-
२०८१ आषाढ १९, बुधबार
एमालेका मन्त्रीले बुझाए राजीनामा, प्रचण्ड सरकार अल्पमतमा
काठमाडौँ - नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् । एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा...
-
२०८१ आषाढ १९, बुधबार
लोकप्रियताको शिखर चढ्दै नील शाक्यको संगीतमा कुमार सानुको हिन्दी गीत
नेपालभाषाको पहिलो म्युजिक भिडियो " लुमंका च्वना छन्त जिं ” गायक तथा सपना श्रीको स्वर रहेको सर्वकालिक लोकप्रिय नेपालभाषाको गीत "स्वयेगु मन जुल रे ” का गीतकार नील शाक्यलाई नेपालभाषाको गीतसंगीतको क्षेत्रमा सर्वकालिक सांगितिक प्रतिभाको रुपमा लिइन्छ भने उनले पाएका र संगीत सृजना गरेका गीतहरु संधै लोकप्रिय नै हुने गरेका छन् । उनै संगीतकर्मि नील शाक्यको संगीत रहेको "शिद्दत” शीर्षकको एउटा हिन्दी गीत हालै...
-
२०८१ आषाढ १९, बुधबार
सिल्भरलाईन अस्पतालले कलाकारलाई सहुलियत दरमा उपचार गर्ने
नेपाल चलचित्र कलाकार संघ र बालाजुस्थित सिल्भरलाईन हस्पिटल बीच स्वास्थ्य सहुलियतमा भारी छुट दिने कुराको घोषणा गरेको छ । सोही घोषणा अनुरुप कलाकार संघ र अस्पताल बीच बुधबार सम्झौता भएको छ । कलाकार संघका अध्यक्ष मोहन निरौला र सिल्भरलाईन हस्पिटलका प्रबन्धक डाक्टर अभिषेक राज सिंह बीच सम्झौता पत्रमा हस्तक्षर भएको हो । बुधवार हस्पिटलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दुबै पक्ष बीच हस्ताक्षर गरिएको हो...
-
२०८१ आषाढ १८, मंगलबार
भारतमा सत्संगको क्रममा भागदौड हुँदा १ सयजना भन्दा बढीको मृत्यु
उत्तर प्रदेश - उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघेको छ । उत्तर प्रदेश प्रहरीको आगरा जोनको एडीजी कार्यालयले यसको पुष्टि गरेको हो । एडीजी कार्यालयका अनुसार धेरै ठाउँमा शव लगिएको छ, त्यसैले मृत्युको यकिन सङ्ख्या पछि थाहा हुनेछ। यसअघि हातरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले हातरस दुर्घटनामा करिब ६० जनाको मृत्यु भएको र १८ जना घाइते भएको जानकारी दिएका थिए...
-
२०८१ आषाढ १८, मंगलबार
बढ्यो नुनको मूल्य
काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको मूल्य बढाएको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको मूल्य बढाउने निर्णय गरेको हो। निर्धारण गरिएको थोक बिक्री मूल्य अनुसार आयो नुन प्रतिकिलो २३ रुपैयाँ र न्यू शक्ति नुन प्रतिकिलो १७ रुपैयाँ कायम गरिएको छ। उपभोक्ताका लागि आयो नुन प्रति किलो २६ रुपैयाँ, न्यू शक्ति नुन प्रतिकिलो २० रुपैयाँ र भानु नुन ९ रुपैयाँ कायम गरिएको छ। यसअघि आयो नुनको...
-
२०८१ आषाढ १८, मंगलबार
ओली सरकारमा सहभागी हुन सबै दललाई एमालेको आह्वान
काठमाडौं - नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सांसदमा रहेका सबै दलहरूलाई आह्वान गरेको छ। पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहभागी हुन आह्वान गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए। त्यस्तै एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भोलि (बुधबार)सम्म राजीनामा गरेर मार्ग प्रशस्त गर्न आह्वान गरेको छ।...
-
२०८१ आषाढ १८, मंगलबार
एमालेले मन्त्रीहरू तत्काल फिर्ता नबोलाउने
काठमाडौँ - नेकपा एमालेले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो । बैठकपछि बोल्दै एमाले पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्री तत्काल फिर्ता नबोलाउने जानकारी दिएका हुन् । उनले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुसँग छलफल नगरी प्रमुख...
-
२०८१ आषाढ १८, मंगलबार
राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह
काठमाडौँ - नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको हो । कांग्रेस र एमालेबिचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र समृद्धिका...
-
२०८१ आषाढ १८, मंगलबार
प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मतको लिने
काठमाडौँ - नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । बैठकपछि सचिव देवेन्द्र पौडेलले भने, ‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।' अहिले सरकारलाई...
-
२०८१ आषाढ १८, मंगलबार
रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए । ‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन ।...
-
२०८१ आषाढ १८, मंगलबार
सत्ता समीकरणबारे एमाले, रास्वपा र कांग्रेसको सचिवालय बैठक बस्दै
काठमाडौं - सत्ता समीकरणबारे छलफल गर्न आज एमालेले सचिवालय बैठक, नेपाली कांग्रेसले पदाधिकारी बैठक र रास्वपाले सचिवालय बैठक बोलाएका छन् । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बस्ने छ । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो । नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा...
-
२०८१ आषाढ १८, मंगलबार
एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति
काठमाडौं - संसदमा चार पटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेको छन्। सोमबार मध्यरात एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो। संसदका प्रमुख दुई दलका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति पत्रमा हस्ताक्षर भएसँगै प्रचण्ड सरकार संकटमा परेको हो। स्रोतका अनुसार एमालेले...


