STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १७, शुक्रबार

    नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता

    प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आज अपराह्न भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नाका साथै आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श गर्नुभएको भारतको बाह्य मामिला मन्त्रालयका प्रवक्ताले...

  • २०७६ जेठ १७, शुक्रबार

    अपर्याप्त बजेटले निःशुल्क र अनिवार्य शिक्षामा चुनौती

    शिक्षा क्षेत्रमा कतिपय प्रगतिशील कार्यक्रम समावेश भएपनि लगानीको अपर्याप्तताले निःशुल्क र अनिवार्य शिक्षाको कार्यान्वयनमा चुनौती देखिएको छ ।  शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजित हुनुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई नेपाल सरकारले पूरा नगरेको भनी शिक्षाका जानकार, शिक्षक समुदाय र नागरिक क्षेत्रबाट टिप्पणी छ । अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार कूल बजेटको कम्तीमा २० प्रतिशत वा...

  • २०७६ जेठ १७, शुक्रबार

    मिडिया ल्याब बनाइने

    भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसले आमसञ्चार तथा पत्रकारिता विषयको अध्ययनलाई गुणस्तरीय बनाउन रेडियो र टेलिभिजनको आधुनिक प्रयोगशाला निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । क्याम्पस प्रमुख मणिराज महतोका अनुसार प्रदेश नं ३ सरकारको सहयोगमा प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण खरीद गर्न बोलपत्र आह्वान गरिएको छ । क्याम्पसले रु २४ लाख नौ हजार मूल्य बराबरका उपकरण खरीदका लागि बोलपत्र आह्वान गरेको...

  • २०७६ जेठ १७, शुक्रबार

    चौरजहारी पूर्ण खोप सुनिश्चित नगरपालिका

    चौरजहारी नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । नगरपालिकाभित्रका १२ देखि २३ महीनासम्मका सबै बालबालिकाले एक वर्षको उमेरभित्र पाउनुपर्ने सबै खोप पाएपछि नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।  नगरप्रमुख विशाल शर्माले नगरलाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गर्नुभयो । नगरका १४ वडामा रहेका ४५२ जना बालबालिकाको सर्वेक्षण गर्दा उनीहरु सबैले पाउनुपर्ने सबै खोपको मात्रा पाएको भेटिएको नगर...

  • २०७६ जेठ १७, शुक्रबार

    दी आर्ट अफ लिभिङको युवा सम्मेलन

    दी आर्ट अफ लिभिङको आयोजनामा ‘युथ इन एक्सन’ परियोजनाअन्तर्गत तीनदिने युवा सम्मेलन पोखरामा शुरु भएको छ । आध्यात्मिकतासँग सांस्कृतिक, सामाजिक र आर्थिक विषयमा युवाहरुलाई सहजीकरण गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनमा १८ देखि ३५ वर्ष उमेर समूहका एक हजारभन्दा बढी युवाको सहभागिता रहेको कार्यक्रम संयोजक सौमाया गुरुङ भट्टराईले जानकारी दिनुभयो । बिहानी, दिवा र सन्ध्या तीन चरणमा गरिने कार्यक्रमअन्तर्गत दी...

  • २०७६ जेठ १७, शुक्रबार

    परासीमा अत्याधुनिक शवगृह बन्दै

    पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अत्याधुनिक  सुविधासम्पन्न शवगृहको निर्माण कार्य शुरु भएको छ । परासीस्थित जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रहेको पुरानो शवगृहलाई विस्थापित गरी अत्याधुनिक सुविधासम्पन्न शवगृहको निर्माण शुरु गरिएको हो ।  पुरानो शवगृह बजारको नजिक तथा मुख्य सडक छेउमै हुँदा दुर्गन्ध फैलिएको र अन्यत्र सार्न स्थानीयले माग गरेको विषयमा गत फागुन २९ गते राससमा समाचार प्रकाशित भएपछि त्यस...

  • २०७६ जेठ १७, शुक्रबार

    बालिका खजुमलाई सहयोग गर्न कोष खडा

    दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको पालनपोषणमा सहयोग जुटाउन अभियान थालिएको छ । पाँचथर घर भई काठमाडौँमा बस्दै आएका महिला अगुवाहरुको सक्रियतामा रु १० लाखको कोष रहने गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको अभियानकी संयोजक कान्ता रिजालले बताउनुभयो । यसका लागि महिला अधिकारका क्षेत्रमा क्रियाशील रिजालको संयोजकत्वमा तथा...

  • २०७६ जेठ १७, शुक्रबार

    राष्ट्रिय काष्ठकला कार्यशाला सम्पन्न

    ‘पार्कलाई कलाले सजाऔँ, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔँ’ भन्ने मूल नाराका साथ एक हप्तादेखि देवदहमा सञ्चालित राष्ट्रिय काष्ठकला कार्यशाला बिहीबार सम्पन्न भएको छ ।  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँ र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदहको संयुक्त आयोजनामा सञ्चालित काष्ठकलाले बुद्ध मावलीको गरिमा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा अझै बढाएको समापन समारोहमा प्रदेश नं ५ का सामाजिक विकासमन्त्री...

  • २०७६ जेठ १७, शुक्रबार

    मेक्सिकाली राष्ट्रपतिको अमेरिकासँग वार्ताको प्रस्ताव

    अमेरिका र मेक्सिको सीमा क्षेत्रमा जारी रहेका आप्रवासी मुद्दाको समाधानको लागि मेक्सिकाली राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज ओब्राडोरले बिहीबार संयुक्तराज्य अमेरिकासँग वार्ताको प्रस्ताव राख्नु भएको छ । यस सामाजिक समस्यालाई कर र बलपूर्वक रोक्ने उपायबाट समाधान नहुने लोपेजले डोनाल्ड ट्रम्पलाई पठाउनु भएको एक पत्रमा बताउनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत अमेरिका र मेक्सिकोको...

  • २०७६ जेठ १७, शुक्रबार

    पाँच प्रहरी अधिकृत पुरस्कृत

    नेपाल प्रहरीले राम्रो काम गर्ने पाँच प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ । प्रहरी प्रधान कार्यालयले विभागीय नीति निर्देशनलाई आत्मसात् गरी निर्दिष्ट जिम्मेवारी तदारुकता साथ पालना गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने पाँच प्रहरी अधिकृतलाई बिहीबार जनही रु दुई हजार ५०० नगदसहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङ, दानबहादुर कार्की, मुकुन्द मरासिनी, प्रहरी नायब...

  • २०७६ जेठ १७, शुक्रबार

    भेटियो २५० वर्ष पुरानो दमाहा

    म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २५० वर्ष पुरानो ऐतिहासिक दमाहा भेटिएको छ ।  पुरण्यका इन्द्रबहादुर दर्जी साइलो को घरमा उक्त दमाहा भेटिएको हो । पुला क्षेत्रमा शताब्दीयौँ पहिलाका बाजा रहेको भन्ने जानकारी पाएपछि ती बाजाको खोज अनुसन्धान गर्ने क्रममा स्थानीय बुद्धिजीवी तथा शिक्षक शिव बानियाँले खोजी गर्दै जाँदा इन्द्रबहादुर दर्जीको घरमा सो दमाहा भेटिएको हो । “मैले यस क्षेत्रमा...

  • २०७६ जेठ १७, शुक्रबार

    राजश्व सङ्कलन

    पोखरा महानगरपालिका–१७ ले ११ महीनाको अवधिमा दुई करोड ३० लाख ५८ हजार ६२२ राजश्व सङ्कलन गरेको छ ।महानगरका ३३ वडामध्ये उक्त वडाले पहिलो पटक २०७५ साल साउन ९ गतेदेखि विभिन्न शीर्षकमा राजश्व सङ्कलन गरेको हो । घर नक्सा दस्तुर र अन्य सिफारिशबाट रू एक करोड ७१ लाख ६८ हजार २४५, र भूमि करबाट रू ५८ लाख ९० हजार प्राप्त भएको वडाध्यक्ष तीर्थ अधिकारीले यहाँ आयोजित कार्यक्रममा जानकारी दिनुभयो । स्थानीय तहको...

Pages