STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ २६, आइतबार

    विद्युत्का संरचनामा रु ७५ लाखभन्दा बढीको क्षति

    हावाहुरीका कारण कञ्चनपुरमा रहेका विद्युत्का संरचनामा व्यापक क्षति पुगेको छ ।  हावाहुरीका कारण विद्युत्का संरचनामा रु ७५ लाखभन्दा बढी क्षति भएको नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ ।  हावाहुरीले विद्युत् प्रशारण लाइनका पोल ढालेको, टुटेको, तार चुडालेको र ट्रान्सफर्मर पोलसँगै खस्दा क्षति भएको केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले बताउनुभयो । उहाँका अनुसार हावाहुरीका कारण...

  • २०७६ जेठ २६, आइतबार

    मन्त्रीहरुद्वारा सरसफाइ

    विश्व वातावरण दिवस २०१९ को अवसर पारेर ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवास परिसरको सरसफाइ गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आज बिहान मन्त्रीनिवास परिसर क्षेत्रको सरसफाइ गरिएको हो । पुल्चोकदेखि शुरु भएको सरसफाइ मन्त्री निवास पुगेर समापन भएको थियो । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेतृत्व गर्नुभएको सरसफाइ कार्यक्रममा...

  • २०७६ जेठ २६, आइतबार

    भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिँदै

    बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ ।नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो ।भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले सामान्यतया विमानस्थल निर्माण भएको सातदेखि १० वर्षभित्र कालोपत्र गरिनुथ्र्यो भन्नुभयोे । प्रधिकरणले देशभरकै विमानस्थललाई...

  • २०७६ जेठ २६, आइतबार

    हेटौँडामा थप स्वास्थ्य केन्द्र बन्दै

    हेटौँडा उपमहानगरपालिकाले नगरका सबै क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन थप छ वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता भएकाले यसलाई विशेष जोड दिँदै स्वास्थ्य केन्द्र निर्माण गर्न लागेको हो । उपमहानगरले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले हाल सञ्चालन भइरहेका स्वास्थ्य संस्थालाई पनि थप सुविधा सम्पन्न बनाउने र नगरका...

  • २०७६ जेठ २६, आइतबार

    सिन्धुपाल्चोकमा झाडापखलाको महामारी

    सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो  । विरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अस्पतालको एउटै शय्यामा तीनजनासम्म विरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिनुभयो...

  • २०७६ जेठ २६, आइतबार

    संयोजक नआउदा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तनहुँको व्यास नगरपालिकामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन सकेको छैन ।  सरकारले रोजगार सेवा केन्द्रका प्रमुख नतोकिदा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन नसकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुरु गरेको सो कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले रोजगार सेवा केन्द्रका प्रमुख तोकिनुपर्ने व्यवस्था छ । केन्द्र प्रमुख नतोकिदिँदा व्यास...

  • २०७६ जेठ २६, आइतबार

    हवाई दुर्घटनामा दुई जनाको मृत्यु

    संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले बताएको छ । विमानमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्जिनमा...

  • २०७६ जेठ २६, आइतबार

    पश्चिम बंगालमा चुनावी असर बाँकी, चार कार्यकर्ताको हत्या

    भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी त्रिणमुल कङ्ग्रेस पार्टीका एक जना गरी चार जना मारिएका हुन् । पश्चिम बङ्गालमा भएको सो घटनामा परी अरु १८ जना घाइते पनि भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । भाजपाका स्थानीय नेता मुकुल रोयले ट्वीट गर्दै सन्देशखालीमा आफ्ना तीन...

  • २०७६ जेठ २६, आइतबार

    अफगानिस्तानको फराहमा भिडन्त

    अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकूहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् । प्रवक्ता मोहिबुल्लाह मोहिबका अनुसार शनिबार राति अनार डारा जिल्लाको जियारात अबगर्म गाउँमा गरिएको सेनाको कारबाहीमा ती लडाकू मारिएका हुन् । सैनिक कारबाहीमा अरु पाँच जना लडाकू घाइते भएका छन् । सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा सोधिएको एक प्रश्नमा प्रवक्ता मोहिबले...

  • २०७६ जेठ २६, आइतबार

    बगरफाँट बस्ती संरक्षण आयोजना शुरु

    म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना शुरु भएको छ ।  रूपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको रु ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करीब दुई किलोमिटर क्षेत्रमा ग्याविन जाली भरेर तटबन्ध गर्न लागिएको हो । सङ्घीय सांसद भुपेन्द्रबहादुर थापाको पहलमा रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले बगरफाँटको बस्ती...

  • २०७६ जेठ २६, आइतबार

    शान्ति सुरक्षा अभियान प्रारम्भ

    कर्णाली प्रदेशमा आपराधिक तथा महिला हिंसाका घटना नियन्त्रणका लागि शान्ति सुरक्षा अभियान सञ्चालन गरिएको छ । यहाँको मुख्य समस्याको रुपमा रहेको महिला हिंसा, लागुऔषध तथा सडक दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको हो ।    आन्तरिक मामिला तथा कानून मन्त्रालयको शान्ति सुरक्षा अभियान अन्तर्गत सञ्चालित महिला हिंसा र लागूऔषध दुव्र्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रम तथा सडक सुरक्षा...

  • २०७६ जेठ २६, आइतबार

    बाँकेमा सङ्घीय सरकारको तीन अर्ब बजेट

    सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०७६ ७७ मा बाँकेका आठ स्थानीय तहका लागि रु दुई अर्ब ९० करोड ११ लाख विनियोजन गरेको छ । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ रु एक अर्ब ३२ करोड २३ लाख र सःशर्त अनुदानतर्फ रु एक अर्ब ५७ करोड ८८ लाख विनियोजन गरेको हो । सङ्घीय सरकारले बाँकेका स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट नेपालगञ्ज उपमहानगरपालिकालाई विनियोजन गरेको छ । उपमहानगरपालिकाले रु ६९ करोड ५६ लाख सङ्घीय...

Pages