटीफुल र विजया अधिकारी मिसेस ब्युटीफुल
मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४ को ग्राण्ड फिनाले असार २० गते राष्ट्रिय नाचघर जमल काठमाडौैैमा सम्पन्न भएको छ । दक्ष ईन्टरनेशनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिस ब्युटीफुल नेपाल’ को नवौं संस्करण र ‘मिसेस ब्युटीफुल नेपाल’ को आठौं संस्करण सम्पन्न भएको छ । सो प्रतियोगितामा सञ्जिता तामाङले मिस ब्युटीफुल र विजया अधिकारीले मिसेस ब्युटीफुलको उपाघी जितेका हुन । यस्तैगरी...
-
२०८१ आषाढ २२, शनिबार
राजेन्द्र सुवेदी स्मृति पुरस्कार श्रेष्ठ र थापालाई
वरिष्ठ समालोचक तथा वाङ्मयविद् राजेन्द्र सुवेदी को स्मृतिमा स्थापित राजेन्द्र सुवेदी स्मृति केन्द्रको तत्वावधानमा राजेन्द्र सुवेदी स्मृति पुरस्कार प्रदान गरिने भएको छ । यो पुरस्कार यस वर्ष प्रथम पटक वरिष्ठ समालोचक दयाराम श्रेष्ठ र राजेन्द्र सुवेदी कला पुरस्कार वरिष्ठ नृत्यविद् भैरवबहादुर थापालाई दिने निर्णय भएको छ । राजेन्द्र सुवेदी स्मृति केन्द्रका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा...
-
२०८१ आषाढ २२, शनिबार
काठमाडौं उपत्यकामा भारी वर्षा, देशभर विभिन्न सडक अवरुद्घ
काठमाडौं - काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको हो । कीर्तिपुरमा १०७.२ मिलिमिटर वर्षा भइसकेको छ । नैकापमा १०३.४ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कपनमा ६२.२ मिलिमिटर वर्षा भएको छ । टीकाथलीमा ८३.४, बबरमहलमा ७५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा लेलेमा १३८ मिलिमिटर वर्षा भइसकेको छ । काठमाडौंमा...
-
२०८१ आषाढ २२, शनिबार
हनुमन्ते खोलाले आफ्नो क्षेत्र ओगटेपछि बस्ती पस्यो
भक्तपुर - लगातारको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलाले आफ्नो क्षेत्र लिएपछि बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ । भारी वर्षाका कारण हरेक वर्ष...
-
२०८१ आषाढ २२, शनिबार
वाग्मती नदी टेकु दोभानसम्म उर्लियो
काठमाडौँ - काठमाडौँको टेकु दोभान डुबानमा परेको छ । अविरल वर्षासँगै नदी उर्लिएर आएपछि बाढी आवास क्षेत्रमा प्रवेश गरेको हो । शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौँ उपत्यका भएर बग्ने नदी र खोलामा बाढी आएको छ । बाढीका कारण उपत्यकाका धेरै क्षेत्रहरू डुबानमा परेका छन् ।
-
२०८१ आषाढ २०, बिहिबार
सुदूरपश्चिम र लुम्बिनी सरकारबाट बाहिरियो एमाले
काठमाडौं - सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। सुदूरपश्चिममा एमालेका तर्फबाट प्रदेश सरकारका सहभागी मन्त्रीहरुले बिहीबार बेलुकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर राजीनामा बुझाएका हुन्। यद्यपि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनका लागि काठमाडौंमै रहेका बेला उनको सचिवालयमा मन्त्रीहरुले...
-
२०८१ आषाढ २०, बिहिबार
रास्वपा तरंगित बनाउने मुकुल ढकाल प्रतिवेदन
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाल आफ्नो प्रतिवेदनका कारण पार्टीबाट निलम्बित हुनुपर्यो। उनले गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला पुगेर 'समीक्षा यात्रा- फोक्सुन्डो' प्रतिवेदन तयार पारेका थिए। उक्त प्रतिवेदनमा उनले नेतृत्वमाथि चर्को आलोचना गरेका छन्। सभापति रवि लामिछानेलगायत नेतृत्वको आलोचना गरेकै कारण आफू ह्यारेसमेन्टसम्म हुनुपरेको महामन्त्री मुकुलको भनाइ छ...
-
२०८१ आषाढ २०, बिहिबार
गृहमन्त्री लामिछानेको राजीनामाबारे दुई न्यायाधीशको फरक मत
काडमाडौं - गृहमन्त्री रवि लामिछानेको मुद्दामा दुई न्यायाधीशको राय बाझिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको फरक-फरक राय आएपछि अन्तिम सुनुवाई हुन नसकेको हो। न्यायाधीश मल्लले सहकारी ठगीजस्तो मुद्दामा पीडितको न्यायको हक, कानुनको सर्वोच्चता, मानव अधिकारको मूल्य मान्यता र दण्डहीनताको अवस्थाप्रति अदालत सधैं गम्भिर रहेको उल्लेख गर्दै आफ्ना मातहतका अनुसन्धान गर्ने...
-
२०८१ आषाढ २०, बिहिबार
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ - राजीनामा दिँदैन, ३० दिनभित्र विश्वासको मत लिने
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। प्रधानमन्त्रीको ब्रिफिङ सुनाउँदै उनले भनिन्, 'सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन। संवैधानिक प्रावधानअनुसार...
-
२०८१ आषाढ २०, बिहिबार
कलाकार संघको अमेरिका च्याप्टर गठन
नेपाल चलचित्र उद्योग र पेशाकर्मीको संरक्षण,सम्र्बद्धनमा अगाडि बढिरहेको नेपालको चलचित्रसंग सम्बन्धित पहिलो वर्गीय संगठनको रुपमा रहेको नेपाल चलचित्र कलाकार संघको अमेरिका च्याप्टर २०८१ आषाढ २० गतेका दिन गठन गरिएको छ । संघका अध्यक्ष मोहन निरौला ,निवर्तमान अध्यक्ष रविन्द्र खड्काका साथै पदाधिकारीहरु र सदस्यहरुको उपस्थितिमा सो अमेरिका च्याप्टरका गठन गरिएको हो । संघको विधानको परिच्छेद ९ दफा ४ अनुसार...


