STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १५, बुधबार

    रगत होइन, पसिना बगाऊँ मुख्यमन्त्री पौडेल

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री पौडेलले विगतमा जस्तो रगत बगाउनुपर्ने अवस्था अबको पुस्ताको नरहेको बताउनुभयो । उहाँले २००७ सालमा राणा शासनको अन्त्यका लागि...

  • २०७६ जेठ १५, बुधबार

    गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी

    गणतन्त्र दिवसको अवसरमा प्रदेश नं २ सरकारको अगुवाइमा आज बिहान प्रभातफेरी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडिबाट शुरु भएको प्रभातफेरी नगरका विभिन्न चोकको परिक्रमा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आएर समापन भएको थियो । सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रका लागि आप्नो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्घीय लोकतान्त्रिक...

  • २०७६ जेठ १५, बुधबार

    घरपालुवा गाईवस्तुमा खोरेत रोग

    सिमकोट गाउँपालिका–२ मा पशुचौपाया बिरामी पर्न थालेका छन । वडा नं २ साविक ठेहेमा यतिबेला गाईवस्तुमा खोरेत, जिब्रेन देखापरेको त्यहाँका स्थानीयवासीले बताएका छन् । गाईवस्तुमा खोरेत, जिब्रेन देखा परेपछि वनपाखामा चरीचराउ गर्न लैजान नसकिएको वडा नं २ निवासी जसबहादुर परियारले जानकारी दिनुभयो । वडा नं २ मा रहेका गाईवस्तुमा खोरेत, जिब्रेन परेलगत्तै सिमकोट गाउँपालिकामा रोकथामका लागि पशु स्वास्थ्यकर्मी र औषधि...

  • २०७६ जेठ १५, बुधबार

    ‘विप्लव’ समूहको समस्या सरकारले समाधान गर्नुपर्छ

    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । मङ्गलबार नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्नुको विकल्प नरहेको सुझाव दिनुभएको छ । देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले देशमा विकास र...

  • २०७६ जेठ १५, बुधबार

    गणतन्त्र संस्थागतसँगै मुलुक समृद्धितर्फ

    गणतन्त्र संस्थागतसँगै मुलुक समृृद्धितर्फ अघि बढ्ने आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिले प्रभातफेरीपछि आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले समृद्धिका लागि सबै एक हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहाल र विजय सुवेदीले सरकार समृद्धिको यात्रामा लागेको भन्दै विकासमा पक्ष र विपक्ष हुन नहुने बताउनुभयो । भरतपुर...

  • २०७६ जेठ १५, बुधबार

    आठ वर्षीय बालकको अपहरण गरी हत्या गर्ने तीन पक्राउ

    बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले आज तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीयसहित तीन युवकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका भारत विहारको बेतिया घर भई हाल वीरगञ्जको प्रगतिनगरमा बस्दै आएका विकास शर्मा, बाराको कलैया उपमहानगरपालिका–११ निवासी सिकेन्द्र साह र...

  • २०७६ जेठ १५, बुधबार

    सिसी टिभी जडानले आपराधिक घटना कम

    तनहुँको डुम्रे बजारमा आपराधिक घटनामा कमी आएको छ । डुम्रे बजार क्षेत्र र आसपासमा सिसी टिभी जडान पश्चात आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ पर्न थालेपछि अपराध कम हुँदै गएको हो ।  सवारी साधनको अत्यधिक चाप हुने यस बजारमा चालकहरु पनि दुर्घटना पछि भाग्न सकेका छैनन् । डुम्रेमा यस्ता घटना न्यून मात्रै भएको छैन धेरै जसो दोषी प्रहरीको फन्दामा परेका छन् ।  आपराधिक घटनामा कमि आउने तथा दोषीको उम्कने...

  • २०७६ जेठ १५, बुधबार

    मेघगर्जनसहित वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद् सुजन सुवेदीले बताउनुभयो । उहाँका अनुसार तत्काललाई भारी वर्षाको सम्भावना छैन । केही दिन निरन्तर वर्षा र केही दिन चर्को घाम तथा...

  • २०७६ जेठ १५, बुधबार

    चर्को घाम र तातो हावाले जनजीवन प्रभावित

    पछिल्लो समयम एकाएक चर्को घाम लाग्नुको साथै तातो हावा ९लू० चलेपछि महोत्तरीलगायत तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तराईका महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत जिल्लामा दिउँसोको समयमा अत्यधिक चर्को घामका साथै लू चलेका कारण सर्वसाधारण प्रभावित भएका छन् । चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको गौशालास्थित सिटिजन बैंकका शाखा...

  • २०७६ जेठ १५, बुधबार

    अबको आवश्यकता आर्थिक क्रान्ति– मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको अबको आवश्यकता आर्थिक क्रान्ति भएको बताउनुभएको छ । गण्डकी प्रदेश मूल समितिद्वारा आज पोखरामा आयोजित गणतन्त्र दिवस समारोहमा उहाँले राजनीतिक क्रान्ति सम्पन्न भएकाले नेपाली जनताको समृद्धि र विकासको चाहना पूरा गर्न अब आर्थिक क्रान्तिको विकल्प नभएको बताउनुभयो ।   नेपाली जनताको लामो समयदेखिको सङ्र्घषको उपलब्धिस्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र...

  • २०७६ जेठ १५, बुधबार

    ‘गणतन्त्र नागरिकको जीवनपद्धतिका रुपमा स्थापित हुनुपर्ने’

    प्रदेश नं ५ प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुनुपर्ने बताउनुभएको छ ।  उहाँले नेपाली समाजमा जनताका बीचमा रहेको गरीबी, अशिक्षा, पछौटेपन, विभेद र असमानतालाई निर्मूल गरेर गणतन्त्रलाई नेपाली समाजको जीवनपद्धतिका रुपमा स्थापित गर्नु आवश्यक रहेको बताउनुभयो ।  गणतन्त्र स्थापना दिनका अवसरमा आज...

  • २०७६ जेठ १५, बुधबार

    दोस्रो अन्नपूर्ण म्याराथनका धावक एबिसी प्रस्थान

    दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावक अन्नपूर्ण आधार शिविर एबिसी प्रस्थान गरेका छन् । म्याराथनको प्राविधिक टोलीसहितका धावकलाई आयोजक संस्था अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव–२०७६ मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले आज पोखराबाट बिदाइ गर्नुभएको हो । खेल पर्यटनको विकास र विस्तार गर्न अन्नपूर्ण पदयात्रा मार्गमा हुन लागेको म्याराथनमा ७०...

Pages