STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १६, बिहिबार

    राजधानीमा फोहर व्यवस्थापन गर्न प्राधिकरणको सोच ल्याइँदै

    खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले उपत्यकामा फोहरको व्यवस्थापन गर्न अधिकारसम्पन्न प्राधिकरण नै स्थापना गर्ने गरी सोच अघि सारिएको बताउनुभएको छ । वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानका अभियानकर्मीसँग खानेपानी मन्त्रालयमा भएको छलफलमा उहाँले राजधानी शहरमा फोहर व्यवस्थापन चुनौती बनिरहेको बताउनुभयो । प्रदूषणबाट सभ्यताको स्रोत नदी संरक्षण गर्न अप्ठ्यारो भइरहेका बेला नागरिकस्तरबाट वाग्मतीलगायत...

  • २०७६ जेठ १६, बिहिबार

    पुख्र्यौली पेशाबाट कमाइ

    बढैयाताल गाउँपालिका–८ शीतला बजारका ५७ वर्षीय राजेन्द्र सुनारले पुख्र्यौली पेशाबाट मनग्य कमाई गर्दै आउनुभएको छ । आरन चलाएर किसानको दैनिक काममा आवश्यक पर्ने फलामको यन्त्र हतियार, सामान बनाउने र मर्मत गर्ने उनको पुस्तौँदेखि गर्दै आएको पेशा हो । यसै पेशाबाट उहाँले दैनिक रु एक हजारसम्म कमाउने गरेको बताउनुभयो । उहाँको मासिक कमाई औसत रु २० हजारभन्दा माथि हुने गरेको छ । कमाइबाट श्रीमती, छोरा, छोरी, नाति...

  • २०७६ जेठ १६, बिहिबार

    विषादी प्रयोग गरी पकाइएको आँप बजारमा

    आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् ।  भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु सिरहा...

  • २०७६ जेठ १६, बिहिबार

    लागुपदार्थ दुव्र्यसन र ओसारपसार रोक्न साझा पहलकदमी आवश्यक

    लागुपदार्थ दुव्र्यसन र यसको ओसारपसारसँगै जोडिएर घरेलु हिंसा र यौनजन्य अपराध हुने गरेको निष्कर्ष महोत्तरीको बर्दिवासमा निकालिएको छ । नेपाल प्रहरी श्रीमती सङ्घ तथा आसरा सुधार केन्द्र रानीबारी काठमाडौँको आयोजनामा बुधबार बर्दिवासमा सम्पन्न लागुऔषध, घरेलु हिंसा र यौनजन्य हिंसाका कारण र त्यसको न्यूनीकरणका उपायबारे भएको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका...

  • २०७६ जेठ १६, बिहिबार

    प्रहरीलाई घुस दिन खोज्ने कार्की अख्तियारको नियन्त्रणमा

    अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । आयोगको टोलीले महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घुस रकम दिन खोज्ने झापाका अभिषेक कार्कीलाई बुधबार साँझ पक्राउ गरेको हो । कालिकोटका थुनुवा नवीन शाही ठकुरीलाई भेट्न जाँदा उनका भाइ पुजन बम ठकुरीले चाउचाउको खोलभित्र लागुऔषध ल्याएको भेट्टाएपछि प्रहरीले बमलाई पक्राउ गरेपछि कार्कीले...

  • २०७६ जेठ १६, बिहिबार

    रङ्गशालाको बार भत्काउने मुख्य योजनाकार पक्राउ

    जिल्ला प्रहरी कार्यालय चितवनले क्रिकेट रङ्गशाला निर्माणस्थलमा लगाइएको अस्थायी बार भत्काउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । निर्माणाधीन अवस्थामा रहेको रङ्गशालाको अस्थायी बार भत्काउने योजनाकार भन्दै प्रहरीले स्थानीयवासी प्रकाश कँडेललाई पक्राउ गरेको हो । कँडेललाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।...

  • २०७६ जेठ १६, बिहिबार

    वन्यजन्तुको मुद्दाका कैदीबन्दीले पाएनन् आममाफी

    गणतन्त्र दिवसका अवसरमा वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिनबाट रोकिएको छ । फौजदारी कसुर सजाय तथा कार्यान्वयन ऐनले अन्य मुद्दामा झैँ बन्देज नलगाएको भए पनि सिफारिस गरिएका त्यस्ता कैदीबन्दीलाई आममाफी नदिइएको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीका अनुसार देशभरका कारागारबाट वन्यजन्तुसँग सम्बन्धित ८० को नाम सिफारिस गरिएको भए पनि यस मुद्दाका कसैले पनि आममाफी नपाएका हुन्...

  • २०७६ जेठ १६, बिहिबार

    दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी

    दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा एक स्थायी शिक्षकलाई पाधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ । पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयमा एक दलित शिक्षकलाई हाजिर नगराउँदा स्थानीयवासीले सो विद्यालयमा मङ्गलबारदेखि तालाबन्दी गरिदिएका हुन् । सो विद्यालयमा गणित विषयतर्फ आयोग लडेर आएका नयाँ शिक्षक दिनेश दासलाई दलित भनेर...

  • २०७६ जेठ १६, बिहिबार

    आगो निभाउन जाँदा एक महिलाको मृत्यु

    जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५÷३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो । गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला उहाँ आगोमा परी जल्नुभएको थियो । आगोले जलेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । डोटीमा...

  • २०७६ जेठ १६, बिहिबार

    यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा सात पक्राउ

    यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ । बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो । पक्राउ परेका सातै जनालाई आज जिल्ला अदालत झापामा म्याद थप गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको...

  • २०७६ जेठ १६, बिहिबार

    रङ्गशाला भत्काउनेलाई कारवाही हुनुपर्छ ः मन्त्री लामा

    प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई कारवाही गरिनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रममा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले पवित्र उद्देश्यसहित निर्माण प्रारम्भ भएको रङ्गशाला भत्काउने व्यक्ति सच्चा देशभक्त हुन नसक्ने धारणा राख्नुभयो । चितवनको घटनापछि धुर्मुस–सुन्तली फाउन्डेशनका...

  • २०७६ जेठ १६, बिहिबार

    अनुसन्धानको क्रममा डुङ्गा मालिक पक्राउ

    चीनको दक्षिणपश्चिम प्रान्त गुइयाङमा गत मे २३ मा भएको एक डुङ्गा दुर्घटनाको छानबिनको क्रमका डुङ्गा मालिकलाई बिहीबार पक्राउ गरिएको छ । सो डुङ्गा दुर्घटनाको परी १३ व्यक्तिको मृत्यु भएको थियो । यस घटनाको प्रहरीले गरेको छानबिनको क्रममा मेङ युकाई नामक यी डुङ्गा मालिकले आफैले डुङ्गा चलाएका प्रमाणित भएको छ । झेनफेग काउन्टीको बेइपान नदीमा २९ व्यक्ति सवार रहेको सो डुङ्गा दुर्घटना भएको थियो । मेङ एक कृषक...

Pages