-
२०७६ जेठ २७, सोमबार
पूर्वी नाकामा गौतमबुद्धको मूर्ति बन्ने
नेपालको पूर्वी सिमाना काँकडभिट्टाको प्रवेशद्वारमा गौतम बुद्धको मूर्ति स्थापना गरिने भएको छ । मितेरी पुल निर्माणसँगै पुलकै छेउमा झर्नासहित नमस्ते मुद्रामा गौतमबुद्धको मूर्ति निर्माण गरिने भएको हो । मेचीनगर नगरपालिका र प्रदेश नं– १ को सरकारको संयुक्त लगानीमा पूर्वी प्रवेशद्वारमा उक्त मूर्ति स्थापनाका लागि तयारी गरिएको नगर उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । पूर्वी नाकाबाट दैनिक सयौं पर्यटक नेपाल...
-
२०७६ जेठ २७, सोमबार
बजेटको प्रभावकारी कार्यान्वयनमा शङ्का छः सांसद
राष्ट्रियसभाका सदस्यले बजेट जनमुखी भए पनि प्रभावकारी कार्यान्वयनमा चुनौती हुने शङ्का व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६÷०७७ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथि सामान्य छलफलमा भाग लिँदै सांसद खिमलाल भट्टराईले बजेटले गरीब किसान र मजदूरलगायत सबै समुदायलाई समान रुपमा समावेश गरेकाले बजेट उत्कृष्ट आएको टिप्पणी गर्नुभयो । सांसद सरिता प्रसाईंले सरकारले हचुवाका...
-
२०७६ जेठ २७, सोमबार
नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने
नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महीनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७...
-
२०७६ जेठ २७, सोमबार
सुत्केरी भत्ता नपाएको गुनासो
बझाङका सुत्केरीले ११ महीनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहनबापतको भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले साउनदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका हुन् । राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माएबापत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रतिमहिला रु तीन हजार ८०० दिँदै आइरहेको भए पनि जिल्ला अस्पताल बझाङले भने साउनदेखि सुत्केरीलाई भत्ता नदिएको पाइएको छ । तल्कोट...
-
२०७६ जेठ २७, सोमबार
विपद् व्यवस्थापनमा सहकार्य र ऐक्यबद्धता आवश्यक– गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न दक्षिण एशियाली मुलुकबीच आपसी सहकार्य र ऐक्यबद्धता आवश्यक भएको बताउनुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एशियाली सम्मेलन’को उद्घाटनका क्रममा उहाँले यो समस्या कुनै स्थानीय तह वा एउटा देशको मात्र...
-
२०७६ जेठ २७, सोमबार
गुठी विधेयक संविधानको अनुकूल छः मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा विधेयक बारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले भन्नुभयो, “गुठी विधेयक संविधानको प्रतिकूल होइन, अनुकूल नै छ, शङ्का नगरौँ, अझै राम्रो कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल गर्न सकिन्छ ।” मन्त्री...
-
२०७६ जेठ २७, सोमबार
जलथलको जैविक विविधताको संरक्षण गरिने
जैविक विविधताले भरिपूर्ण झापाको जलथलस्थित सामुदायिक वनमा वन मिचाह प्रजातिले रैथाने वनस्पतिको विस्थापन शुरु गरेको छ । भद्रपुर नगरपालिका, बाह्रदशी, केचनकवल र हल्दिबारी गाउँपालिकाभित्र रहेका २२ वटा सामुदायिक वन जैविक विविधताले महत्वपूर्ण देखिन्छ । यहाँ पहाडमा मात्र पाइने कटुस, चिलाउनेलगायत तराईमा पाइने विभिन्न प्रजातिका वनस्पति पाइन्छन् । ती वस्नपतिको प्याङ्ग्री लहरा, आलुपाते, लज्जावती, सत्यनाशी,...
-
२०७६ जेठ २६, आइतबार
प्रधानमन्त्री दोहामा
प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुकहरुको भ्रमणको लागि स्वीट्जरल्याण्डको जेनेभा जाने क्रममा कतारको राजधानी दोहा पुग्नुभएको छ । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई त्यहाँको नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरुले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्य हुनुहुन्छ । प्रधानमन्त्री ओली जेनेभामा हुने...
-
२०७६ जेठ २६, आइतबार
हावाहुरीले विद्यालयको छाना उडायो, २ लाख ५० हजारको क्षति
शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीले छाना उडाउदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिनुभयो । टिनको छाना उडाउँदा भित्र रहेका २६ बोरा सिमेन्ट,...
-
२०७६ जेठ २६, आइतबार
सामान ढुवानीसम्बन्धी नयाँ प्रणालीका विषयमा छलफल
राजश्व अनुसन्धान विभागले शनिबार यहाँका व्यवसायीसँग सामान ढुवानी गर्दा प्रयोगमा ल्याउन लागिएको नयाँ प्रविधिका बारेमा छलफल गरेको छ । उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको कार्यक्रममा यही साउनबाट अनिवार्यरूपमा लागू गर्न लागिएको वेवमा आधारित भेइकल एण्ड कन्जिङ्म्यान्ट ट्रयाकिङ सिस्टमका सम्बन्धमा छलफल गरिएको हो । सो अवसरमा दिइएको जानकारीअनुसार यस पद्धति सामान ढुवानी गर्दा प्रयोग गरिनेछ । एक...
-
२०७६ जेठ २६, आइतबार
सरकारले विकासको प्राथमिकता छुट्याउन सकेन नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताउनुभएको छ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको एक महीने कार्यक्रमको शनिबार दमौलीमा समापन गर्दै वरिष्ठ नेता पौडेलले सरकार कुहिरोको कागजस्तै भएको आरोप लगाउनुभयो । विकास र समृद्धिको मेरुदण्ड लोकतन्त्र र सुशासन भएकोमा जोड दिँदै नेता पौडेलले अहिले देशलाई...
-
२०७६ जेठ २६, आइतबार
दुर्गम तुम्बेवामा बिजुली बलेपछि स्थानीयमा खुशीयाली
घर र पसलमा झलमल्ल बिजुली बलेपछि पाँचथरको तुम्बेवा गाउँपालिका–३ का खेमबहादुर खत्री खुशीले गदगद् हुनुहुन्छ । तुम्बेवा–३ मौवा बजारमा पसल गर्ने खत्रीमा बिजुलीको उज्यालोसँगै आफ्नो क्षेत्रका समस्या समाधान हुने विश्वास पलाउन थालेको छ । “खानेपानीका लागि यो विद्युत् अनिवार्य थियो । अब पानी पनि आउने भयो”, खत्रीले भन्नुभयो, “बसाइँ सर्ने र विदेश जानेको क्रम पनि घट्ला ।” पाँचथरको दुर्गम मानिएको तुम्बेवा...


