-
२०८१ आषाढ १२, बुधबार
नारायणगढ –मुग्लिन सडक अवरुद्ध
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उहाँले राससलाई बताउनुभयो ।
-
२०८१ आषाढ १२, बुधबार
लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा आज गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उहाँले लागुऔषधको ओसारपसार र आपूर्तिकर्तालाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिनुभयो । सीमित साधन स्रोतबीच सुरक्षा निकायले...
-
२०८१ आषाढ १२, बुधबार
देशभर मनसुनी वायुको प्रभाव
देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा ४७।२, झापाको अनारमनीमा १२७।४, उदयपुरको सुन्दरपुरमा ११८।८, सिन्धुपाल्चोकको ढुंगेमा ९६।८, संखुवासभाको तुर्केघाटमा ९४...
-
२०८१ आषाढ १०, सोमबार
नगरसभामा लफडामा कुर्सी तोडफोड
काठमाडौं- बाराको जीतपुरसिमरा उपमहानगरपालिको नगरसभा बैठकमा झडप भएको छ। सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नका लागि बैठक बोलाइएको थियो। तर नेकपा कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा) लगायत दलबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि झडपको स्थिती सिर्जना भएको हो। आज बिहानैदेखि एमाले, कांग्रेस र लोसपा निकट वडाध्यक्षहरुले अवरोध गर्ने तयारी गरिरहेका थिए। नगरसभा हलमा जीतपुर...
-
२०८१ आषाढ १०, सोमबार
बालेनप्रति नगरसभा सदस्यहरूद्वारा कटाक्ष
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति नगरसभा सदस्यहरुले कटाक्ष गरेका छन्। महानगरको जारी १५औँ नगरसभा अन्तर्गत सोमबारको बैठकमा नगरसभा सदस्य (कार्यपालिका सदस्य)हरुले कटाक्ष गरेका हुन्। नगरसभा सदस्य अनिता कार्की ढोलीले मेयर बालेनले केही समय अघि सिंहदरबार जलाउँछु भनेको विषयलाई लिएर आक्रोश व्यक्त गरिन्। उनले आफ्नो व्यक्तिगत रिसइबीले सिंहदरबार जलाउँछु भन्दा सरकारले...
-
२०८१ आषाढ १०, सोमबार
ढुङ्गेधारा छ, पानी छैन
भक्तपुरको लोकन्थलीकी राजमाया हेक्कालाई ढुङ्गेधारामा कलकल बगेको पानी अँजुलीमा थापेर खाएको सम्झँदा अहिले सपनाजस्तै लाग्छ । उमेरले ७५ नाघेकी राजमाया भन्नुहुन्छ, “धारामा चौबिसै घण्टा सफा पानी आउँथ्यो । धारामै थापेर पिउँथ्यौँ । अहिले त त्यस्ता ढुङ्गेधारा नै छैनन्, भएकामा पनि पानी झर्दैन । त्यसैले यो विगत सम्झँदा अहिलेको पुस्ताले त एकादेशको कथा जस्तै भन्न थालिसकेको छ ।” त्यसो त पहिला पहिला अहिलेजस्तो...
-
२०८१ आषाढ ९, आइतबार
राजदूत बन्न सुशील प्याकुरेलले गरे अस्वीकार
काठमाडौं - दक्षिण कोरियाका लागि राजदूत पदमा सिफारिस भएका मानवअधिकारकर्मी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् । उनले आइतबार एक विज्ञप्ति जारी गर्दै सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा पत्र दर्ता गराइसकेको जानकारी गराएका छन् । ‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि...
-
२०८१ आषाढ ९, आइतबार
कामु मुख्य सचिवको जिम्मेवारीमा लीलादेवी गडतौला
काठमाडौं- विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा. बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन्। अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरू मध्ये उनी वरिष्ठ हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको...
-
२०८१ आषाढ ९, आइतबार
इन्द्रावतीमा लिच्छविकालीन अभिलेख भेटियो
सिन्धुपाल्चोक - जिल्लाको इन्द्रावती गाउँपालिका–१० महादेवटारमा लिच्छवि लिपियुक्त संवत् ४४२ (विसं ५७७) को अभिलेखसहितको शिवलिङ्ग भेटिएको छ । आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरिपीठमा छ पङ्क्तिको प्राचीन लिच्छवि लिपियुक्त अक्षर भेटिएको जनाइएको छ । गाउँपालिकाले पालिकामा रहेका प्राचीन पुरातात्विक एवं ऐतिहासिक सम्पदाको खोज एवं अभलेखीकरण गर्न हिमवत्खण्ड मिडिया प्रालिमार्फत विज्ञ...
-
२०८१ आषाढ ९, आइतबार
पनौतीमा ज्या पुन्हि जात्रा मनाइयो
काभ्रेपलाञ्चोक - जिल्लाको ऐतिहासिक नगर पनौतीमा देवताबीच यौनिकता प्रदर्शन गरी तीन दिनदेखि मनाइएको हिलेजात्रा (ज्या पुन्हि) सकिएको छ । जात्राको अन्तिम दिन शनिबार दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा यौन क्रियाकलाप दर्शाउन दुई रथलाई एकआपसमा जुधाइएको थियो । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिइन्छ । साँझ चझ र चिराग पूजा गरेपछि जात्रा...
-
२०८१ आषाढ ९, आइतबार
नदी सफाइ गर्दै काठमाडौँ महानगर
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन् । सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । उक्त समूहले अन्य नदीमाभन्दा इच्छुमतीमा बढी फोहर...
-
२०८१ आषाढ ९, आइतबार
हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
मकवानपुर - करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो । उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल जारी राखेकाले सिमेन्टको उत्पादन...


