STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ २६, आइतबार

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा निर्वाचित

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित हुनुभएको छ । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित हुनुभएको हो । अध्यक्ष राणाले ३३३ मत प्राप्त गर्नुभएको थियो भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गर्नुभएको थियो । यस्तै, उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भवीश्वर...

  • २०७६ जेठ २६, आइतबार

    स्वास्थ्य संस्थामा जीवनजलको पनि अभाव

    जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजलसमेतको अभाव रहेको छ । गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो । स्थानीय विन बुढाका अनुसार अहिले सुक्खा मौसममा झाडापखालाको सिजन छ, तर स्वास्थ्यचौकीमा जीवनजलसमेत नहुँदा समस्या भएको छ । उहाँले भन्नुभयोे, “स्वास्थ्यचौकीमा बिरामी औषधि लिनका लागि आउने गरे पनि पाउने गरेका छैनन् । स्वास्थ्यचौकीमा न त औषधि पाइन्छ न त...

  • २०७६ जेठ २६, आइतबार

    ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु, १४ घाइते

    बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे१त ५७५२ नंको ट्र्याक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको शनिबार मृत्यु भएको छ । उनको नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो । गुलरिया–९ डिब्बा भन्ने गाउँमा भएको दुर्घटनामा १४ घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताउनुभयो । घाइतेमध्ये गुलरिया–८ कै १५ वर्षीया नीलम...

  • २०७६ जेठ २६, आइतबार

    कलाकार सङ्घमा खड्का

    नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय हुनुभएको छ । शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी हुनुभएको छ । कोषाध्यक्षमा सुनिल कटवाल...

  • २०७६ जेठ २६, आइतबार

    ‘फेवा मानुषी’ लोकार्पण

    साहित्यकार तथा कवि ठाकुरप्रसाद त्रिपाठीको तेस्रो कृति ‘फेवा मानुषी’को शनिबार यहाँ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । ‘दीपशिखा साहित्य सङ्गम’ कास्कीद्वारा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले फेवा मानुषी खण्डकाव्यको लोकार्पण गर्नुभयो । खण्डकाव्यमा पर्यटकीय नगरी पोखराको मुख्य आकर्षण फेवाताललाई ब्रम्हाकी छोरी तथा एक महिलाका रुपमा चित्रित गर्दै मानवीय अतिक्रमणसँगै दिनानुदिन यसको...

  • २०७६ जेठ २६, आइतबार

    विप्लब समूहका १८ नेता कार्यकर्ता पक्राउ

    कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता÷कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत...

  • २०७६ जेठ २६, आइतबार

    जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु,आठ बिमारी

    पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा खाँदा दुईको मृत्यु र आठ बिरामी परेका छन् । चितवनस्थित पुरानो मेडिकल कलेजमा...

  • २०७६ जेठ २६, आइतबार

    स्थानीय सरकारद्वारा मोटरेवल पुल निर्माण

    गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको छ । बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण गरेको हो । पुल निर्माण सम्पन्नसँगै शनिबार नगरप्रमुख गुमानसिंह अर्यालले बेसीँशहरको झ्याङखोलामा रहेको पुलको उद्घाटन गर्दै अब नगरपालिका पक्की...

  • २०७६ जेठ २६, आइतबार

    विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ  राष्ट्रपति

    राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिनुभएको छ...

  • २०७६ जेठ २६, आइतबार

    वन उपभोक्ता समूहका सम्पूर्ण काम रोक्न निर्देशन

    पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले समूहका सम्पूर्ण काम कारवाही रोक्का गर्न निर्देशन दिएको छ ।   समूहकै पदाधिकारीले अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको उजुरीको आधारमा सुनवलस्थित मूलपानी सामुदायिक वन उपभोक्ता समूहलाई वन कार्यालयले अर्को आदेश नभएसम्मका लागि कुनै पनि काम कारवाही नगर्न...

  • २०७६ जेठ २६, आइतबार

    प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीले सोमाबार जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने...

  • २०७६ जेठ २६, आइतबार

    सभा भवन अलपत्र

    सभा सम्मेलन हुँदै आएको जिल्लाकै गहनाको रूपमा रहेको धुञ्चेस्थित सभा भवन अहिले अलपत्र परेको छ ।विसं २०७२ को भूकम्पले सामान्य क्षति बनाएको उक्त भवन मर्मत र संरक्षण नगरिँदा अहिले छानाको जस्ता तथा काठपातसमेत हराउँदै गएको र भित्री भागमा पानी चुहिन थालेको स्थानीय बासिन्दाले बताए । उक्त भवनमा पालेको व्यवस्था नहुँदा छानामा बालबालिकाले ढुङ्गा हानेर भरिदिएका छन् । रसुवामा मोटर बाटो निर्माण हुनुपूर्व सभा÷...

Pages