STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १६, बिहिबार

    घान्द्रुकमा एक्सटेन्सन काउन्टर

    कास्कीको पर्यटकीयस्थल घान्द्रुकमा पोखरा फाइनान्स लिमिटेडले आजदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  पदयात्रा पर्यटन एवं हिमाली दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा परेको घान्द्रुकमा पर्यटक, स्थानीयवासी एवं पर्यटन व्यवसायीलाई लक्षित गरी काउन्टर सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो ।   हालसम्म १९ वटा शाखा सञ्चालनमा ल्याएको संस्थाको निक्षेप सङ्कलन पाँच अर्ब ९५...

  • २०७६ जेठ १६, बिहिबार

    प्रहरीको कार्यशैली बदल्नु आवश्यक ः मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुदलीय व्यवस्थामा सबैभन्दा बढी राजनीतिकीकरण भएको नेपाल प्रहरीको कार्यशैलीमा परिवर्तत गरिनुपर्नेमा जोड दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयको हाताभित्र निर्मित व्यायामशाला आज उद्घाटन गर्दै उहाँले सम्पूर्ण पुरानो संरचना भत्काएर सङ्घीय शासन प्रणालीसहित नयाँ व्यवस्था, संरचनामा संस्थालाई ल्याउनाका साथै प्रहरीको कार्यशैलीमा सुधार हुनुपर्ने उहाँको भनाइ...

  • २०७६ जेठ १६, बिहिबार

    मिथिलाका लोकप्रिय नाच लोप हुने अवस्थामा

    मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको दुई दर्जनभन्दा बढी परम्परागत लोक नाच अहिले लोप हुने अवस्थामा पुगेका छन् ।   साताँै तथा आठौँ शताब्दीदेखि प्रचलनमा रहेका ऐतिहासिक राजा भरथरी, मैना गोविना, कारी माहाराज, नेका बनिजार, राजा नल, मृतकाली, राजा विकटमारी, शैलेन कुमार, गुगली घटमा, रुनाझुना, विजय सिंह, सीत वसन्त, राजा सलहेश, जङ्गली बादशाह, गोपिचन्द, कमला मैया, सुन्दर वन मे सुन्दर...

  • २०७६ जेठ १५, बुधबार

    थारू जातिलाई सूचीकरण गर्न समस्या

    थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले नेपालमा रहेका थारू जातिलाई सूचीकरण गर्न समस्या भएको बताउनुभएको छ । मङ्गलबार चितवनको सौराहामा आयोगले आयोजना गरेको थारू अगुवाहरुसँगको छलफल कार्यक्रममा उहाँले थारू जातिको अवस्था पत्ता लगाउन नेपालको पश्चिम क्षेत्रबाट सूचीकरणको काम थालनी गरे पनि त्यहाँका राना, कठोरिया, दङगोरिया, चितोनिया जातिले थारू क्लस्टरमा बस्न नमानेको बताउनुभयो । उहाँले पूर्वमा यही समस्या...

  • २०७६ जेठ १५, बुधबार

    तीन युवती बेपत्ता

    मधुवन नगरपालिका–५ गाउँ नं ११ बाट तीन महिला बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका अविवाहित हुन् । अघिल्लो साँझ घरमै भएको बुहारी भोलिपल्ट बिहान ५ बजे ओछ्यानमा नभेटिएको नगरपालिका–५ गाउँ नं ११...

  • २०७६ जेठ १५, बुधबार

    ढुङ्गा प्रहार गर्दा मृत्यु

    कास्कीमा मङ्गलबार ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु भएको छ । माछापुच्छे« गाउँपालिका–७ ओखरबोट बस्ने ५२ वर्षीय गोरे भनिने मानकाजी विकको मृत्यु भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । सोही ठाउँ बस्ने ६५ वर्षीय सन्ते विकले घरायसी झगडाको क्रममा टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको मृत्यु भएको हो । ढुङ्गा प्रहार गर्ने सन्तेलाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल...

  • २०७६ जेठ १५, बुधबार

    मुख्यमन्त्रीहरूबाट शुभकामना सन्देश

    गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत हुन आवश्यक रहेको बताउनुभएको छ । गणतन्त्र दिवस २०७६ को अवसरमा उहाँहरूले आज दिनुभएको शुभकामना सन्देशमा सबैलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा...

  • २०७६ जेठ १५, बुधबार

    भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ

    आगामी आर्थिक वर्ष २०७६ ७७ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट सिलिङ रु एक खर्ब ३७ अर्ब रहेको छ । पूर्वाधार निर्माणमा चालू आर्थिक वर्षको भन्दा ३५ प्रतिशत बढी विनियोजन गर्ने गरी प्रस्ताव गरी अर्थ मन्त्रालयबाट स्वीकृत भएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले राससलाई जानकारी दिनुभयो । काठमाडौँ–तराई द्रूतमार्गका लागि रु २० अर्ब, हुलाकी राजमार्गका लागि रु १५ अर्ब, मध्यपहाडी पुष्पलाल...

  • २०७६ जेठ १५, बुधबार

    रुपनीमा सवस्टेशन सञ्चालन

    सप्तरीको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन रुपनीमा १३२÷३३ केभी सवस्टेशन सञ्चालनमा आएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको रु ३६ करोडको लगानीमा निर्माण सम्पन्न भएको रुपनी सवस्टेशन मङ्गलबारबाट सञ्चालनमा आएको हो । अब पूर्वपश्चिम १३२ केभी राष्ट्रिय प्रसारण प्रणालीबाट प्रवाह भएको विद्युत्लाई रुपनी सवस्टेशनमार्फत सप्तरीमा आपूर्ति हुने प्राधिकरणले जनाएको छ । करीब २५ किलोमिटर...

  • २०७६ जेठ १५, बुधबार

    सात महीनाकी छोरीको हत्या आरोपमा आमा पक्राउ

    सल्यानमा सात महीनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो । सात महीनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । हत्या...

  • २०७६ जेठ १५, बुधबार

    काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

    नेपाली काङ्ग्रेसले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज शुभकामना सन्देशमा गणतन्त्र दिवस–२०७६ का अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । “नेपाली जनताको...

  • २०७६ जेठ १५, बुधबार

    पृथ्वीराजमार्गको मुग्लिन सडकखण्ड बन्द हुने

    पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरी जनाएको हो । योजनाका अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११...

Pages