-
२०७६ जेठ १७, शुक्रबार
हटेन खानेपानीको सङ्कट
डडेल्धुरामा एउटा यस्तो गाउँ छ जहाँ हरेक घरमा नीलो रंगको ‘जर्किन’ राखिएको हुन्छ । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं १ अन्र्तगत पर्ने कोटेलीको सुनकोट गाउँवासी हरेकले आफ्नो घरमा एउटा भए पनि नीलो रंगको जर्किन राखेका छन् । उनीहरुले त्यो जर्किन भारतबाट किनेर ल्याएका हुन् । सुनकोट गाउँमा दलित समुदाय बस्ने गर्दछन् । हरेक दिन दिउँसोतिर बस्तीका महिला नीलो जर्किन बोकेर गाउँमाथि रहेको खानेपानी ट्याङ्कीमा...
-
२०७६ जेठ १७, शुक्रबार
लाजले उपचार गराउँदैनन् पाठेघर खसेका महिला
समाजिक लोकलाज तथा गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ पाठेघर खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका छन् । समाजिक लोकलाजका कारण उनीहरु उपचार गराउन खुलेर अस्पताल आउन सकिरहेका छैनन् । जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्न थालेको जिल्ला अस्पताल डोटीका डा भुषण...
-
२०७६ जेठ १७, शुक्रबार
परदेशी छोराछोरी सम्झदै।
“छैनन् भनम् छन् छोराछोरी, फर्किनन् घर बाबुआमा नमरी छोरो अमेरिका छ, छोरी जापानतिर छ तिनले त बिर्से बाबुआमा, हाम्लाई तिनकै पीर छ ।” गायक शिरिष देवकोटा र गायिका सम्झना भण्डारीको स्वरमा यी गीतका हरफ सुन्नेबित्तिकै विदेशिएका छोराछोरी सम्झेर नभक्कानिने बाबुआमा कमै होलान् । उच्च र मध्यम वर्गीय परिवारका धेरै छोराछोरी पढ्न र कामका सिलसिलामा अमेरिका, बेलायत, जापान, अष्ट्रेलियालगातका देशमा जाने गरेका छन्...
-
२०७६ जेठ १७, शुक्रबार
१७० आमालाई कुखुरा
आमा र बच्चाको स्वस्थ्यका लागि जिल्लाको चौरजहारी नगरपालिकाका १७० आमालाई कुखुरा वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण योजना र नगरपालिकाको साझेदारीमा नगरका चार वडाका १७० सुनौला हजार दिनका आमाहरुलाई पोथी कुखुरा प्रदान गरिएको हो । आमा र बच्चाको पोषणका लागि वडा नं १, २, ३ र ८ का ती आमालाई पोषणको व्यवस्थाका लागि छ हप्ताका कुखुरा वितरण गरिएको बहुक्षेत्रीय पोषण योजनाका पोषण सहजकर्ता ज्ञानु गौतमले जानकारी...
-
२०७६ जेठ १७, शुक्रबार
गाडी खरीदमा रु साढे तीन करोड खर्च
दाङको तुलसीपुर उपमहानगरपालिकाले गाडी खरीदमा रु साढे तीन करोड खर्च गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि रु तीन करोड ४५ लाख ३५ हजार ७९६ मूल्य बराबरका गाडी खरीद गरिएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वर्षको यो अवधिमा २९ वटा गाडी खरीद गरिएको छ । खरीद गरिएको २९ वटा गाडीमध्ये पाँच वटा गाडी विकास निर्माणका लागि प्रयोग गरिएको छ भने अन्य...
-
२०७६ जेठ १७, शुक्रबार
सुत्केरीलाई भत्ता
तुलसीपुर उपमहानगरपालिकाले हालसम्म दुई हजार ७२६ जनालाई सुत्केरी भत्ता वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले २०७४ असोजदेखि सुत्केरी मत्ता वितरण शुरु गरेको थियो । जसबाट हालसम्म करीब ८४ लाख बजेट प्रयोग भएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । सुरक्षित मातृत्वका लागि सुत्केरी भत्ता वितरण गरिएको प्रमुख पाण्डेले बताउनुभयो । यस्तै चालू आवमा ११५ किशोरीलाई आत्मरक्षा तालीम दिइएको...
-
२०७६ जेठ १६, बिहिबार
‘जीवनमा पीडा भए पनि बोल्न पाउने व्यवस्था आउनु उपलब्धि’
जनआन्दोलनका शहीद तथा घाइतेले आफूहरुको जीवनमा पीडा भए पनि जनताले निर्धक्कका साथ बोल्न पाउने व्यवस्था आउनु उपलब्धि भएको बताएका छन् । देशमा गणतन्त्र स्थापना भएको १२ वर्ष पुग्दासमेत जनआन्दोलनका शहीद, घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा परिर्वतन आउन नसके पनि गणतन्त्रका लागि नारा लगाएर सडकमा उत्रिएको कारणबाटै जनताको छोराछोरी राष्ट्रपति हुने शासन व्यवस्था स्थापना भएको र जनताले आफूलाई लागेको कुरा...
-
२०७६ जेठ १६, बिहिबार
कृषकलाई अनुदान वितरण
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले विपन्न तथा बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ । कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले वडाभित्रका विपन्न बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरिएको हो । पचास कृषकलाई जनही रु २० हजारदेखि रु एक लाखसम्म अनुदान वितरण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अगुवा किसान तीलबहादुर गुरुङ र मीनबहादुर गुरुङलाई जनही रु एक÷एक लाख अनुदान वितरण...
-
२०७६ जेठ १६, बिहिबार
तीन विद्यालय समायोजना गर्दै तीन बस सञ्चालन
बर्दियाको मधुवन नगरपालिका–४ ढोढरीमा रहेको नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले तीन स्कूल समायोजना गर्दै ती विद्यालयका विद्यार्थीको सहजताका लागि तीन स्कूलबस सञ्चालनमा ल्याएको छ । किसान प्राथमिक विद्यालय माचढ, दीपेन्द्र प्राथमिक विद्यालय र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ढोढरीलाई नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले आपूmमा समायोजना गरेको हो । वरपरका विद्यार्थी सङ्ख्या न्यून भएका...
-
२०७६ जेठ १६, बिहिबार
पाइप खरीदपछि अलमलमा खानेपानी आयोजना
राप्ती खानेपानी आयोजनाका लागि पाइप खरीद भएको डेढ वर्ष बिते पनि अहिलेसम्म उक्त आयोजनाको काम अघि बढ्न सकेको छैन । नेपाल खानेपानी संस्थान नेपालगञ्जले राप्ती नदीबाट पिउने पानी ल्याउन आर्थिक वर्ष २०७३÷७४ को अन्त्यतिर पाइप खरीद गर्न बोलपत्र आह्वान गरेको थियो । पाइप खरीद गरेको लामो समय बित्दासमेत उक्त आयोजनाको काम अगाडि नबढेको नेपाल खानेपानी संस्थान, नेपालगञ्जका प्रमुख इञ्जिनीयर आशिष कार्कीले बताउनुभयो...
-
२०७६ जेठ १६, बिहिबार
लागुऔषध खैरो हिरोइनसहित तीन पक्राउ
पूर्वी चितवनको रत्ननगरमा लागुऔषध खैरो हिरोइन सेवन गरेकै अवस्थामा तीन पक्राउ परेका छन् । बुधबार राति रत्ननगर नगरपालिका–७ स्थित बाघमारबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायले जानकारी दिनुभयो । कार्यालयबाट खटिएको टोलीले दुई दशमलव ७४ ग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक आर्चायले बताउनुभयो । पक्राउ पर्नेमा रत्ननगर–४...
-
२०७६ जेठ १६, बिहिबार
पाल्पा दरबार सङ्ग्रहालय उद्घाटन
ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनमा आएको छ । सङ्ग्रहालय सञ्चालनको करीब चार वर्षपछि उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा प्रदेश नं ५ का सदस्य तुलाराम घर्तीले पाल्पा दरबार सङ्ग्रहालय प्रदेशस्तरीय सङ्ग्रहालय रहेकाले सरकारको सहयोग रहने बताउनुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्याल, सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ का सचिव कृष्णप्रसाद ज्ञवाली, पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष...


