STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ आषाढ १८, मंगलबार

    गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा आज अन्तिम बहस

    काठमाडौँ - गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज अन्तिम बहस हुँदैछ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा पेशी रहेको मुद्दामा असार ७ गते बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। मंगलबार लामिछानेका तर्फबाट बहस हुनेछ। । त्यसपछि नपुगेको जवाफी...

  • २०८१ आषाढ १६, आइतबार

    पेट्रोलमा दुई र डिजेल–मट्टितेलमा पाँच रुपैयाँ बढ्यो

    काठमाडौं— नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल–मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो। नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ।  हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

  • २०८१ आषाढ १६, आइतबार

    एसईईको मौका परीक्षा साउन २३ गतेदेखि

    काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि ९पुरक० अर्थात् मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० को आज बसेको बैठकले साउन २३ देखि ३१ गतेसम्म मौका परीक्षा गर्ने निर्णय गरेको हो।   त्यस्तै त्यसको तालिका भने भोलि सार्वजनिक गर्ने बोर्डले जनाएको छ।  बिहीबार आएको एसईईको नतिजा अनुसार दुई विषयमा मात्रै नन ग्रेडिङ ९एनजी०...

  • २०८१ आषाढ १६, आइतबार

    राजन राज सिवाकोटीको नेवाः फ्युजन गीतको भिडियो सार्वजनिक

    नेपालको गीत संगीत क्षेत्रका लोकप्रिय संगीतकर्मि राजन राज शिवाकोटीको रचना र संगीतका साथसाथै   नेपालभाषा संगीत क्षेत्रका लोकप्रिय गायिका  रत्नशोभा महर्जन संगको युगल गायनमा " यःमरि च्वामु ” बोलको गीतको म्युजिक भिडियो  शुक्रबार एक समारोहका बीच सार्वजनिक गरिएको छ ।  नेपाली भाय र नेपालभाषा मिसाएर फ्युजनको रुपमा तयार गरिएको यस गीतका रचनाकार राजन राज शिवाकोटी हुनुहुन्छ भने साहित्यकार रजनीमिलाले यसको...

  • २०८१ आषाढ १५, शनिबार

    बागलुङ पहिरो : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते

      बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी...

  • २०८१ आषाढ १५, शनिबार

    ‘पुष्पलालको जन्मशताब्दी र नेपाली कम्युनिष्ट आन्दोलन’

    नेपालको कम्युनिष्ट आन्दोलनका आरम्भकर्ता पुष्पलालको जन्म १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा भएको थियो । शहीद गङ्गालालको भाइ पुष्पलाल, परिवारको माइलो छोरो हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रमाथि ‘कू’ गरेपछि भारत निर्वासित हुनु भएको थियो । निर्वासनकै क्रममा उहाँ गम्भीर रूपमा बिरामी हुनुभयो । उपचारकै क्रममा २०३५ साउन ७ गते...

  • २०८१ आषाढ १५, शनिबार

    खेतीयोग्य जमिन नासिँदै

    असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ । केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँको चटारोमा रहेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो । गत आइतबारसम्ममा आठ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा एक हप्तामै झण्डै दोब्बर क्षेत्रफलमा रोपाइँ भएको...

  • २०८१ आषाढ १५, शनिबार

    मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

    राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ ।राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७।७ प्रतिशत छन् । यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९।३ प्रतिशत र १० वर्ष उमेर मुनि विवाह गराइने ०।२ प्रतिशतसहित यो सङ्ख्या ३७।२ प्रतिशत हुन्छ ।अठार र २० वर्ष उमेरबीच विवाह गर्ने ३९।५...

  • २०८१ आषाढ १५, शनिबार

    ललितपुरको नक्खुखोलामा पक्की पुल निर्माण

      ललितपुर महानगरले आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने नक्खु खोलामा सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण गरेको छ । पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै निर्धारित समयभन्दा पाँच महिनाअघि नै समाप्त भएको बताउनुभयो ।...

  • २०८१ आषाढ १३, बिहिबार

    एसईई नतिजा सार्वजनिक, ५२ प्रतिशत फेल

    काठमाडौँ - एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना...

  • २०८१ आषाढ १२, बुधबार

    कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते

    कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–.३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका– १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार डगौराको खेतमा आलि बनाउने क्रममा चट्याङ लागि घाइते भई उपचारका क्रममा महापार्वती क्लिनिकमा मृत्यु भएको हो भने चौधरीको खेतमा...

  • २०८१ आषाढ १२, बुधबार

    सही कर्म गरी जीवन सार्थक तुल्याउःराजदिदी

    भारतकी प्रसिद्ध नारीरत्न राजेश्वरी मोदी (राजदिदी) ले जीवन र त्यससँग सम्बन्धित अध्यात्मिक पक्षका बारेमा उजागर गर्नुभएको छ । नारायण रेकी सत्सङ्ग परिवार मुम्बईको भ्रातृ संस्थाका रूपमा स्थापित नारायण रेकी सत्सङ्ग परिवार काठमाडौँको आयोजनामा भएको ‘जिन्दगीभर सुखी रहने मन्त्र’ विषयक कार्यक्रममा उहाँले मानिसले आफ्नो जिन्दगीमा उसले गरेको कर्मको फल भोग्ने हुँदा सही कर्म गर्नुपर्ने कुरा औँल्याउनुभयो ।...

Pages